×

NMB BANK
NIC ASIA

एनसेलको सहकार्यमा आयोजित ह्याकाथनमा टीम कोड क्राफ्टर्सले जित्यो प्रथम पुरस्कार

फागुन ३, २०७९

NTC
Premier Steels

एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक्वल फाउन्डेसनले आयोजना गरेको ३ दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिङ फर ह्युम्यानिटी’ सफलताका साथ सम्पन्न भएको छ ।

Muktinath Bank

कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्सहरूमा काम गरेका छन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्याकाथनको अन्तिम दिन आइतवार सम्बन्धित समूहहरूको पिचिङपश्चात विजयी समूहहरूको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टीममध्ये टीम कोड क्राफ्टर्सले नगद पुरस्कार १ लाख ५० हजार रुपैयाँसहित प्रथम पुरस्कार जितेको छ । ‘टीम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ,’ कम्पनीले भनेको छ । 


Advertisment
Nabil box
Kumari

पर्यटकीय क्षेत्र लक्षित सोलुसन बनाउँदै टीम सहयात्रीले दोस्रो स्थानमा रहन सफल भई १ लाख रुपैयाँ जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टीम पाईले बनाएको अर्लट सिस्टमले तेस्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ जित्न सफल बनेको छ ।

Vianet communication

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरूलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरूमा रचनात्मकता बढाउन सहयोग गरेको बताए । ‘यो कार्यक्रम महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ । यसले महिला र नन–बाइनरी छात्राहरूलाई अवसरका साथै उनीहरूलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ,’ उनले भने ।

एनसेलले विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिबद्धता अनुरूप महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उद्देश्य अनुरुप शिकÞ्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो । गर्ल्स इन टेक र वुमन इन बिग डेटा सझेदारको रूपमा रहेको कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरूलाई एकसाथ नविन सोलुसन्सहरू विकासको लागि अवसर प्रदान गरेको जनाइएको छ ।
 
माघ २७ देखि २९ सम्म आयोजना गरिएको ह्याकाथनमा विभिन्न विषयमा टक कार्यक्रम र कार्यशालाहरू आयोजन गर्दै सहभागी छात्रालाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने सीपहरू प्रदान गरियो । पहिलो २ दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टीमहरूले तेस्रो दिन आइतवार निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए ।

ह्याकाथनमा सहभागी हुँदा सहभागीहरूले विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वबाट प्रशिक्षण पाएका थिए ।

शिकÞ्वल फाउन्डेसनका सहसंस्थापकहरू आस्था शर्मा र मेलिशाा घिमिरेले सहभागी सबैलाई उनीहरूको उत्साह र कडा परिश्रमका लागि कृतज्ञता व्यक्त गरे र आगामी ह्याकाथनका लागि तत्पर रहेको बताए । कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरूलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लेटफर्म प्रदान गरेको थियो ।


एनसेलले भनेको छ, ‘महिलालाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन हो । यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व र आबद्घता बढाउँदै डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउन मद्दत गर्दछ र समस्त समाज र अर्थतन्त्रलाई फाइदा पुर्‍याउँछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x