×

NMB BANK
NIC ASIA

के-के हुन्छ एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा ?

फागुन ५, २०७९

NTC
Premier Steels

एमालेको मिसन ग्रासरुट अभियान सुरु हुँदै छ। 

Muktinath Bank

अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट केहीबेरमा अभियान शुरूआत गर्दै छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै प्रदेशर र विशेष प्रदेशमा हुने अभियानको अभिमुखीकरण कार्यक्रमको शुरूआत ओलीले गर्नेछन्। 


Advertisment
Nabil box
Kumari

७ वटै प्रदेशमा आजबाट शुरू हुने अभियानबाट पार्टीमा नयाँ, गति र ऊर्जा प्राप्त हुने एमालेले जनाएको छ ।

Vianet communication

एमालेले विभिन्न ११ वटा कार्यादेश दिएर पदाधिकारीसहितका केन्द्रीय नेतालाई यो अभियानमा खटाएको हो । यो अभियानले जनप्रतिनिधि र एमालेबीच सम्बन्ध सुधार, प्रशिक्षण, सदस्यता नवीकरण, विभिन्न राजसुझा संकलन गर्ने र पार्टीमा नयाँ गति कायम गराउने उद्देश्य एमालेले राखेको छ ।

एमालेले पदाधिकारीलाई भने कार्यक्रमको संयोजन र अनुगमनको जिम्मा दिएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यो अभियान २ महिना चल्नेछ ।

शीर्ष नेता को कहाँ खटिए ?

अभिमुखीकरणका लागि प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मधेश प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र  सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल संयोजक तोकिएका छन् ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा अनुगमन र संयोजन हुने उपत्यकामा रहेका गैरभौगोलिक विशेष कमिटी (केन्द्रीय कार्यालय) को अभिमुखीकरणमा उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिने कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

पार्टीलाई वैचारिक र संगठनात्मकरूपमा सुदृढ गर्ने र मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्न यस्तो अभियान चलाउनुपरेको एमालेले जनाएको छ ।

गत ४ गत वैशाखमा भएको  स्थानीय तहको निर्वाचन र मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीविरूद्ध चौतर्फी घेराबन्दी, षडयन्त्र र आक्रमण हुँदा पनि त्यसलाई चिर्दै जनताको रोजाइको पहिलो पार्टी बनेको दाबी एमालेको छ ।

पार्टी सफलभए पनि पार्टीको संगठनात्मक जीवनमा देखापरेका अस्तव्यस्तता र अराजकताका कारण कमिटीगत परिचालनमा समस्या देखिएको पनि एमालेले जनाएको छ ।

निर्वाचनका सिलसिलामा विभिन्न गलत प्रवृत्ति प्रकट भएका कारण पार्टीले कैयौं महत्वपूर्ण स्थानहरू गुमाउनुपरेको हुँदा यस्ता समस्या समाधान गर्न पनि अभियान आवश्यक रहेको एमालेले जनाएको छ ।

यस्तो छ शीर्ष नेता र खटिएका स्थान

प्रदेश–१ः ​अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की

मधेश प्रदेशः ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बाग्मती प्रदेशः सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेशः युवराज ज्ञवाली, पदमा कुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेशः ​रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य,  भानुभक्त ढकाल र राजन भट्टराई  

कर्णाली प्रदेशः सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई,  यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फे

सुदूरपश्चिम प्रदेशः विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x