×

NMB BANK
NIC ASIA

राष्ट्रपति एमालेकै हुन्छ - योगेश भट्टराई

फागुन ६, २०७९

NTC
Premier Steels

नेकपा (एमाले) केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भावी राष्ट्रपति एमालेकै हुने बताएका छन् ।

Muktinath Bank

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशद्वारा सुर्खेतमा शनिबार आयोजित पत्रकार भेटघाटमा एमालेले प्रस्ताव गरेको व्यक्ति नै वर्तमान सत्ता गठबन्धनको साझा उम्मेदवार हुने उनले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिव भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त हुनुपूर्व राष्ट्रपति एमालेले लिनुपर्ने भनिसकेकाले समस्या नरहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘राष्ट्रपतिका कारण अहिलेको सत्ता गठबन्धन भत्किए पनि एमाले प्रतिपक्षमा बस्न तयार छ, २०८४ मा हुने चुनावमा बहुमतसहित सत्ताको नेतृत्व गर्छौँ,' उनले भने, ‘कांग्रेस नेतृत्वको गठबन्धन भत्किँदा थाहा नपाएकाहरू अहिले खुलेआम भत्काउन लागेका छन्, बरु भत्काउन विदेशीहरू लागेको सुन्दैछौं ।’

Vianet communication

कांग्रेसले बालुवाटारमा प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नदिएपछि प्रचण्ड आफैँ एमालेलाई खोज्दै आएको उनले टिप्पणी गरे ।

‘प्रधानमन्त्री र सभामुख आधा–आधा कार्यकाल गरौं भन्ने प्रचण्डजी नै हो, एमाले राष्ट्रपति माग्न गएको होइन, मलाई प्रधानमन्त्री दिनुस् राष्ट्रपति लैजानुस् भनेपछि पुस १० गते नयाँ कोर्स अघि बढेको हो,’ सचिव भट्टराईले भने ।

पार्टीद्वारा सञ्चालित ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को कर्णाली प्रदेश संयोजकका रुपमा उनी सुर्खेत आएका हुन् ।

यस अभियानमा एमालेले ७९ पालिकामा ४० जना केन्द्रीय सदस्य, केन्द्रीय विभागका सदस्यहरूलाई परिचालन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x