पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
फागुन १२, २०७९
पुस १० गतेको सहमति च्यातेर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि सत्तासाझेदार एमाले क्रुद्ध बनेको छ ।
प्रचण्डले धोकाधडी र दाउपेचको राजनीति गरेको एमालेले आरोप लगाएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले देशलाई अन्तहीन अस्थिरतामा लैजाने खोजेको आरोप लगाए । ‘यो निर्णयले मुलुकलाई अन्तहीन अस्थिरतामा लग्यो भन्ने हाम्रो ठहर छ’, ज्ञवालीले लोकान्तरसँग भने ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार राति बसेको माओवादी, नेकपा एस, जसपालगायत ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गरेर प्रचण्डले छुद्र खेल खेलेका ज्ञवालीको आरोप छ।
‘राजनीतिमा कति धेरै धोकाधडी, दाउपेच र कुनै कुरालाई विश्वास गर्न गर्न नसक्ने खालका छुद्र खेल हुन्छन् भन्ने देखायो’, ज्ञवालीले भने ।
एमालेले राष्ट्रपति निर्वाचनमा वैदेशिक हस्तक्षेप भएको समेत निष्कर्ष निकालेको छ । ‘समग्र घटनाक्रममा बाह्य पक्ष सक्रिय भएको र दौडधूप गरेको देखियो, यसले नेपालको स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कुण्ठित गरेको अवस्था छ, समष्टिगतमा दुभाग्यपूर्ण निर्णय भयो’, ज्ञवालीले भने ।
यी सबै कुरामा प्रधानमनन्त्री प्रचण्ड मुख्य बाहक बनेको ज्ञवालीले आरोप लगाए । बालुवाटारमा ८ दलको बैठकअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो कुराकानी गरेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...