×

NMB BANK
NIC ASIA

समर्थन फिर्तासहित सरकारबाट बाहिरियो एमाले

६३ दिनमै टुंगियो माओवादी-एमाले सत्ता सहयात्रा

फागुन १५, २०७९

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको प्रमुख साझेदार नेकपा एमालेले सरकार छाडेको छ ।

Muktinath Bank

एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीले परराष्ट्रमन्त्री विमला राई पौड्यालको विदेश भ्रमण रोकिदिएपछि एमालेले अपर्झट सरकार छाड्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमवार बसेको पार्टी पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको थियो । एमालेले अर्थ, परराष्ट्र लगायतका मन्त्रालय लिएर सरकारमा गएको थियो । 

Vianet communication

प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन पुस ११ गते एमाले सरकारमा सहभागि भएको थियो । उपप्रधानम एवं अर्थमन्त्री विष्णु पौडेल लगायत मन्त्रीले आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिने तयारी गरेका छन् । 

सरकारबारे पर्ख र हेरको रणनीतिमा रहेको एमालेले फागुन २५ सम्म समर्थन कायमै राख्ने निर्णय गरेको थियो । तर प्रचण्डले एमाले सरकारबाट हटोस् भन्ने आशय देखाएपछि एमालेले आकस्मिक बैठक राखेर सरकारबाट हट्ने निर्णय गरेको हो । 

‘राष्ट्रपतिमा सहमति नभए पनि सरकारमा रहेर काम गर्ने सोचमा थियौँ, पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले एमाले र मन्त्रीहरूलाई जुन अभिव्यक्ति र व्यवहार गर्नुभयो त्यसपछि सरकारमा बस्न सकेनौं’, एमाले उपाध्यक्षसमेत रहेका पौडेलले भने, ‘परराष्ट्रमन्त्री विमला राइलाई अकारण निर्देशन गर्नुभयो र हामीलाई सरकार छाड्ने या वा विनाविभागीय मन्त्री बनाउने अभिव्यक्ति गरेपछि एमाले र सहभागिताप्रति सार्वजनिक रूपमा टिप्पणी गरेपछि रहिरहन उचित हुन देखेनौँ ।’

आइतवार राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा सहभागी हुन जेनेभा जान लागेकी मन्त्री राइलाई हिजो प्रधानमन्त्रीले रोकेका थिए ।

शनिबार राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने ८ दलीय निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले एमाले प्रतिपक्षीमा बस्ने अभिव्यक्ति दिएका थिए। राष्ट्रपतिमा कांग्रेसलाई सघाउने माओवादीलगायत ८ दलले निर्णय गरे पनि सरकारमा रहने या बस्नेबारे एमालेले कुनै धारणा बनाएको थिएन।

उक्त दिन महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले कानुनी र प्रक्रियाको हिसाबले अब नयाँ प्रक्रियामा नयाँ सरकार बन्ने वा पुनर्गठन हुने बताएका थिए । उनले त्यस क्रममा भनेका थिए,'एमाले करिब करिब प्रतिपक्षमा गयो।'  

प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका दुई दल एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रचण्डले अब संसदमा पुनः विश्वासको मत लिनुपर्ने भएको छ । 

यसअघि पुस २६ गते संसदमा प्रचण्डले २६८ सांसदको विश्वासका मत पाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x