×

NMB BANK
NIC ASIA

अवस्थाले व्यवस्था परिवर्तन गर्छ, गणतन्त्रका संवाहक शक्ति नसच्चिए दुर्घटना : कमल थापा

फागुन १७, २०७९

NTC
Premier Steels

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुला भनिने नेताहरूले गरिरहेको राष्ट्र दोहन र नीतिगत भ्रष्टाचारमा भएको भन्दै रोष प्रकट गरेका छन् । "पूर्व राष्ट्र प्रमुख र  पूर्व प्रधानमन्त्रीहरू नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो," थापाले भने । आज काठमाडौँमा पार्टी आबद्ध जनवर्गीय सङ्गठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजी गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे ।

Muktinath Bank

थापाले मुलुकको अवस्था अत्यन्त नाजुक भएको कारण देशको अवस्थाले गर्दा व्यवस्था परिवर्तन हुन सक्ने भन्दै गणतन्त्रका संवाहक हौँ भन्नेहरू नसच्चिए दुर्घटना अवश्यम्भावी भएको दाबी गरे । 'गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन्, ठुला नेताहरू ब्रम्हलुटमा लिप्त छन् ,' थापाले थपे 'यो दुर्घटनाको सङ्केत हो।'  भ्रष्टाचार ,बेरोजगारी ,कुशासन,धर्म परिबर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको बताए । भ्रष्टाचार र सङ्घीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका प्रभावहीन बन्दै जानू व्यवस्था नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे । उनले नेता,कार्यकर्ताहरूलाई अब सडक सङ्घर्षको लागि तयारीमा लाग्न निर्देशन दिए । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनबर्गीय सङ्गठनका अध्यक्षहरूले बोलेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x