×

NMB BANK
NIC ASIA

राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ : प्रधानसेनापति शर्मा

फागुन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रक्षा मन्त्रालय र नेपाली सेनाले राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रियहित प्रवद्र्धन गर्ने हेतुले विभिन्न मन्त्रालय, निकाय र सुरक्षा संगठनका नीति तर्जुमा तहमा रहने माथिल्लो अधिकृतका लागि उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालिम सञ्चालन गरेको छ ।

Muktinath Bank

शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड कलेजमा सोमवारदेखि शुरू भएको आठौं समूहको १५ दिने तालिममा राष्ट्रिय सुरक्षाका बहुपक्षीय आयामलगायत राष्ट्रियहितका विविध विषयमा ज्ञान दिइनेछ ।
 
तालिममा राष्ट्रिय शक्तिका तत्व, राष्ट्रिय शक्तिका रुपमा कूटनीतिः अवसर र चुनौती, नागरिक–सैनिक सम्बन्ध, रणनीति निर्माण प्रक्रिया, राष्ट्रिय सुरक्षा, सुरक्षा नीति तर्जुमाका विषयमा विद्वानको अनुभव प्रस्तुति हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशिक्षार्थीलाई राष्ट्र, राज्य प्रणाली, शक्ति बाँडफाँटका संयन्त्र, यसका चुनौती र अबको बाटो, सैन्य कूटनीति, नेपालको भू–रणनीति र भू–राजनीतिका विषयमा सुरक्षा र कूटनीति क्षेत्रमा दख्खल राख्ने विज्ञले प्रशिक्षण दिनेछन् ।


Advertisment
Nabil box
Kumari

नेपालको अर्थ व्यवस्था र यसका चुनौती, समृद्धिका लागि राजनीतिक स्थायित्व, भू–रणनीतिक सन्दर्भः सैन्य आवश्यकता, संघीयता, सम्भावना र राष्ट्रिय सुरक्षा, अधिक सोत न्यून उपयोग, नेपालको अर्थ सामाजिक विकासका लागि ऊर्जाको सम्भाव्यता र सुरक्षा चुनौती विषयमा पनि गहन छलफल हुनेछ ।

Vianet communication
Laxmi Bank

विज्ञले मुलुकको सामाजिक, राजनीतिक र राष्ट्रिय सुरक्षामा तिनको असर, नेपालको सामाजिक तथा सांस्कृतिक बनावट, हिमाली क्षेत्र र राष्ट्रिय सुरक्षा विषयमा सिकाइ प्रस्तुत गर्ने कार्यक्रम छ ।

तालिम उद्घाटनका अवसरमा सुरक्षा क्षमता, सीमा सुरक्षा प्रवद्र्धन, क्षेत्रीय सहयोग प्रवद्र्धन, आन्तरिक द्वन्द्वको सम्बोधन र विपद् न्यूनीकरणमा सबै निकायबीच साझा प्रयासको खाँचो औंल्याइयो । तालिमको शुभारम्भ गर्दै प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्ध पश्चातको परिवर्तित विश्वव्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्रलाई व्यापक बनाउँदै लगेको बताए ।

उनले राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्त्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतः जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गरे ।

नेपालको राष्ट्रिय सुरक्षा नीतिले राष्ट्रिय हितको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेढुंगाको काम गर्ने बताउँदै प्रधानसेनापति शर्माले राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका महत्त्वपूर्ण विषयमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तक्र्रियाका लागि आवश्यक राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण तीव्ररूपमा अघि बढिरहेको उल्लेख गरे ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले तालिमबाट राष्ट्रिय सुरक्षाका विभिन्न आयम र पक्षमा ज्ञान हासिल भई मन्त्रालय, विभाग र अरु निकायमा रणनीतिक नीतितर्जुमा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
 
उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहुआयामिक चुनौती र आन्तरिक द्वन्द्व अन्त्य गर्न सेनालगायत अन्य सुरक्षा अंग र सम्बन्धित मन्त्रालय एवं निकायको क्षमता अभिवृद्धि गर्न आवश्यकता छ ।’
 
सचिव शर्माले साना राष्ट्रले सुरक्षा, स्थिरता र समृद्धि माथि आइलाग्ने विभिन्न चुनौती सम्बोधन गर्न कूटनीति, समूह निर्माण, सैनिक क्षमता अभिवृद्धि, विपद् क्षति न्यूनीकरण तयारी, अर्थतन्त्रको विविधीकरणका साथै प्रभावकारी रणनीति तयार गर्न आवश्यक रहेको धारणा प्रस्तुत गरेका छन् ।

उनले जनताको सुरक्षा, सीमा पार हुने आपराधिक क्रियाकलाप र आतंकवाद नियन्त्रण तथा प्राकृतिक विपद्का घटनामा क्षति न्यूनीकरण गर्न सुरक्षा समयन्त्रले काम गरिरहेकाले यसमा आउने थप चुनौतीको सामना गर्न सुरक्षा बलको आधुनिकीरण, नवीनतम प्रविधिको प्रयोग र तालिम आवश्यक रहेको बताएका छन् ।

तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, सञ्चारमाध्यम लगायत सरकारी र गैरसरकारी निकायका वरिष्ठ अधिकारी ३० जनाको सहभागिता छ । यसअघि कलेजबाट प्रधानसेनापति शर्मासहित १६६ जना शिक्षार्थीले अनुशिक्षण पूरा गरेका थिए ।

प्रधानसेनापति शर्माले पहिलो समूहमा अनुशिक्षण लिएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x