×

NMB BANK
NIC ASIA

उच्चस्तरीय तलब सुधार आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग

चैत १, २०७९

NTC
Premier Steels

एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालको प्रथम राष्ट्रिय अधिवेशनले गगनसिंह विष्टको अध्यक्षतामा १३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

Muktinath Bank

अधिवेशनका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासचिव प्रकाश राईले सरकारी सेवामा कार्यरत सबै कर्मचारीको हकहित संरक्षणका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सरकारले तीन तहमा कर्मचारी समायोजन गर्दा कर्मचारी वर्गमा थुप्रै समस्या उत्पन्न भएकाले त्यसको उचित ढङ्गले समाधान गरिनुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैज्ञानिक सरुवा प्रणाली विषयमा पूर्वप्रशासक र विज्ञ सम्मिलित समूहबाट अध्ययन अनुसन्धान गराई सरकारलाई सुझाव दिने निर्णय गरेको अधिवेशनले सङ्घीय निजामती सेवा ऐनका आधारभूत अन्तरवस्तुमा सङ्गठनले सार्दै आएका दृष्टिकोणप्रति प्रतिबद्ध रहने निष्कर्ष निकालेको छ ।


Advertisment
Nabil box
Kumari

ट्रेड युनियनका अगुवाको नेतृत्व तथा व्यवस्थापनमा सुशासनयुक्त सेवा प्रवाहका लागि नमूना कार्यालय सञ्चालन गर्न आह्वान गर्ने निर्णय गरेको अधिवेशनले क्षतिपूर्तिसहितको सार्वजनिक सेवाको मान्यताप्रति दृढ रहने निर्णय गरेको छ ।

Vianet communication

महिला राष्ट्रसेवक कर्मचारीको प्रसूति तयारी बिदाका रूपमा एक महिना अतिरिक्त बिदा थप गर्नुपर्ने, कार्यालयमा स्तनपान कक्षको व्यवस्था, कडा प्रकृतिको स्त्रीरोगका लागि औषधोपचार गर्नुपर्ने महिलाले उपचारको समयावधिभर तलबी बिदा पाउनुपर्ने माग गरेको अधिवेशनले उच्चस्तरीय तलब सुधार आयोगले गत फागुन २० गते बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
 
नवनिर्वाचत अध्यक्ष विष्टले देश अहिले आर्थिक सङ्कटमा रहेकाले यसबारे सरकारी कर्मचारी पनि गम्भीर भई राज्यलाई सहयोग गर्नुपर्ने सुझाव दिँदै सरकारी क्षेत्रमा आबद्ध कर्मचारीले दिने सेवा सहज र सुलभ बनाउन आग्रह गरे ।

सङ्गठनका सहअध्यक्ष शरणकुमार गुरुङले गत फागुन २६ र २७ गते सम्पन्न अधिवेशनमा देशभरबाट चार सय छ जना प्रतिनिधि, सङ्गठनका केन्द्रीय पदाधिकारीलगायतको उपस्थिति रहेको जानकारी दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x