×

NMB BANK
NIC ASIA

संगठन अभावमा होला तर कसैको दबाब र प्रभावमा पर्ने छैन- सशस्त्र महानिरीक्षक अर्याल

चैत ५, २०७९

NTC
Premier Steels

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन हाल कुनै पनि व्यक्ति विशेषको दया मायाले होइन पद्धति हाबी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन्।

Muktinath Bank

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सिनियर अधिकृतका लागि संचालित विभिन्न उन्नत तालिमको प्रथम प्रवचन तथा समापनमा उनले भने, 'कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होइन, संंगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनुपर्दछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'वर्तमान अवस्थामा संगठन अभावमा होला, तर कसैको दबाब र प्रभावमा पर्ने छैन, हाम्रा न्यायका आँखाले तपाईंहरू सबैलाई समान देख्ने छ, ढुक्क हुनुहोला, आपसी बन्धुत्व भाइचारा राख्दै मैले मात्र होइन, हामी सबैले अवसर प्राप्त गर्नुपर्छ भन्ने भावना चाहे त्यो सरुवा बढुवाको विषय होस् चाहे सेवा सुविधाको विषयमा हामी सबैमा हुनपर्छ,' उनले भने।


Advertisment
Nabil box
Kumari

हौसला दिँदै उनले संगठनमा एउटा सामान्य सदस्य मात्र नहुने र विशेष हुने बताए।

Vianet communication

'हरेक सदस्यसँग संगठन बदल्न सक्ने क्षमता हुन्छ,’ उनले भने, 'आफ्नो त्यो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राख्दै आफ्नो कमाण्ड र नेतृत्वसँग हातेमालो गर्दै संगठन विकासको एउटै लक्ष्यका साथ अघि बढ्नुहोला ।

समान अवसर र संगठनको चेनअफ कमाण्डलाई बलियो बनाउन र सरुवालाई न्यायोचित गर्न सशस्त्र प्रहरी बलले ‘सुरक्षा वेशअदली बदली निर्देशिका २०७९’ लागू गरेको छ ।

जसअनुसार शुक्रबार मात्र हाल बीओपी रहेका प्रस्तावित ४५ वटा सीमा सुरक्षा गुल्ममा पहिलो पटक डीएसपी खटाइएको छ भने देशभरिका २८ वटा सुरक्षा वेशमा समेत डीएसपी खटाइएको हो ।

अब डीएसपीले कमाण्ड गर्ने प्रस्तावित सीमा सुरक्षा गुल्ममातहत २ देखि ५ वटा बीओपी रहने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x