×

NMB BANK
NIC ASIA

वायुसेवा निगमको हेलचेक्र्याइँले मलेसिया उडान रोकिँदै, चार्टर उडानको अनुमति पाएन

चैत १३, २०७९

NTC
Premier Steels

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको लापरबाही र गैरजिम्मेवारीको कारण काठमाडौं–मलेसियाको नियमित उडान रोकिएको छ । निगमले समयमा नै मलेसियाको नागरिक उड्डयन प्राधिकरणबाट फरेन एयर अपरेटर सर्टीफिकेट (एफएओसी) नवीकरण नगरेका कारण मंगलबारदेखिको नियमित उडान रोकिने भएको हो । 

Muktinath Bank

निगमले समयमा नै प्रक्रिया पूरा गरेर उक्त एफएओसी नवीकरण नगराउँदा भोलि (मंगलवार)पछिका मलेसियाका लागि हुने सबै उडान ठप्प हुने भएको छ । वायुसेवा निगमका सहप्रवक्ता गणेश घिमिरेले संस्थानकै कमजोरीले उडान रोकिने भएको बताए । उनले भने, ‘नियमित उडान रोकिने भएकोले एक साताको लागि चार्टर उडान गर्ने तयारी भएको हो । नियमित समयमा हुने उडान नरोक्न र यात्रुसेवालाई ध्यानमा दिएर एक साताको लागि चार्टर उडान गर्न नेपाल नागरिक उड्डयनसँग अनुमित मागिएको छ ।’ निगमको समस्यालाई बुझेर प्राधिकरणबाट अनुमति आउने र उडान नरोकिने विश्वास आफूहरुलाई भएको पनि घिमिरेले लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस अघि पटक पटक उक्त एफएओसी नवीकरण गर्न ताकेता गरिरहेको थियो । निगमले लामो समयदेखि एफओसी प्रमाणपत्र नवीकरण नगराएको कारण उडान नै रोकिने अवस्थामा पुगेको  छ । 


Advertisment
Nabil box
Kumari

निगमका अनुसार एफएओसी नवीकरणको प्रक्रिया एक साता अगाडि मात्रै प्रक्रिया शुरु गरेको र उक्त प्रक्रिया भने पूरा भइनसकेको कारण उडान प्रभावित हुने भएको छ । सोही प्रक्रियाका लागि निगमले २२ सय रिंगेट मलेसियाको उड्डयन प्राधिकरणलाई तिरेर प्रक्रिया अगाडि भने बताएको जानकारी दिएको छ । तर प्रक्रिया पूरा नहुँदा अनुमति भने पाइसकिएको छैन । एक साताभित्र सबै प्रक्रिया पूरा हुन्छ भनेर नै त्यतिबेलासम्मको लागि चार्टर उडान गर्न खोजिएको घिमिरेले बताए ।

Vianet communication

निगमको मलेसियामा नियमित उडान हुँदा हुँदै चार्टर गर्न अनुमति मागेकै विषयमा प्राधिकरणले सोमवार निमगालाई स्पष्टीकरण सोधेको छ । 
नेपाल र मलेसिया दुबैले सातामा २८ वटा उडान गर्न पाउने हवाई सम्झौता छ । निगमले हाल सातामा ५ उडान गर्दै आइरहेको थियो । तर, सोमबारपछि एफएओसी नवीकरण नभएका कारण काठमाडौं–क्वालालमपुर–काठमाडौं नियमित उडान गर्न नपाउने भएपछि चार्टर उडानको अनुमति मागेको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नियमित सेड्युल उडान हुँदाहुँदै चार्टर उडानको अनुमति दिन नसकिने बताए । उनले भने उडानमा पूरा गर्नुपर्ने मापदण्ड र तोकिएको शर्त पूरा गर्ने काम सम्बन्धित वायुसेवाको हो । मलेसिया उडानको नियमित तालिका स्वीकृत भइसकेकोले चार्टर अनुमति दिन नसकिएको उनले बताए । चार्टर उडान नपाउँदा निगमको उडान नै बन्द हुने विषयको जिम्मेवार सम्बन्धित वायुसेवा निगम नै हुने पनि निरौलाले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x