×

NMB BANK
NIC ASIA

चर्च ब्वाईज जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा

चैत १४, २०७९

NTC
Premier Steels

सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय ग¥यो । रोमाञ्चक जितसंगै उसले न्युरोड टिम एनआरटीसंगको सेमि फाइनल भेट पक्का ग¥यो । फाइनल प्रवेशका लागि चर्च ब्वाईजले विहिबार एनआरटीको सामना  गर्नेछ ।

Muktinath Bank

एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औं मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएपनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरीयो । श्याम नेपालीले डिबक्स भित्र उपलब्ध गराएको बल नियन्त्रणमा लिंदै सन्तोषले टिमलाई अग्रता दिलाएका थिए । सन्तोषको एयर बलले जाली चुम्दा चर्च ब्वाईजका अफ्रिकी गोल रक्षक प्रिसोले बचाउको प्रयास सम्म गर्न पाएनन् ।
चर्च ब्वाईजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलको ३१ औं मिनटमा चर्चब्वाईजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काए । रञ्जित पाण्डेको क्रसबलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपिएफका डिफेण्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो । 
एपिएफसंगको बराबरी पछि आक्रामक बनेको चर्चब्वाईज पहिलो हाफमै अग्रता बनाउन सफल भयो । खेलको ४३ औं मिनटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रता लिएको थियो । सुवास गुरुङको क्रसबलमा रञ्जितको स्मरणीय गोलपछि चर्च ब्वाइजका प्रशिक्षक प्रदिप हुमागाँई दङ्ग देखिन्थे । 


Advertisment
Nabil box
Kumari

दोश्रो हाफ गोल रहित बनेपनि दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गर्दा सिमरा रङ्गशालामा उपस्थित करिब सात हजार दर्शक आ–आफ्नो टिमको समर्थनमा हुटिङ गर्दै अन्तिम सम्म प्यारापिटमै बसे ।
खेलको एभरेष्ट बैंक म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए । एभरेष्ट बैंकका रिजनल हेड विभूति न्यौपाने र जीतपुरसिमराका वडाध्यक्ष इश्वर खत्रीले म्यान अफ दि म्याचको ट्रफि र दशहजार नगद प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ । 

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x