×

NMB BANK
NIC ASIA

सफलता

अपाङ्गताले रोक्दैन सिकाइ : यूट्युब हेरेरै उद्यमी बनेकी रेखा

चैत १८, २०७९

NTC
Premier Steels

रूपन्देहीको सैनामैनाकी रेखा राना मगरले आफ्नो जीवन सामान्य अवस्थामा फर्किने आशा मारिसकेकी थिइन् । १० वर्षकै उमेरमा दुवै कानले एक्कासी सुन्न छाडेपछि रानाले ठानेकी थिइन्, ‘समय, जीवन र रंगीन दुनियाँ सबै गुमाएँ ।’

Muktinath Bank

घरपरिवार, अपाङ्गता क्षेत्रका काम गर्नेहरूले दिलाएको उनको जीवनमा सुखद दिनहरू अहिले देखिएका छन् । उनले अहिले उद्यम गरेर आफू मात्र आत्मनिर्भर भएकी छैनन्, धेरैलाई रोजगार समेत दिने बाटोमा अघि बढेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालय पढ्दै गर्दा उनी बिरामी परिन् । पहिलोपटक महिनावारी भएको बेला उनलाई ठूलो ज्वरोले गाल्यो । उपचार गर्न अस्पताल पुग्दा उनको कानमा पनि समस्या देखियो । कानमा पिलो आएको जस्तो भयो । त्यसको उपचार पनि रानाले विभिन्न अस्पतालमा गराइन् तर निको भएन । कान बिस्तारै कम सुन्दै गइन्, धेरै ठाउँ धाउँदा पनि निको भएन । उनी पूर्ण रूपमा ‘बहिरोपना’को शिकार भएको अस्पतालले खुट्याएपछि तनावमा समेत गइन् ।


Advertisment
Nabil box
Kumari

सानो उमेरमा नै कान नसुन्ने पीडाका कारणले उनले समाज, घरपरिवार तथा अन्य व्यक्तिसँग घुलमेल हुने, समाजसँग अन्तर्क्रिया गर्ने काम बिस्तारै बन्द भयो । घरमा यत्तिकै बसेको समयमा उनले सिलाइ सिक्ने योजना बनाइन् । घरमा नै पुरानो मशिन लिएर पहिला त फाँटेका लुगा, गाउँमा उद्र्रिएका सिलाइकटाई गर्दै उनले व्यावसायिक रूपमा हात हालेकी छन् ।

Vianet communication

झण्डै ३ वर्ष पहिला उनले व्यावसायिक रूपमा सिलाइकटाई तालिम लिइन् । सोहीबाट उनले आफू मात्रै होइन, अरुलाई समेत रोजगारी दिन सफल भएकी छन् । अरुले भनेको नसुने पनि यूट्युबबाट हेर्दै, कोर्दै काट्दै सिक्दै गर्दा उनी बुटवलको बेलबासस्थित एक गार्मेन्ट उद्योगमा समेत काम गरिन् तर सीप भए पनि अन्य व्यक्तिहरूसँगको सञ्चार अभावको कारणले उनले त्यहाँबाट छाड्नुपर्‍यो । पूर्ण रूपमा बहिरा भएको कारणले उनले घरमा नै रेखा टेलरिङ सेन्टर स्थापना गरेर व्यावसायिक उत्पादनमा लागेकी छन् ।

‘आफैंले आफ्नो भरोसा र मेहनत गरेर २–४ पैसा पैसा कमाएर खाएको छु । दुनियाँले मेरो अपाङ्गताको मजाकमा उडाएर मेरो काम र मेहनतलाई तल नपार्दा हुन्छ,’ उनी भन्छिन् ।

सधैं रातदिन रुँदै बस्ने गर्थिन् । कोहीसँग नबोल्ने । सबैबाट टाढिँदै गइन् । सदैव एक्लो लाग्थ्यो, रोएर बस्नु, चुपचाप बस्नु उनको दिनचर्या जस्तै थियो ।

अपाङ्गता क्षेत्रका संस्थाहरूसँग नजिकिँदै गइन् उनी । ‘सबैले मलाई हौसला दिन्थे, तिमी बोल्नुपर्छ भनेर । सबैको सल्लाहले आत्मबल मिल्दै गयो । अनि म नि केही गर्न सक्छु भन्ने आँटमा पुगें । त्यसैले त मैले यो कामलाई आफ्नो आयआर्जनमा रोजें,’ उनी भन्छिन् । 

केही वर्ष अगाडिसम्म ‘द ल्याप्रोसी मिसन नेपालको फाउन्ड’ परियोजनामार्फत उनले २३ हजार ५०० रुपैयाँ पुँजीमार्फत रकम प्राप्त गरेकी थिइन् । त्यसलाई समेत उनले व्यवसायमा लगाइन् । केही समय पहिला सैनामैना नगरपालिकाको आयोजनामा भएको कुसन तथा डल बनाउने तालिम समेत उनले लिइन् । अहिले महिलाका सबै पोशाकहरू सिलाउँदै आएकी छन् । यसका अलावा कपडाको माक्स, रूमाल, हाते झोला सहितका विभिन्न पोशाक बनाएर बिक्री वितरण गर्दै आएकी छन् ।

null

कान नसुन्ने भएका कारण ग्राहकले केही झन्झटिलो मान्ने गरे पनि लेखेर, सांकेतिक रूपमा कुरा गर्दै काम गर्ने गरेको उनको भनाइ छ । शुरूआती दिनमा महिनामा २० हजारसम्मको आम्दानी गर्दै आएको बताउँदै उनले अहिले केही रकम घटेका बताइन् । मेहनत गर्ने हो भने अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

परिवारमा बुवाआमाको सहयोगबाट नै हालसम्म यो स्थानमा आउन सफल भएको बताउँदै रेखाले आगामी दिनमा आफूले सिकेको सीपलाई अझ विस्तार गर्ने योजना बनाएको बताउँछन् । उनी भन्छिन्, ‘अझ यसलाई विस्तार गर्दै आगामी दिनमा बृहत बनाउने सोच रहेको छ ।’

पारिवारिक सहयोगका कारण नै समाजको मूलधारमा आउन सफल भएको भन्दै उनले कानको समस्या हुँदा पनि सामाजिक क्षेत्रमा समेत क्रियाशील हुँदै आएको बताइन् । विभिन्न संघसंस्थामा समेत आवद्ध रहेकी उनले सामाजिक क्षेत्रमा समेत क्रियाशीलता बढाउँदै गएकी छन् ।

शिक्षक बन्ने ठूलो रहर थियो रेखाको तर अपाङ्गता भएपछि अहिले उनी टेलरिङमा नै खुशी छिन् ।  ‘आफ्नो हातमा भएको सीपलाई निरन्तरता दिन पाउँदा खुशी छु,’ रेखा भन्छिन्, ‘मैले सेवा दिएका मान्छेहरू मेरो सिलाइको डिजाइन मन पराउँछन्, त्यसमा झनै खुशी लाग्छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x