कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
केही दिनअघि मोरङको सुन्दरहरैँचास्थित गाछिया खोलामा पुग्दा सुन्दरहरैचा– ३ का काजी मग्रान्ती र उनकी श्रीमती रिताकुमारी मग्रान्ती पानीमा बेल्चा हान्दै बालुवा निकाल्ने काममा व्यस्त थिए ।
उनीहरूले यसरी बालुवा निकाल्न थालेको लगभग ४ दशक बित्न लाग्यो । २०४२ सालदेखि यही खोलामा खुन पसिना बगाएर परिवार पाल्दै आएका उनीहरूका दुई छोरा र एक छोरी रहेछन् ।
छोरीको विवाह भइसक्यो, छोराहरू आ–आफ्नो पेट पाल्न सक्ने भएका छन् । उमेरले ५० औं वसन्त पार गरिसक्दा पनि काजी र रिताको दुःखका दिन भने गएका छैनन् ।
खोलामा पसेर बालुवा निकाल्दा उनीहरूको शरीर कम्मरभन्दा मुनि निथ्रुक्क भिजेको थियो । निधारमा भने पसिना चुहिरहेको देख्न सकिन्थ्यो ।
‘भोको पेटले काम नगरी बस्न दिँदो रहेनछ । पाखुरामा बल हुञ्जेल जसोतसो गरेर खानैपर्यो,’ काजीले भने ।
उनीहरूले दुई दिनमा एक ट्याक्टर बालुवा निकाल्ने रहेछन् ।
उक्त बालुवा एक हजारदेखि १२ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको काजीले बताए ।
उनीहरूजस्तै अर्काे एक दम्पती पनि चैतको उखरमाउलो गर्मीमा पसिना पुछ्दै खोलामा बालुवा खोजिरहेका थिए । उनीहरू थिए, ५८ वर्षका छविलाल विश्वकर्मा र ५६ वर्षकी मनकुमारी विश्वकर्मा ।
‘नारीको मासी नगलेसम्म गल्यौं भन्न नपाइने रहेछ,’ छविलालले दुखेसो पोखे, ‘हातखुट्टा चल्न छोडेका दिन छोराछोरीले हेर्लान् कि भन्ने आशा छ ।’
खोलामा बर्खाको समयभन्दा हिउँदमा बढी कामदारको ओइरो लाग्ने गरेको छ । बर्खामा आएको बाढीले बगाएर ल्याएको बालुवा तथा ढुंगा हिउँदमा श्रमिकले उत्खनन् गरेर बिक्री वितरण गर्छन् ।
बगरमा बालुवा गिट्टी निकालेर बेच्न पनि सजिलो छैन । त्यो जग्गा पनि गिट्टी बालुवा निकाल्नका लागि किन्नु पर्ने हुन्छ । जग्गा धनीलाई निश्चित रकम बुझएर मात्र काम पाउने गरेको उनीहरूले सुनाए ।
जग्गाको तिरो तिर्नुपर्छ भनेर जग्गाधनीले पैसा लिने गरेका रहेछन् ।
३६ वर्षदेखि यसरी नै गिट्टी बालुवा निकाल्दै आएका ६५ देवीलाल विश्वकर्माको सम्पत्तिका नाममा १० धुर जमिन छ । अरूजस्तै उनी पनि जुरुक्क उठेर खोलामै आइपुग्छ । त्यहीँ मुख धोएर काममा लाग्छन् ।
उनले १५ हजार रुपैयाँ जग्गा धनीलाई बुझाएपछि खन्न थालेका हुन । पैसा नतिरेसम्म जग्गा धनीले एक बेल्चा पनि हान्न दिँदैनन् ।
बर्खा मासमा पानीको सतह बढ्ने भएकाले बालुवा निकाल्न बन्द गरिन्छ । खोला बन्द भएको समयमा अन्य काम गर्ने गरेको उनीहरूले बताए ।
बर्खायाममा पेट पाल्नका लागि जे भेटिन्छ, त्यही काम गर्ने गरेको देवीलाल बताउँछन् ।
‘नेताहरूले जस्तो ढाँटेर, ठगेर पो खान भएन, काम गरेर त खान पाइयो नि नानी,’ उनले राजनीतिक दलका नेताहरूप्रति असन्तुष्टि जाहेर गर्दै आफ्नो दुखेसो पोखे ।
त्यहीँ भेटिएका अर्का एक युवा विदेश गएर फर्किएका रहेछन् । चन्द्रबहादुर श्रेष्ठ (किरण) २०१४ मा कतार गएका थिए । दुई वर्ष काम गरेर उनी घर फर्के । घर फर्केको ९ महिनापछि फेरि कुवेतमा गए ।
उनले जेनतेन गरेर बिर्तामोडमा घडेरी किनेका थिए ।
घडेरी श्रीमतीको जोडबलमा सासूआमाको नाममा पास गरेको उनले सुनाए ।
‘विदेशमा हुँदा नै उहाँहरूले जग्गा किनिदिनुभएको हो,’ उनले भने, ‘जग्गा किनेपछि श्रीमतीले अर्कैसँग विवाह गरिन्, जग्गा पनि फिर्ता भएन ।’
कमाएको पैसा र सम्पत्ति सखाप भएपछि खोलामा आएर बालुवा चाल्न थालेको उनले बताए ।
त्यहीँ भेटिएकी अनुजा विश्वकर्माले भने श्रीमान्ले विदेशमा दुःख गरेर कमाएको पैसा बचत होस् भनेर घर चलाउनका लागि बालुवा निकाल्न आउने गरेको बताइन् ।
गछिया खोलामा बेल्चा हानेर दैनिकी चलाउनेको संख्या करीब २ दर्जन छन् । खोलामा पस्नै नसक्ने गरी बाढी नआउँदासम्म दिनरात नभनी काममा खट्ने गरेका छन् ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...