×

NIC ASIA

चरित्र हत्या गरियो भन्दै पूर्वखानेपानी मन्त्री साइबर ब्यूरोमा, यस्तो छ विषय

चैत २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

जनमत पार्टीका उपाध्यक्ष तथा निवर्तमान खानेपानी मन्त्री अब्दुल खान आफ्नो चरित्र हत्या भएको भन्दै साइबर ब्युरो पुगेका छन् ।

Muktinath Bank

विद्युतीय कारोबारसम्बन्धी कसूरबारे उनले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दर्ता गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो चरित्र हत्या हुने गरी अश्लील भिडियो सामाजिक सञ्जालमा अहिले केही मानिसहरूले भाइरल गरेकाले उजुरी दिएको खानले बताए । 


Advertisment
Nabil box
Kumari

यसअघि पनि यसै विषयमा खानले २०७९ असोज २४ गते बाँकेको कोहलपुर नगरपालिकाका विष्णु सोनकर र नेपालगन्जका चाँदबाबु भन्ने मुनचाँद सिद्दिकीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता गराएका थिए ।

Vianet communication

null

उनीसहित एक महिलाको अश्लील तस्वीरसहित भिडियो तथा फोटो अहिले सामाजिक सञ्जालमा तथा सञ्जालकर्ताहरूको प्राइभेट म्यासेन्जरमा भाइरल भएको छ ।

एक महिला नग्न भएर आफ्नो संवेदनशील अंगको प्रदर्शन गर्नुका साथै खानले पनि संवेदनशील अंग प्रदर्शन गरेको भिडियोमा देखिएको छ । 

हिजो मंगलवार एकाएक उक्त घटनाबारे सामाजिक सञ्जालमा चर्चा हुन थालेपछि उक्त कुरा बाहिरिएको हो ।

null

त्यस विषयमा खान भने भिडियो एडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। ६ महिनाअघि नै एक भारतीय महिलासँग भएको भिडियो कुराकानीलाई एडिट गरिएको उनको दाबी छ ।

त्यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेमा त्यही बेला आफूले उजुरीसमेत दिएको उनले बताएका छन्। 

खानले लोकान्तरलाई फोनमा दिएको प्रतिक्रिया जस्ताको तस्तैः 

६ महिनाअघिको कुरा हो । फेसबुकमा एक जना भारतीय महिलाले फ्रेन्ड रिक्वेस्ट पठायो । म भारतमा डिप्लोमेटिक राजनीति गर्छु । तपाईंसँग राजनीतिक कुराकानी गर्न सकिन्छ भनेर फ्रेन्ड रिक्वेस्ट पठाएपछि मैले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरें ।

त्यसको २ र ४ दिनपछि राति ८ बजेतिर मलाई व्हाट्सएपमा उनले कल गरिन् । २ मिनेटसम्म उनले राम्रो किसिमले मसँग कुरा गरिन् । त्यसपछि उनले आफ्नो नांगो तस्वीरहरू मलाई देखाउन थालिन् । १ मिनेटजति त्यस्तो नांगो तस्वीर देखेपछि मैले त्यसलाई स्टप गरें । लगत्तै मैले उनलाई ब्लक पनि गरें । ती भारतीय महिला को हुन् भन्ने कुरा मलाई राम्ररी थाहा पनि छैन । १५ सेकेन्डजति मात्र मैले भिडियोमा कुरा गरेको थिएँ । 

त्यसपछि फ्रेन्ड लिस्टबाट पनि आउट गरें । त्यति गरेको १० मिनेटपछि उनले भिडियो मलाई व्हाट्सएपमा पठाइन् । कि त मेरो एकाउन्टमा पैसा जम्मा गर्नुपर्यो नभए यो भिडियो म भाइरल गरिदिन्छु भनेर मलाई ब्लेकमेल गर्न थालिन् । ३-४ लाख रुपैयाँ जति मागेकी थिइन् । मैले जे गर्नुछ गर्नुस्, मैले त तपाईंसँग कुरा मात्र गर्न खोजेको हो । तपाईंले गरेको कामको म नेपाल र भारत दुवै देशको सीआईबीलाई जानकारी गराउँछु भनेर भनें । 

भिडियोमा मेरो अनुहार त छ तर तलको संवेदनशील भाग जसरी देखाइएको छ, त्यो भाग मेरो होइन, एडिट गरिएको छ । 

त्यसपछि उनले मेरो विरोधी साथीहरूकोमा त्यो भिडियो पठाइन् । त्यसपछि मेरो विरोधीहरूले फेसबुकमा त्यो भिडियो हाले । त्यसपछि मैले उनीहरूको नाम किटानीसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएको थिएँ ।

त्यसपछि उनीहरूले त्यो भिडियो डिलिट गरेको थियो । प्रहरीले पछि के कारबाही गर्‍यो, त्यो मलाई जानकारी भएन । मैले खास चासो पनि राखिनँ । अहिले फेरि आएर त्यही भिडियो सामजिक सञ्जालमा हिजो भाइरल गरेर मेरो चरित्र हत्या गर्न खोजिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x