×

NMB BANK
NIC ASIA

घरभाडामा सांसदको लोभ

१५२ सांसदले बुझे घरभाडा, काठमाडौंमै घर हुनेले पनि छाडेनन् ! [सूचीसहित]

चैत २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका २ सय ७५ मध्ये १५२ सांसदले मासिक घरभाडा बुझ्न थालेका छन् । काठमाडौंमा घर भएका कतिपय सांसदले समेत घर नभएको भनेर पनि भाडा बुझेका छन् । 

Muktinath Bank

राजधानी काठमाडौं उपत्यकामा घर नभएका सांसदले कानूनअनुसार नै मासिक घरभाडा पाउँछन् । संघीय संसद्का पदाधिकारी तथा सांसदहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ६ मा ‘काठमाडौंमा घर नभएका प्रत्येक सदस्यलाई अनुसूची (१) बमोजिमको रकम आवास सुविधाबापत दिइने’ व्यवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही नियमको उपदफा २ मा काठमाडौंमा घर हुने सांसदले आवास मर्मत सम्भारबापत भाडाको आधा रकम पाउने व्यवस्था छ । पुस २५ गते सांसद पदको शपथ गरेको दिनदेखि नै सांसदहरूले मासिक घरभाडा पाउन थालेका छन् ।


Advertisment
Nabil box
Kumari

संघीय संसद् सचिवालयले लोकान्तर डट्कमलाई उपलब्ध गराएको विवरणमा १५२ जनाले काठमाडौं उपत्यकामा घर नभएको जनाएको उल्लेख छ । १ सय १२ जनाले काठमाडौं उपत्यकामा आफ्नो घर भएको विवरण सचिवालयलाई दिएका छन् । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत केही सांसदले भने घर भए/नभएको खुलाएका छैनन् । हाल सरकारी निवासमा बस्दै आएका प्रचण्ड बालुवाटार सर्नुअघि खुमलटारस्थित एक विवादास्पद व्यापारीले दिएको घरमा बस्दै आएका थिए । 

लोकान्तरले मासिक घरभाडा बुझ्ने सांसदको विवरण माग गरेकोमा सचिवालयले भने काठमाडौंमा घर भएका र नभएका सांसदको विवरण उपलब्ध गराएको छ । ‘काठमाडौंमा घर नभएका सांसदलाई नियमानुसार घरभाडा दिइएको हो,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने । 

अघिल्लो कार्यकालमा काठमाडौंमा घर हुने राजनीतिक दलका प्रभावशाली सांसदले समेत घरभाडा लिएको खबर सार्वजनिक आएपछि त्यसको चर्को आलोचना भएको थियो ।

काठमाडौंमा घर भएर पनि भाडा लिएका सांसदले संसद् सचिवालयका कर्मचारीलाई आफूहरूको विवरण चुहाएकोमा आपत्ति जनाएका थिए । 

पटक–पटकको ताकेतापछि सचिवालयले घरभाडा बुझ्ने सांसदको विवरण दिएको हो । सरकारमा सहभागी मन्त्रीहरूले भने सचिवालयबाट घरभाडा पाउँदैनन् । प्रतिनिधिसभाको सभामुखका लागि सरकारले सरकारी आवासको व्यवस्था गरेको छ । उपसभामुख इन्दिरा रानाले भने राज्यकोषबाट घरभाडा बुझेकी छिन् । आफूले लिएको फ्ल्याटभन्दा सरकारले दिएको भाडा कम भएको भन्दै उपसभामुख रानाले असन्तुष्टि जनाएकी थिइन् । 

फागुन १९ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले आफूले ४४ हजार तिरेर फ्ल्याट भाडामा लिए पनि सरकारले मात्र ३३ हजार उपलब्ध गराएको गुनासो गरेकी थिइन् । 

दलका प्रभावशाली नेता जसको काठमाडौंमा घर छैन !

संसद् सचिवालयले उपलब्ध गराएको विवरणअनुसार राजनीतिक दलका कतिपय शीर्ष र प्रभावशाली नेताहरूको काठमाडौंमा घर छैन ।

नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले काठमाडौंमा घर छैन भनेर भत्ता लिने गरेको सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा देखिन्छ ।

महामन्त्री विश्वप्रकाश शर्माको पनि काठमाडौंमा घर नभएको सचिवालयले दिएको आधिकारिक सूचनामा उल्लेख छ । कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले पनि घर नभएको विवरण पेश गरेका छन् । मुस्ताङबाट निर्वाचित योगेश पूर्वमन्त्री एवं पूर्व सांसद रोमी गौचन थकालीका छोरा हुन् ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पनि काठमाडौंमा घर छैन भन्ने विवरण सचिवालयलाई दिएका छन् । एमाले सचिव छविलाल विश्वकर्मा, प्रदेश १ को मुख्यमन्त्री रहिसकेका नेता भीम आचार्य र पूर्वमन्त्री वसन्त नेम्वाङले पनि काठमाडौंमा घर नभएको विवरण दिएका छन् । 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुन तथा सचिव देवेन्द्र पौडेलको पनि काठमाडौंमा घर नभएको सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र सांसद सर्वेन्द्रनाथ शुक्लाले पनि घर नभएको विवरण दिएका छन् । स्रोतका अनुसार महन्थ आफ्नी छोरीको घरमा बस्ने गरेका छन् । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि घर नभएको विवरण दिएका छन् । झण्डै २ दशक घट्टेकुलोको घरमा भाडामा बसेका केसी कोरोना महामारी शुरू भएपछि डेरा छाडेर भैरहवा गएका थिए ।

२०७९ मा सांसद जितेर आएपछि केसीले काठमाडौंमा कोठा पाउन मुस्किल परेको लोकान्तरमा एक अन्तवार्ता दिएर बताएका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पनि काठमाडौंमा घर नभएको विवरण दिएका छन् । 

जसको काठमाडौंमा घर छ

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र महामन्त्री गगन थापाको काठमाडौंमा घर रहेको सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । बूढानीलकण्ठमा घर भएका देउवा अहिले भने भाडाको घरमा छन् । भाडाको घरमा बसे पनि उनले भाडा लिएका छैनन् । 

भाडामा बस्नुको रहस्य भने अर्कै छ, पढ्नुहोस् यो पनि : 

नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको घर रहेको सचिवालयले दिएको विवरणमा उल्लेख छ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा ओलीको घर छ । प्रमुख प्रतिपक्षी दलको नेतालाई २५ हजार ६ सय ८ रुपैयाँ घरभाडा दिने ऐनमा व्यवस्था छ । 

संसद्को अग्रपंक्तिमा बस्ने एमालेका उपाध्यक्ष विष्णु पौडेल, अर्का उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङको पनि घर रहेको सचिवालयले दिएको विवरणमा देखिन्छ । एमाले सचिव गोकर्ण विष्ट, योगेश भट्टराई र रघुवीर महासेठको पनि काठमाडौंमा घर छ । 

माओवादी केन्द्रका ३२ सांसदमध्ये ५ जना (दुर्गा राई, पूर्ण घर्ती, माधव सापकोटा, रणेन्द्र बराली र रेखा शर्मा)बाहेक अरूले घरभाडा लिएका छन् । यी ५ सांसदले काठमाडौंमा घर रहेको विवरण दिएको सचिवालयले दिएको सूचनामा उल्लेख छ । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर रहेको विवरणमा उल्लेख छ । माधव नेपालको घर कोटेश्वरमा छ ।

नेकपा एकीकृत समाजवादीका १० सांसदमध्ये मेटमणि चौधरी र अम्बरबहादुर थापाबाहेक अधिकांशको काठमाडौंमा घर रहेको सचिवालयले दिएको विवरणमा उल्लेख छ । 

काठमाडौंकै सांसद जसको घर छैन !

काठमाडौं जिल्लाबाटै प्रतिनिधित्व गर्ने भए पनि केही समानुपातिक सांसदले घर नभएको विवरण दिएका छन् ।

संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार नेपाली कांग्रेसकी प्रतिमा गौतम र रास्वपाकी सुमना श्रेष्ठले काठमाडौंमा घर नरहेको भनेर घरभाडा लिने गरेको देखिन्छ ।

काठमाडौं जिल्लाकै सांसद भएर पनि घर छैन भन्ने विवरण पेश गरेको सन्दर्भमा लोकान्तरले गौतम र श्रेष्ठको प्रतिक्रिया लिन प्रयास गरेको थियो ।

रास्वपाकी सुमना श्रेष्ठले आफू काठमाडौंकै रैथाने नेवार भए पनि यहाँ आफ्नो घर नरहेको बताइन् ।

'म काठमाडौंकै रैथाने नेवार हो, तर मेरो घर छैन । लामो समयदेखि रेन्टमा बसिरहेको छु,' श्रेष्ठले लोकान्तरसँग भनिन् ।

यस्तै लोकान्तरको सम्पर्कमा आएकी अर्की सांसद गौतमले ‘आफ्नो नाममा घर नरहेको’ भन्ने प्रतिक्रिया दिइन् । कसको नाममा छ भन्नेचाहिँ उनले खुलाइनन् ।

‘मेरो नाममा घर छैन । भाडामा बस्ने/नबस्ने भन्दा पनि कानूनअनुसार पाउने सुविधा लिइरहेको छु,’ गौतमले लोकान्तरसँग भनिन् ।

काठमाडौंमा घर छैन भनेर सचिवालयमा विवरण पेश गरेका कतिपय सांसदको काठमाडौंमा घर रहेको जानकारहरू बताउँछन् ।

आमाबुवा, पति/पत्नी या परिवारका अन्य सदस्यको नाममा घर भएका सांसदले मासिक भाडा पाउने लोभमा झुटो विवरण टिपाएको हुन सक्ने कांग्रेसका एक सांसदले आशंका व्यक्त गरे । 

‘ज-जसले काठमाडौंमा घर छैन भन्नुभएको छ, त्यो पत्याउने अवस्था छैन,’ कांग्रेसकै एक सांसदले लोकान्तरसँग भने । काठमाडौंमा घर भएर पनि छैन भनेर भाडा लिनु गैरकानूनी हुने ती सांसदले बताए ।

हेर्नुहोस्, सांसदहरूको घर भए/नभएको विवरण :

nullnullnullnullnullnullnullnull

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x