×

NMB BANK
NIC ASIA

भूतपूर्व सैनिक सम्मेलन उपलब्धिमूलक र प्रभावकारी बन्दै गएको सेनाको ठहर

चैत २५, २०७९

NTC
Premier Steels

‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ यस वर्ष ३ पृतना मातहत ६ स्थानमा आयोजना गरिएको भूपू सैनिक सम्मेलनको मैजारो भएको छ ।

Muktinath Bank

गत फागुन १५ गते रुपन्देहीबाट थालिएको सम्मेलन दाङ, पोखरा, खैरेनीटार, बर्दिवास हुँदै चैत २१ गते रामेछापको मन्थलीमा सकिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्यपश्चिम, पश्चिम र मध्यपूर्वी पृतना मातहतका ३५ जिल्लाका भूतपूर्व सैनिकलाई लक्षित सम्मेलन भेटघाट, सेवाप्रवाह र  सुझाव संकलनका हिसाबले उपलब्धिमूलक रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।


Advertisment
Nabil box
Kumari

जीवनको महत्त्वपूर्ण क्षण सैनिक संगठनमा बिताएका भूपू सैनिकको आर्थिक तथा सामाजिक जीवन सुखद बनाएर समाजमा मर्यादित, अनुशासित र सशक्त बनाउन सेनाले स्वास्थ्य, शिक्षा, सीप, स्वरोजगार, सेवा एवं सहुलीयतसहित स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Vianet communication

प्रत्येक सेनापतिले आफ्नो ३ वर्षे कार्यकालमा प्रादेशिक रूपमा कम्तीमा एकपटक भूपू सैनिक सम्मेलन गर्ने चलन छ । अघिल्लो वर्ष सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि यस्तो कार्यक्रम गरिएको थियो । सम्मेलनको मुख्य उद्देश्य भनेको हिताधिकारीलाई कल्याणकारी कार्यको जानकारी, चाहना पहिचान, संगठन प्रमुखले अन्तरक्रिया गरी राय सुझाव संकलन गर्ने, पीर मर्का  सुन्ने, शिविरमार्फत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने तथा सेनाप्रति विश्वास र भरोसा दिलाउने नै हो ।

आगामी वर्ष पूर्वी पृतना र उपत्यका पृतना मातहतका जिल्लालाई लक्षित गरी यस्तो सम्मेलन हुनेछ ।

सम्मेलनका क्रममा प्रधानसेनापति शर्माले गौरवशाली इतिहास र विशिष्ट परम्परा बोकेको सैनिक संगठनमा भूपू सैनिकले पुर्‍याएको योगदानको उच्च कदर गर्दै हिताधिकारीको आयआर्जनका लागि नयाँ–नयाँ क्षेत्रको पहिचान गरी सम्बोधन गर्ने प्रयास भइरहेको बताए । उनले भने, ‘राष्ट्र सेवा र जनताको सुख–दुःखमा साथ रहनु सेनाको मूलमन्त्र हो, सेना बलियो हुनु भनेकोे राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित तथा राष्ट्रिय स्वार्थको संरक्षण र सम्बोधन अझ प्रभावकारी हुनु हो ।’

प्रधानसेनापति शर्माले लामो सैनिक जीवनको दौरान प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हितका साथै जनताको सेवामा समर्पित रही अनुशासित नागरिकको रुपमा प्रस्तुत हुन सुझाव दिए ।

कोषका प्रमुख कार्यकारी अधिकृत पूर्वरथी गौरव तण्डुलले वहालवाला तथा अवकाश प्राप्त सैनिक र परिवारजनको बृहत्तरहितका खातिर संगठन सदैव दत्तचित्त र चिन्तनशील रही सञ्चालन गरिएका कल्याणकारीका नवीनतम कार्यक्रम उच्चस्तरीय र प्रसंशनीय रहेको दाबी गरेका छन् ।

भूतपूर्व सैनिकको जीवनलाई केही हदसम्म सरल, सहज र सुखी बनाउन सेना प्रयत्नशील रहेकाले सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रूपमा सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आएको सम्मेलनका क्रममा जानकारी गराइयो । कोषले हिताधिकारीको जीवनस्तर उकास्न नेपाल मेगा इन्भेस्टमेन्ट बैंकसँगको सहकार्यमा विक्रम संवत् २०७२/७३ बाट शुरू गरेको लघुवित्त तथा स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट ३२ हजार ७७३ लाभान्वित भइसकेका छन् । 

कार्यक्रममा हालसम्म ७ अर्ब १८ करोड ३६ लाख ९९ हजार कर्जा प्रवाह भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले जानकारी दिए ।

सेनाले हिताधिकारी लक्षित व्यावसायिक कृषि तथा पशुपंक्षी तथा महिला उद्यमशीलता कर्जा कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । पछिल्ला वर्ष भूपू तथा पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलाको सम्मानका लागि विभिन्न विधामा उत्कृष्ट ठहरिएका व्यक्तिलाई सेनाले स्थापना दिवसको अवसरमा नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्दै आएको छ ।

सम्मेलनमा प्रादेशिक रूपमा ज्येष्ठ भूपू र एकल महिला तथा ४ वा सोभन्दा धेरै सन्तान सेनामा भर्ना गर्न प्रोत्साहन गर्ने मातापितालाई सम्मानका साथै शारीरिक असक्तलाई वैशाखी र ह्वील चेयर प्रदान गरिदै आएको छ । लामो समयपछि हुने भेटघाट, सद्भाव र मेलमिलापले सम्मेलनको आवश्यकता र ओज बढाएको छ ।

जीवनको ऊर्जाशील समय सैनिक सेवामा बिताएका ठूलो संख्यामा रहेका भूपू सैनिकले सम्मेलनलाई सहकर्मीबीच भेटघाट, सुख–दुःख साटासाट र संगठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिने गरेको पाइन्छ । सम्मेलनलाई हिताधिकारीको सेवा सुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रूपमा सेनाले लिने गरेको छ ।

हाल मुलुकभर भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिला समेतको संख्या ९७ हजार ५१५ रहेको छ ।

यस वर्षको सम्मेलनमा १७ हजार ६५९ भूपू सैनिक तथा आश्रित एवं एकल महिला २ हजार ५४१ जनाको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कल्याणकारी कोषमार्फत सेनाले आफ्नो दायित्वभित्र परेका १० लाखको संख्यामा रहेका हिताधिकारीलाई विभिन्न सेवा र सुविधा प्रदान गर्दै आएको छ ।

सम्मेलनका क्रममा भूपू सैनिकद्वारा प्रस्तुत हुने जोशिलो परेडले संगठनको ओज बढाउने मात्र नभई प्रदेश र जिल्लाको पहिचानका रूपमा रहेका बाजागाजा, वेषभूषा तथा झाँकी सहितको गीत संगीत र नृत्यले लोक संस्कृतिको संरक्षण, विकास र विस्तारमा योगदान पुगेको छ ।  

विगतमा काठमाडौंमा मात्र केन्द्रित स्वास्थ्य सेवा भूपू सैनिकको माग सम्बोधन गर्ने क्रममा सेनाले प्रदेशस्तरमै गुणस्तरीय सेवा पुर्‍याउन इटहरी, पोखरा, बर्दिवास, बुटवल, धनगढी, नेपालगञ्ज र बोराडाँडीमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । सम्मेलनका क्रममा विगतमा प्राप्त सुझावका आधारमा सेनाले हिताधिकारीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन मेकानिक्स, सिलाइकटाइ, पेन्टर, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बर, कुक, कम्प्युटर र कृषिसम्बन्धी व्यावसायिक तालिम प्रदान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x