×

NMB BANK
NIC ASIA

दक्षिण कोरियामा सिकेको सीप

कम्प्युटर इन्जिनीयरको लोभलाग्दो बंगुरपालन

चैत २५, २०७९

NTC
Premier Steels

रूपन्देहीको तिलोत्तमाका रोहितसिंह आले कम्प्युटर इन्जिनीयर हुन् । डेढ दशक देशका विभिन्न शहरमा कम्प्युटर शिक्षण गरेका आले हन्डर ठक्कर खाँदै रोजगारीको सिलसिलामा दक्षिण कोरिया हानिए ।

Muktinath Bank

प्रत्यक्ष रूपमा कहिल्यै बंगुर नदेखेका आलेले कोरियाको कृषि क्षेत्र रोज्दा बंगुर फर्ममा काम गर्नुपर्‍यो । ५ वर्ष कोरिया बसेर फर्किएका आलेले त्यहाँ सिकेको सीपलाई स्वदेशी उद्यममा उतारेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्प्युटर इन्जिनीयर भएर पनि कृषि क्षेत्रमा लागेका आलेले सञ्चालनमा ल्याएको तिलोत्तमा–१५ मधवलियास्थित विजया पिग फर्म छोटो समयमै उदाहरणीय बनेको छ ।


Advertisment
Nabil box
Kumari

काठमाडौं शहरमा जन्मिएर हुर्किएका आलेले कृषि क्षेत्रको बंगुरपालनमा व्यावसायिक खेती गर्नु चानचुने कुरा थिएन । फर्म सञ्चालनको छोटो समयमै आलले मासु बिक्री गरेर मासिक २ लाख रुपैयाँभन्दा बढी कमाउन थालेका छन् ।

Vianet communication

‘कोरियामा मलाई अझै ५ वर्ष काम गर्ने अवसर थियो,’ आले भन्छन्, ‘कोरियामा मैले काम गर्दा धेरै कुरा सिकें, अब देशमै केही गर्छु भनेर यहाँ आएर पनि बंगुरपालनमा लागें । यसको सम्भावना धेरै छ ।’

उनी थप्छन्, ‘मैले कम्प्युटर पढाएको मात्र थिइनँ, आफ्नै इन्स्टिच्यूट पनि थियो । त्यो बेलाको चरम लोडसेडिङले चल्न नसक्ने अवस्था आयो र एउटा/एउटा कम्प्युटर बिक्री गर्नुपर्ने अवस्था सिर्जना भयो अनि कोरियातिर लागेको हुँ ।’ 

कहिलै कृषि नगरेका उनलाई त्यहाँ काम गर्न गाह्रो भयो । विदेशी प्रविधि, सीप, क्षमताको प्रयोग गर्दै उनले आफूलाई सिर्जनशीलतामा थप दरिलो बनाउने मौका समेत पाए । शुरूमा १६ वटा बंगुरबाट शुरूआत गरिएको फार्ममा अहिले १४० वटा बंगुर छन् । उनको ४ कट्ठा क्षेत्रफलमा कोरियन प्रविधिको आधुनिक खोर छ । बच्चा, गर्भवती, सुत्केरी र वीर (भाले सुगुर) राख्ने छुट्टाछुट्टै खोरहरू छन् ।

नेपालमा बंगुरपालनको सम्भावना समेत उच्च रहेको अवस्थामा उनले १६ वटा माउबाट फार्म शुरूआत गरेका थिए । ४ लाख लगानीमा संरचना निर्माण गरेर शुरू गरिएको उनको फार्ममा अहिले ४०–५० लाख रुपैयाँसम्मको संरचना तयार छ । सिकेको सीपलाई पूर्ण रूपमा सदुपयोग गरेर स्वदेशमा नै उद्यमी बनाउन सकिने गरी अभियानको थालनी गरेको उनी बताउँछन् ।
 
उनले बंगुर फार्म मात्रै चलाएनन्, त्यसलाई बिक्री वितरण गर्ने गरी २ स्थानमा फ्रेस हाउस समेत स्थापना गरेका छन् । पछिल्लो समयमा बंगुरको उत्पादन बढी हुँदा बजार कमजोर भएको अवस्थामा पनि हार नमानेर आफ्नो उद्यम कर्मलाई उनले जारी राखेका छन् । विगतका दिनहरूमा दैनिक २०–२५ किलोग्राम बंगुरको मासु बिक्री हुँदै आएकोमा अहिले १० किलो जति बिक्री हुँदै आएको उनको भनाइ छ तर पनि बिस्तारै बंगुरपालन व्यवसाय फस्टाउने आशामा निरन्तरता दिइरहेका छन् ।

null

मानिस १ पटक विदेश गएर पुनः विदेश नै जाने परिपाटी रहेकोमा त्यसलाई अन्त्य गरी स्वदेशमा नै उद्यमशीलता प्रवद्र्धन गर्ने, आफू पनि उद्यमी बन्ने र अरुलाई पनि उद्यमी बनाउने योजनामा उनी संघर्षरत छन् ।

उनले शुरूमा संजुगञ्जमा व्यवसाय शुरू गरे । त्यो बेला लकडाउन शुरू भयो । मासुका लागि तयार भएका बंगुर पनि बिक्री गर्न नसक्ने अवस्था आयो । ‘बजार बन्द थियो, रातिराति बुच्चर खानामा बंगुर पुर्‍याइदिन्थे । उनीहरूले नै भनेको मूल्यमा दिएँ त्यो बेला,’ उनी भन्छन् ।

कोरोना महामारी मत्थर भएपछि उनी संजुगञ्जबाट मधवलिया आएका हुन् । अहिले उनी सफल बंगुर व्यवसायी मात्र छैनन्, आफैंले २ ठाउँ भलवारी र ठूटेपिपलमा फ्रेस हाउस पनि सञ्चालनमा ल्याएका छन् । अहिले मासिक ५०० किलोग्राम मासु बिक्री हुन्छ, बजारको समस्या पनि छैन । अब बंगुर ५०० वटा पुर्‍याउने सोचमा छन् उनी । 

null

उनी आफैंले उत्पादन गरेको दाना र खाना बंगुरलाई खुवाउँछन् । फोहोर खाना बंगुरलाई खुवाउन नहुने उनको बुझाइ छ । ‘केही व्यवसायीले होटलको वेस्टेज खाना बंगुरलाई खुवाउन लैजाने गरेको देख्छु, त्यस्तो खाना खुवाउँदा खोरमा दुर्गन्ध मात्रै फैलिँदैन, रोग लाग्ने सम्भावना पनि बढी हुन्छ,’ उनले भने । राज्यले कृषि क्षेत्रमा अनुदान बाँडे पनि उनले लिएका छैनन् । कृषि गर्ने उद्यमी भनेर राज्यले आफ्ना आसेपासेलाई रकम बाँड्नुभन्दा सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

‘संरचना बनाउन अनुदान दिने होइन । खास व्यवसाय गरी उद्यम गर्ने किसानलाई राज्यले न्युन व्याजदरमा ऋण उपलब्ध गराउन सक्नुपर्छ । अनि बल्ल केही गरौं भन्नेहरूलाई हौसला हुन्छ,’ उनी भन्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x