×

NMB BANK
NIC ASIA

शेखर पक्षको माग सम्बोधन

३ मन्त्री पाउने भएपछि शेखर पक्ष उत्साही, को-को बन्दैछन् मन्त्री ?

चैत ३०, २०७९

NTC
Premier Steels

पूर्वअडानबमोजिम नै कांग्रेसको डा. शेखर कोइराला पक्षले कम्तीमा ३ वटा मन्त्रालय पाउने भएको छ ।

Muktinath Bank

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग आवश्यक सल्लाह गरी ३ वटा मन्त्रालय दिन सकिने सन्देश पठाएका हुन् । देउवाको सकारात्मक सन्देशपछि शेखर पक्षका पदाधिकारी र सिनियर नेताको बैठक बिहीबार बिहान बालुवाटारमा बसेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा कोइरालाले सभापतिबाट ३ मन्त्री र एक राज्यमन्त्रीमा नाम दिन भनेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सभापतिबाट ३ मन्त्री र एक राज्यमन्त्रीका लागि नाम दिन सकारात्मक सन्देश पठाउनुभएपछि हाम्रो पक्षको बैठक बसेको हो’, शेखरनिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘प्रस्तावको ब्रिफिङ शेखर दाइले बैठकमा गर्नुभएको छ । अब हामीले कम्तीमा ३ मन्त्रालय लिने नै हो । तर १० वैशाखको उपनिर्वाचनपछि मात्रै नाम पठाउने भन्ने छ ।’ 

Vianet communication

संस्थापन देउवानिकट स्रोतले पनि सभापतिले प्रधानमन्त्रीसँग सल्लाह गरेर ३ वटा मन्त्रालय दिन सकिने प्रस्ताव पठाएको जानकारी दियो । ‘त्यसरी ल पक्का नै भयो भनिएको त छैन । तर प्रधानमन्त्रीसँग छलफल गरेर २ को सट्टा ३ वटा मन्त्रालय दिन सकिने सन्देश पनि दिइएको हो’, देउवानिकट स्रोतले भन्यो, ‘तर आज भोलि नै यो कार्यान्वयन हुँदैन । सोमबारसम्म भएन भने उपनिर्वाचनपछि मात्रै मन्त्री थपिन्छन् ।’

यसअघि देउवाले २ मन्त्री र १ राज्यमन्त्रीमा मान्न पटकपटक शेखरलाई आग्रह गरेका थिए । 

१६ चैतमा प्रधानमन्त्रीले आफूसँग भएका १६ मध्ये १० वटा मन्त्रालयको जिम्मेवारीमात्रै बाँडेका थिए । अझै पनि प्रधानमन्त्रीसँग कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या गरी ६ वटा मन्त्रालय छन् । 

शेखर पक्षले २ मन्त्रालयमा नाम दिन अस्वीकार गरेपछि सभापति देउवाले आफ्ना तर्फबाट रक्षामा पूर्णबहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र शहरी विकासमा सीता गुरुङलाई मन्त्री बनाएका थिए ।  

कांग्रेसले पाउने ८ मन्त्रालयमा ४ वटामा मात्रै नाम पठाइएकाले अब एउटा थप हुँदा कांग्रेसले ९ वटा मन्त्रालय पाउने भएको छ । यसमा थप एक राज्यमन्त्री पनि पाउने बुझिएको छ । 

जनमत पार्टीबाट खानेपानी मन्त्री भएका अब्दुल खानले राजीनामा दिएपछि शेखर पक्षलाई मनाउन पनि एक मन्त्रालय दिनुपर्ने दबाब प्रधानमन्त्रीलाई परेको हो ।

आन्तरिक विवादले लामो समय मन्त्रीविहीन बनाउन नहुने भन्दै थप एक मन्त्रालय पाउने गरी प्रधानमन्त्रीसँग संवाद गर्न देउवालाई उनकै टिमले पनि दबाब बढाएको थियो । प्रचण्डले पनि माओवादीकै चुनाव चिह्न लिएर डा. बाबुराम भट्टराईको पार्टीबाट जितेका महिन्द्रराज यादवलाई मन्त्री बनाएका थिए । यसैले कांग्रेसले पनि एउटा मन्त्रालय थपेर शेखर पक्षलाई मिलाउन खोजेको हो । 

को को बन्दैछन् मन्त्री ? 

शेखर पक्षबाट नाम कुरेका देउवाले आफ्नोतर्फबाट मन्त्री बन्नेको नाम टुंग्याइसकेका छन् । संस्थापनबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बन्ने तयारी छ । तर रामहरि खतिवडा र उदयशमशेरको पनि मन्त्रीका लागि उत्तिकै दाबी छ । 

शेखर पक्षबाट यस अघिदेखि मन्त्रीका लागि उपसभापति धनराज गुरुङ र डीगबहादुर लिम्बूको नाम चर्चामा छ । तर सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे पनि मन्त्रीका लागि दाबेदार हुन् । डा. शेखर यी २ मध्ये १ लाई मन्त्री बनाउने पक्षमा छन् । तर गगन थापाले युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन दबाब बढाएको कांग्रेसनिकट स्रोत बताउँछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x