×

NMB BANK
NIC ASIA

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : सांसद बर्तौला

बैशाख ६, २०८०

NTC
Premier Steels

नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा अघि बढाउनुपर्ने उल्लेख गरे । 

Muktinath Bank

‘आगामी बजेट बनाउँदा यस विषयमा सरकारको ध्यानकर्षण गराउन चाहान्छु’ उनले भने, । सांसद बर्तौलाले मध्यवर्ती क्षेत्र आसपास नयाँ उद्योग सञ्चालन गर्न कठिनाइ भएको सम्बन्धमा सरकारको ध्यानकर्षण गराउँदै मध्यवर्ती क्षेत्रको समस्या दिगोरुपमा समाधान गर्न आग्रह गरे । उनले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको सम्बन्धमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वास्थयलाभको कामना गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले गैरकानुनी रुपमा नागरिकको रुजु विवरण ठेक्का खारेज गर्ने सरकारको निर्णयको स्वागत गरे । उनले यसवर्ष समयमै पाठ्यपुस्तक सबै विद्यालयमा पु¥याउन सकेकोप्रति सरकार र सम्बन्धित निकायलाई धन्यवाद दिए । उनले स्वदेशमै युरिया मल उत्पादन गर्नका लागि तत्काल योजना अघि बढाउन जरुरी रहेको उल्लेख गर्दै युरिया मल कारखाना छिट्टो भन्दा छिट्टो सञ्चालनमा ल्याउनका लागि आगामी बजेटमा समावेश गर्न आग्रहसमेत गरे । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संसद् बैठक बस्दा ठूलो खर्च हुने गरेको बताउँदै अचानक संसद् बैठक स्थगित हुने गरेकोप्रति आपत्ति जनाइन् । 

Vianet communication

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले लामो समयसम्म प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नदेखिनुभएको भन्दै ध्यानाकर्षण गराए । उनले ठूला भ्रष्टाचारका विषयमा अख्तियारले अध्ययन गर्न र मुद्दामा दायर गर्नका लागि ढिलाइ गरिरकेको सम्बन्धमा सभामुखमार्फत ध्यानाकर्षण गराए । जनता समाजवादी पार्टी नेपालका सांसद रञ्जुकुमारी झाले मुलुकभित्रै रोजगारी सिर्जना गर्न र रासायनिक मल आपूर्तिमा भएको फरक निर्णय तत्काल फिर्ता लिन आग्रह गरिन् । 

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बूढीगण्डकी आयोजना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको उल्लेख गर्दै आयोजना तत्काल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x