×

NMB BANK
NIC ASIA

बागमती ब्याडमिन्टन संघको आयोजनामा प्रदेशस्तरीय तालिम सम्पन्न

बैशाख ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती प्रदेश ब्याडमिन्टन संघको आयोजनामा ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई ब्याडमिन्टनको आधारभूत तालिम दिइएको छ ।

Muktinath Bank

बागमती प्रदेश अन्तर्गत पर्ने १३ वटा जिल्लाका सहभागीहरूलाई तालिम दिइएको प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ्गले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१५ दिने उक्त तालिममा १२० जना बालबालिकाहरू सहभागी भएका थिए ।


Advertisment
Nabil box
Kumari

थिङ्गका अनुसार तालिम काठमाडौं, भक्तपुर र ललितपुरमा संचालन भएको थियो। 

Vianet communication
Laxmi Bank

काठमाडौंको जेष्ट ब्याडमिन्टन एकेडेमी बसुन्धारा, ललिततपुरको हरिसिद्धी क्लब र भक्तपुरको दुवाकोट ब्याडमिन्टन सर्कलमा तालिम संचालन भएको हो । 

काठमाडौंमा २५, ललितपुरमा ३५ र भक्तपुरमा ६० जनाले तालिम लिएका हुन् । 

ब्याडमिन्टन खेलप्रति आकर्षण बढाउन र खेलाडी उत्पादन गर्नमा सहयाेग गर्ने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको संघका संयोजक थिङ्गले जानकारी दिए । 

जेष्ट ब्याडमिन्टन ऐकेडेमी बसुन्धारामा भएको समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले ब्याडमिन्टन खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताए । 

‘ब्याडमिन्टन खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि राखेप जुनसुकै तहसम्मको सहयोग गर्न पनि प्रतिवद्ध छ ।’ उपाध्यक्ष काेइरालाले भने । 

समापन कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले राखेपको सहयोगले ब्याडमिन्टन खेलको विकासमा अझै सहयोग पुग्ने बताए । 

खेलकुदमा लाग्दा बालबालिकाकाे कुलतमा फस्ने सम्भावना कम भएको भन्दै उनले बालबालिकालाई खेलकुदमा लगाउन आग्रह गरे । 

कार्यक्रममा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

तालिम निशुल्क संचालन गरिएकाे आयोजकले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x