×

NMB BANK
NIC ASIA

ए डिभिजन लिग : हिमालयन शेर्पा र सातदोबाटो युथ क्लबले बाँडे अंक

बैशाख १०, २०८०

NTC
Premier Steels

हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लवले राजधानीमा जारी शहीद स्माकर ए डिभिजन लिगमा आइतवार बराबरी खेल्दै अंक बाँडेका छन् । 
ललितपुरस्थित च्यासल मैदानमा ११ औं चरणको खेल अन्तर्गतको खेलमा हिमालयन शेर्पा र सातदोबाटो युथ क्लवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा सातदोबाटो युथ क्लवका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गर्दा हिमालनका लागि निशान लिम्बू र सुशील राईले एक/एक गोल आफ्नो नाममा लेखाए ।

Muktinath Bank

आक्रामक रणनीतिका साथ मैदान उत्रिएको सातदोबाटोले पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । दीपकले पासाङ लामाको क्रसलाई पेनाल्टी बक्स भित्रबाट हेडमार्फत दीपकराजले गोलमा परिणत गरेका थिए । ११ औं मिनेटमा दीपकराजले टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल थप्दा सातदोबाटोले पहिलो हाफमा २–० को अग्रता पाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो हाफमा सुधारिएको खेल देखाएको हिमालयन शेर्पा खेलमा फर्किन सफल भयो । ७१ औं मिनेटमा निशान लिम्बूले गोल गर्दै खेलमा फर्किने संकेत देखाए । अबायमी फकुन्लेको पासलाई सदुपयोग गर्दै  निशानले गोल गरेका थिए । अग्रता छोट्याएसँगै मनोबल बटुलेको हिमालयन शेर्पाले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरीको अवस्थामा ल्यायो । हिमालयनका लागि सुशिलले कप्तान विश्वास श्रेष्ठको क्रसलाई जाली चुमाउँदै खेलमा फर्काएका थिए । बाँकी समयमा दुवै टोलीले काउन्टरको गर्दै स्पष्ट अंक जोड्नका लागि प्रयास गरेपनि सफल हुन भने सकेनन् ।


Advertisment
Nabil box
Kumari

यससँगै दुवै टोलीले शहीद स्मारक ए डिभिजन लिग तालिकामा समान १–१ अंक जोड्न सफल भएका छन् । सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ भने समान खेल खेलेको हिमालयनको १० अंक भएको छ ।
लिगमा सोमवारबाट १२ औं चरणका खेल हुनेछन् । १२ औं चरणको खेल अन्तगर्त सोमवार विभागीय टोली एपिएफ क्लव र खुमलटार युथ क्लवबीच एन्फा मुख्यालयमा खेल हुनेछ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x