×

विनाशकारी भूकम्पको ८ वर्ष

२०७२ वैशाख १२ को भोगाइ र विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका

बैशाख १२, २०८०

  • लेखकः कुमार प्र. अर्याल

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई ०७२ वैशाख १२ मा गएको ७.६ रेक्टर स्केलको विनाशकारी महाभूकम्पको आठ वर्ष पूरा भएको छ । गएको आठ वर्षमा नेपालमा पुननिर्माणमा उल्लेख्य रूपमा प्रगति त भयो तर पनि भूकम्पीय तथा अन्य विपतबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि भने खासै पहल भएको पाइँदैन । भूकम्पीय दृष्टिकोणले नेपाल विश्वको ११ जोखिमयुक्त राष्ट्रमा पर्दछ जसका कारणले पनि नागरिक तहमा भूकम्प सुरक्षासम्बन्धी जनचेतना जगाउन र सोबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यून गर्नका लागि पूर्वतयारीमा रहनु महत्त्वपूर्ण रहेको छ ।

Laxmi Bank

नेपाल भौगोलिक अवस्थाका कारणले सदैव भूकम्पीय जोखिममा रहेको छ । अफगानिस्तानदेखि बर्मासम्म फैलिएको हिन्दुकुश हिमालयपर्वत शृंखलाको एकतिहाइ भाग नेपालमा पर्दछ र यस पर्वत शृंखलाको निर्माण नै इन्डियन र यूरेसियनजस्ता दुई ठूला प्लेटहरूको घर्षणबाट भएको कारण यिनै दुई ठूला प्लेटहरू चलायमान हुँदा निस्कने ऊर्जा सञ्चित हुँदै जाने र त्यो सन्चित ऊर्जा बाहिर निस्किँदा पैदा हुने कम्पन नै नेपालमा भूकम्प जानुको कारण हो । प्रायःजसो अरु विपद्हरू पूर्व अनुमान गर्न सकिने र मौसमी प्रवृत्तिका हुने तर भूकम्प पूर्व अनुमान गर्न नसकिने र कुनै पनि बखत जान सक्ने हुँदा यसतर्फ सबै सचेत हुनुपर्ने हुन्छ । सम्बन्धित निकाय सधैं तयारी अवस्थामा रहनु जरुरी छ । भूकम्पलाई रोक्न त सकिँदैन तर यसको क्षतिलाई न्यून गर्न पूर्व तयारी भने गर्न सकिन्छ । यसका लागि समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरूमार्फत सर्वसाधारणलाई सूचीकृत गराउन स्थानीय निकायको भूमिका अपरिहार्य छ ।


Advertisment

नेपालको ऐतिहासिक तथ्याङ्कमा रेकर्ड भएअनुसार सन् ११०० को भूकम्प नै नेपालको पहिलो विनाशकारी भूकम्प हो । त्यसअघि गएका भूकम्पहरू रेकर्ड भएका छैनन् । सन् १२५५ मा गएको भूकम्पमा राजा अभय मल्लसहित २२०० जनाको मृत्यु भएको थियो । सोदेखि बाहेक सन् १४०८, सन् १६८९, सन् १७६७, सन् १८३३, सन् १९३४ र  सन् २०१५ मा नेपालमा गएका भूकम्पहरू मानवीय र भौतिक क्षतिको हिसाबले विनाशकारी भूकम्पका रूपमा रहेका छन्  । यो बाहेक पनि नेपाल थुप्रैपटक भूकम्पको धक्का र त्यसका पराकम्पनहरू महसूस भएका छन् ।


Advertisment

भूकम्पको धक्काले सबैलाई समानरूपले हल्लाउँछ तर यसको असर भने समाजमा विभिन्न तबरले देखिने गरेको छ ।  भूकम्पको असर सबैमा कुनै न कुनै रूपमा पर्ने गरेको छ तर पनि असरको प्रकृति भने फरक-फरक देखिएको छ । सम्पन्न वर्गभन्दा विपन्न वर्गमा यसको असर बढी देखियो र ती वर्गमा यसको असर लामो समयसम्म पर्ने सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको छ ।  यसको क्षतिलाई न्यून गर्ने भनेको नै भूकम्पको लागि सामना गर्न पूर्व तयारीमा रहनु हो । यस कार्यका लागि नेपालको तीन तहको सरकारमध्ये जनताहरूसँग प्रत्यक्षरूपमा सरोकार राख्ने स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको छ । वि.सं. २०७२ सालमा गएको भूकम्पको अनुभव हामीसँग जीवन्त नै छ  । सोही अनुभवलाई मध्यनजर राख्दै स्थानीय निकायहरूले भूकम्प सुरक्षा दिवसको सन्देशलाई मूलभूतरूपमा समुदाय स्तर, सामुदायिक संस्थास्तरका साथै आफ्नो तबरले पनि तयारीमा जुट्नुपर्ने आजको आवश्यकता रहेको छ ।  

विपद् व्यवस्थापनमा स्थानीय निकायको भूमिका: आफ्नो नगर/गाउँ बासिन्दाहरूमा समस्यासँग जुध्न सक्ने क्षमता र बलियो आत्मविश्वास वृद्धिका लागि स्थानीय निकायको महत्त्वपूर्ण भूमिका रहेको छ । स्थानीय निकायहरूले विपद् व्यवस्थापनलाई केन्द्रबिन्दु बनाएर आफ्नो नीति नियमहरू बनाउन जरुरी छ । मूलभूतरूपमा स्थानीय निकायभित्र परिवार, समुदाय र संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने कार्यमा अग्रगामी भूमिका स्थानीय निकायको नै हुनेछ । यसका लागि गृह मन्त्रालय र सो मातहतका निकाय र प्रदेश मन्त्रालय मातहतका निकायहरूको विपद् व्यवस्थापनसँग सम्बन्धित नीति नियम तथा परिपत्रहरूलाई मुख्य आधार बनाउनु जरुरी छ ।

कतिपय स्थानीय निकायहरूले आफ्नो नगरपालिका/गाउँपालिकाको विपद् व्यवस्थापन योजना बनाएका छन् भने कतिपय बनाउने अवस्थामा छन् । स्थानीय निकायहरूले सबै काम आफैं गर्ने भन्दा पनि संयोजन गरी स्थानीय स्तरमा रहेका मातहतका निकाय, सामुदायिक संस्था तथा जनसमुदायहरूलाई परिचालन गरी काम कारवाही चुस्त बनाउनु आवश्यक छ । विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा व्यवस्था गरिएको प्रावधानबमोजिम स्थानीय स्तरमा गठन गरिने पालिका तहमा स्थानीय विपत व्यवस्थापन समिति, वडागत तहमा वडा विपत पूर्वतयारी तथा प्रतिकार्य समिति र प्रत्येक समुदायमा सामुदायिक विपत पूर्वतयारी तथा प्रतिकार्य समिति गठन गरी खोज तथा उद्धार, प्राथमिक उपचार, आगलागी नियन्त्रण, मनोसामाजिक परामर्श आदि जस्ता कार्यका लागि तालिम प्राप्त जनशक्ति तयार गर्नु आवश्यक छ । यसका साथै समय-समयमा बैठक बसी आवश्यक पर्दाको समयमा सदैव तयारी अवस्थामा रहनुको साथै विपद्को समयमा यिनै समितिमार्फत कार्य गर्दा व्यवस्थापनमा सहज हुनेछ ।

योसँगै प्रत्येक वडामा भण्डार गृह तयार गर्ने, आवश्यक पर्ने खोज तथा उद्धारका सामग्री जस्तै डोरी, पिक, साबेल, घन, गल, बञ्चरो, खाद्य सामग्री, पकाउने भाडा कुडा, लत्ता कपडा तथा आवश्यक औषधीहरू को जोहो गरिनुका साथै समयसमयमा ती सामग्रीहरूको जाँच गरी फेर्ने काम गर्नु पर्नेछ ।

आफ्नो नगर/गाउँ क्षेत्रभित्र बनेका भवनहरू भूकम्पप्रतिरोधी बनाउने तथा मापदण्ड अनुरूप भए/नभएको अनुगमन गर्ने, जोखिमयुक्त स्थानको पहिचान गरी ती स्थानहरूमा बस्ती बसाल्न निरुत्साहित गर्ने, खुला ठाउँहरूको संरक्षण, भूकम्पनिरोधी सामुदायिक भवनहरूको निर्माण, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति र व्यवस्थापन गरेको अवस्थामा विपद्को समयमा त्योसँग जुध्न सहज हुने पक्कै देखिन्छ ।  यो सँगै विपद्को समयमा आवश्यक सहयोगका लागि समय समयमा समुदाय स्तरीय खोज तथा उद्धारका साथै आधारभूत आकस्मिक तालिम उपलब्ध गराउन सके अझ सहज हुने छ । स्थानीय निकायले आफ्नो क्षेत्रमा परिवारस्तरीय, समुदाय तथा सामुदायिक संस्थास्तरीय कार्यक्रमहरू लक्षित गरी कार्यहरू गर्नु/गराउनु आवश्यक छ ।

परिवार स्तरमा गरिने पूर्व तयारीको सम्बन्धमा  निर्माण गरिने प्रत्येक घरहरू भूकम्पप्रतिरोधी बनाउने पहिलो कार्य रहेको छ । यो सँगै परिवारमा भूकम्पको बारेमा पूर्व तयारीको योजना बनाउने, घरमा रहेको अवस्थामा घरभित्र र घरबाहिरको सुरक्षित स्थानको पहिचान, कार्यालय तथा विद्यालयमा रहँदाको तयारी तथा सुरक्षित स्थानको पहिचान गरिनुका साथै प्रत्येक घरहरूले आवश्यक खानेकुराहरू तथा औषधिहरू रहेको भूकम्प आपतकालीन झटपट झोलाको व्यवस्था गरेमा विपद् पर्दा शुरूका केही समयमा बाहिरबाट राहत टोली नआउँदासम्म सो खाने कुराको प्रयोग गर्न सकिने छ । यसका साथै सम्भव भएसम्म आपतकालीन उद्धारका सामग्रीहरू जस्तै करौंती, गल, ह्याम्मर, डोरी आदि रहेको घरायसी बचाउ बाकसको जोहो गरि घरबाहिर सुरक्षित स्थानमा राख्ने जसले गर्दा आपतकालीन अवस्थामा ती सामानको प्रयोगले उद्धार कार्यमा सहज पार्नेछ ।

समुदाय स्तरमा गरिने पूर्व तयारीको सम्बन्धमा वि.सं. २०७२ सालको भूकम्पपछि शुरूको अवस्थामा हताहत भएका व्यक्तिहरूको उद्धार, घाइतेहरूको प्राथमिक उपचार गरी स्वास्थ्य संस्थासम्मको चाँजोपाँजो, शिविरको व्यवस्थापन, खानपानको व्यवस्था लगायतका क्रियाकलापमा समुदायभित्रबाट नै भएको पाइयो । त्यसले यस्ता खालमा गतिविधिहरूका लागि  त्यहाँका समुदायहरूलाई सधैं तयारी अवस्थामा राख्नुपर्ने नितान्त आवश्यक रहेको छ । यसको लागि स्थानीय निकायले समुदायस्तरीय आपतकालीन पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिई प्रत्येक समुदायमा विपद्को समयमा अवस्थालाई सामना गरी असामान्य अवस्थालाई केही हदसम्म सामान्यतर्फ लैजान सक्ने जनशक्तिहरू तयारी अवस्थामा राख्न सहयोग गर्नेछ । यसका साथै प्रत्येक समुदायले विपद्को अवस्था सामना गर्न तथा उद्धारको कार्यलाई सहज बनाउन उद्धारको कार्यका लागि आवश्यक पर्ने सामग्रीहरू राखी सामुदायिक खोज उद्धार बाकसको व्यवस्था गर्नु तथा गराउनु जरुरी छ । आफ्नो ठाउँमा भूकम्प जाँदा कुन ठाउँमा भेला हुने र तत्कालको अवस्थामा त्यसको व्यवस्थापनको पूर्व तयारीको लागि समुदायहरूलाई तत्पर गराउनु पर्दछ ।

वि.सं. २०७२ सालको भूकम्पपछि राहत तथा उद्धार व्यवस्थापनमा तत्कालीन स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको अवस्थामा स्थानीयस्तरमा गठन भएका सामाजिक संघ-संस्थाहरूले वितरणलाई धेरै हदसम्म सहज र व्यवस्थित बनाउनु, अस्थायी बासस्थानको व्यवस्थापनमा पनि स्थानीय क्लबको भूमिका उल्लेख्य देखियो । यी संस्थाहरूले बाहिरबाट आएको सहयोगलाई व्यवस्थापन र वितरणमा स्थानीय तहलाई सहयोगीको भूमिका खेली व्यवस्थित गरेको घटनालाई मनन गर्दा स्थानीय स्तरमा कार्यरत सामाजिक संघ संस्थाहरूको पनि क्षमता अभिवृद्धि गरी तिनीहरूको भूमिकालाई स्थानीय निकायसँग कसरी समन्वयकारी बनाई कार्य गर्न सकिन्छ त्यसतर्फ कार्य गर्नु पर्ने देखिन्छ । यो सँगै समुदायस्तरमा विपद् जाँदाको बखतलाई लक्ष्य गरी प्रत्येक समुदायमा कम्तीमा पनि एकवटा सामुदायिक भवन निर्माण गरी विपद्को समयमा आवश्यक सामग्रीलगायत सामुदायिक खोज उद्धार बाकसको जोहो गरी सामुदायिक भवनको व्यवस्थापन गर्न यी संस्थाहरूलाई जिम्मा लगाउन सकिन्छ ।

समग्रमा भन्नु पर्दा भूकम्पको क्षतिलाई न्यून गर्नका लागि घरपरिवारदेखि सिङ्गो समाज नै सुरक्षित रहनुपर्छ । भूकम्पपछि तत्काल उद्धारका लागि खटिने भनेको परिवार र समुदाय नै भएकाले यसका लागि समुदायस्तरमा आफ्नै कार्ययोजना बनाउनु जरुरी छ । त्यसपछि गाउँ/नगर तह हुँदै राष्ट्रिय स्तरमा तयारी हुनु जरुरी छ । भूकम्पपछिको पुन:स्थापनाको दायित्व नेपाल सरकारको रहेता पनि घटनास्थलमा नेपाल सरकार मातहतका सुरक्षाकर्मी तथा राहत तथा उद्धारका कार्यक्रमहरू घोषणा गर्न तथा निर्णय गर्न केही समय पक्कै लाग्छ । त्यो समयसम्मका लागि विपद्सँग जुध्नका लागि समुदाय तथा गाउँ/नगर तहमा तयारी हुनु नितान्त आवश्यक छ । वर्तमान समयमा यस कार्यका लागि नगरपालिका/गाउँपालिकाको भूमिका महत्त्वपूर्ण देखिएको हुँदा सोतर्फ केन्द्रित हुनु जरुरी छ । ([email protected])

(लेखक भूकम्प प्रभावित समुदायमा लामो समयसम्म अध्ययन/अनुसन्धानमा रहनुभएको छ ।)

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x