माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
बैशाख १४, २०८०
अमेरिकाका राष्ट्रपति जो बाइडनले मंगलवार एक भिडियो सन्देशमार्फत आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेपछि वार्धक्यतन्त्र वा वृद्धहरूले चलाउने व्यवस्था (जेरोन्टोक्रेसी) का विषयमा बहस चल्न थालेको छ ।
बाइडन अहिले ८० वर्षका भइसकेका छन् र उनी अर्को कार्यकालका लागि पुनः राष्ट्रपति निर्वाचित भएमा ८६ वर्षको उमेरसम्म सर्वोच्च पदमा रहनेछन् । अत्यधिक वृद्ध भएकाले उनी विस्मरणको समस्याबाट ग्रस्त छन् र औपचारिक समारोहहरूमा हावामा हात मिलाउने अनि विमानको भर्याङबाट लड्ने जस्ता गतिविधि गरिरहेका हुन्छन् ।
उनका सम्भावित प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्प पनि ७६ वर्ष पुगिसकेका छन् । ट्रम्पमा वार्धक्यका कारण आउने स्वास्थ्य समस्या त्यति धेरै देखिएको छैन र सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति हुँदा स्वास्थ्यकै कारण उनले काम गर्न नसकेको स्थिति थिएन ।
अनि वयोवृद्ध राजनीतिकर्मीहरूले संन्यास लिन मन गर्ने गरेका छैनन् । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिचेल मककोनेल ८१ वर्षका भइसकेका छन् तर संन्यास लिने लक्षण देखाएका छैनन् । त्यस्तै सिनेट मेजोरिटी लीडर चक शुमर ७२ वर्षका भइसकेका छन् र राजनीतिमा सक्रिय रहिरहने संकेत दिइरहेका छन् ।
यसमा केही अपवाद पनि छन् । भर्मोन्ट राज्यबाट डेमोक्रेटिक पार्टीको प्रतिनिधित्व गर्ने ८२ वर्षीय प्याट्रिक लीहीले सिनेटमा ४८ वर्ष बिताएपछि हालै पदबाट राजीनामा दिएका छन् । त्यस्तै दुई साताअघि क्यालिफोर्नियाको प्रतिनिधित्व गर्ने सिनेटर डायन फाइनस्टाइनको मानसिक तन्दुरुस्तीका विषयमा लगातार प्रश्न उठेपछि ८९ वर्षको उमेरमा संन्यास घोषणा गरेकी छन् ।
अनि तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पलोसी ८३ वर्षकी भइसकेकी छन् र उनले युवा नेता हकिम जाफरीजलाई आफ्नो स्थानमा ल्याएकी छन् । तर यी राजनीतिकर्मीहरूले स्वैच्छिक रूपमा भन्दा पनि आलोचनापछि मात्र पदत्याग गरेको यथार्थलाई बिर्सन मिल्दैन ।
अमेरिकी राजनीतिमा वृद्ध व्यक्तिहरूको हालीमुहाली भएपछि युवाहरूलाई नेतृत्व दिनुपर्ने आवाजहरू उठ्न थालेका छन् । राष्ट्रपति पदका लागि उम्मेदवारी दिएकी ५१ वर्षीया निक्की हेलीले ७५ वर्षभन्दा माथिका राजनीतिकर्मीहरूलाई मानसिक क्षमता साबित गर्ने परीक्षा दिन लगाउनुपर्ने बताएकी छन् । धेरैको मनमा लागेको तर अभिव्यक्त गर्न नसकेको कुरा हेलीले भनेको भन्दै प्रशंसा समेत गरिएको छ ।
हेलीको यो सोचले आम अमेरिकीहरूको अवधारणालाई प्रतिनिधित्व गरेको छ । गत डिसेम्बर महिनामा सीएनबीसीले गरेको एक सर्वेक्षणमा ७० प्रतिशत अमेरिकीहरूले बाइडन पुनः उम्मेदवार नबने हुन्थ्यो भनी अभिमत दिएका छन् ।
मूलतः बाइडनको उमेरलाई नै कारण बनाएर उनीहरूले यस्तो धारणा राखेको देखिएको छ । अमेरिका वृद्धहरूकै कारण पछि पर्र्दै गएको सोच युवाहरूमा देखिन्छ ।
द न्युयोर्क टाइम्समा इयन प्रसाद फिलब्रिकले तर्क गरेअनुसार, अमेरिकाको भन्दा विपरीत प्रवृति अन्तर्गत संसारका पुराना लोकतन्त्र तथा प्रमुख अर्थतन्त्रमा कम उमेरका नेताहरू निर्वाचित हुने प्रवृत्ति देखिन थालेको छ । ट्रम्प र बाइडन जति उमेर पुगेका वृद्ध नेताहरू प्रमुख लोकतान्त्रिक मुलुकको कार्यकारी पदमा कमै मात्र देखिन्छन् ।
हुन पनि फ्रान्स, बेलायत, न्युजील्यान्ड, चिली लगायतका मुलुकमा ४० वा त्यसभन्दा अलिकति बढी उमेर भएका कार्यकारी प्रमुख छन् । क्यानडाका प्रधानमन्त्री जस्टिस ट्रुडो जम्मा ५१ वर्षका भए ।
नेपालमा चाहिँ अमेरिकाकै जस्तो वार्धक्यतन्त्र हावी छ । यहाँका प्रमुख दलका शीर्ष नेताहरू वृद्ध भइसकेका छन् । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ७६ वर्षका भइसकेका छन् । उनको स्वास्थ्य पनि कमजोर हुन थालेको छ ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ७१ वर्षका भइसकेका छन् । बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ६८ वर्षका छन् ।
वृद्ध राजनीतिकर्मीहरूबाट देश अघि बढ्न सक्दैन र युवाहरूलाई मौका दिनुपर्छ भन्ने आवाज नेपालमा पनि उठ्न थालेका छन् । पार्टी भन्दा पनि नेतृत्व पुरानो भएकाले युवाहरू विकर्षित भई राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता युवा नेतृत्वको नयाँ दलतर्फ आकर्षित भइरहेको विश्लेषण पनि भइरहेको छ ।
वृद्धहरूलाई राजनीति गरिरहन दिन नहुने आवाज उठ्दा उमेरजन्य विभेद (एजीइजम) को आरोप पनि लाग्ने गर्छ । आफ्नो लामो अनुभवका साथ राज्य सञ्चालनमा वृद्धले योगदान गर्न सक्ने स्थिति हुँदाहुँदै त्यसो गर्नबाट रोक्न खोज्नु उचित नहुने भनी एस्क्वायर पत्रिकामा माइकल क्लिन्टनले तर्क गरेका छन् ।
त्यसो त वृद्ध राजनीतिकर्मीले युवा पुस्ताको इच्छा र आकांक्षालाई कत्तिको बुझेर त्यसको सम्बोधनको प्रयास गरेको छ भन्ने कुरालाई पनि हेर्नुपर्छ ।
जस्तो, अमेरिकी सिनेटर बर्नी स्यान्डर्स ८१ वर्षका भइसकेका छन् । तर उनी युवा पुस्तासँग निकट रही काम गर्छन् र युवाहरूलाई राजनीतिमा आकर्षित गर्नका लागि तत्पर रहन्छन् । तर उनलाई सर्वोच्च पदमा पुग्नका लागि उनकै डेमोक्रेटिक पार्टीले बाधाअवरोध तेर्स्याउने गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७२ वर्षका भइसकेका छन् तर युवा पुस्तामाझ उनीप्रतिको आकर्षण प्रबल छ । स्थिरता र सुरक्षाको अभिलाषा राख्ने युवा पुस्ताले मोदीबाट त्यसको प्रत्याभूति हुने सोच राख्ने गरेको र उनैलाई भोट दिने गरेको छ भनी ‘ह्वाट मिलेनियल्स वान्ट’ नामक पुस्तकका लेखक भिभान मारवाहाले दाबी गरेका छन् ।
त्यसैले सम्पूर्ण वृद्ध राजनीतिकर्मीलाई एउटै डालोमा राखेर हेर्नु पनि उचित हुँदैन ।
तर वृद्ध हुँदै गएका राजनीतिकर्मीले जनताको आवश्यकता, चाहना र दृष्टिकोणलाई प्रतिबिम्बित गरे नगरेको कुरालाई मसिनो ढंगले हेर्नुपर्छ भनी अमेरिकी राजनीतिक टिप्पणीकार ब्राड्ली ब्लान्केनशिप तर्क गर्छन् ।
अमेरिकाको कुरा गर्दा त्यहाँ समय समयको अन्तरालमा आइरहेको आर्थिक मन्दी तथा निरन्तर बढिरहेको आय असमानताका कारण जनता चिन्तित तथा आक्रोशित छन् ।
कलेज पढ्नका लागि लिएको ऋण तिर्न समस्या परेको, बन्दूक बोक्न पाउने नियमका कारण कुन बेला कहाँ मरिने हो भन्ने ठेगान नभएको अनि कृत्रिम बौद्धिकताको उदयसँगै रोजगारीका अवसरहरू खुम्चिँदै गएको स्थितिमा यावत समस्याको दीर्घकालीन समाधान गर्ने योजना वृद्ध राजनीतिकर्मीहरूले बनाएका छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण छ ।
अहिलेका वृद्ध राजनीतिकर्मीहरूले आफू युवा छँदा यस्ता किसिमका समस्या बेहोर्नु नपरेकाले वर्तमान पुस्ताको पीडा बुझ्न सक्दैनन् भन्ने तर्क न्युजवीक पत्रिकामा प्रकाशित लेखमा माइकल नोभोग्राज र विलियम वाटरसनले गरेका छन् । त्यसैले उनीहरूको स्थानमा युवा राजनीतिकर्मीलाई प्रोत्साहन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
अमेरिकामा युवा पुस्ताका लागि राजनीति गर्न सहज स्थिति ल्याउनुपर्ने र निष्पक्ष रूपमा उनीहरूको राजनीतिक सहभागिता अभिवृद्धिका लागि प्रोत्साहन गर्नुपर्ने आवाजहरू भविष्यमा थप उठ्ने देखिन्छ । यही कुरा संसारका अन्य लोकतान्त्रिक मुलुकहरूको हकमा पनि लागू हुन्छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...