मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
काठमाडाैं | बैशाख १७, २०८१
राष्ट्रिय राजनीतिका चर्चित अनुहार संविधान सभाका अध्यक्ष एवं एमालेका प्रभावशाली नेता सुवास नेम्वाङसँग २०७९ मा कडा टक्कर गरेका कांग्रेस उम्मेदवार यसपटक कमजोर देखिएका छन् ।
अघिल्लोपटक बलिया र प्रभावशाली नेम्वाङसँग ११४ मतको झिनो मतान्तरले पराजित भएका थिए कांग्रेस उम्मेदवार डम्बर खड्का ।
तर गत भदौ २६ गते नेम्वाङको निधन भएपछि यही वैशाख १५ गते शनिवार उपनिर्वाचन भयो । निर्वाचनमा उनै नेम्वाङका छोरा सुहाङले उनै खड्कासँगै प्रतिस्पर्धा गर्दा फेरि कडा टक्कर हुने अनुमान थियो ।
२०७९ को चुनावमा सनसनी मच्चाएर २०८४ को चुनावमा बहुमत ल्याउने दाबीका साथ इलाममा सम्पूर्ण शक्ति खर्चिएको रास्वपाले आफ्नो मात्रै होइन एमालेको पनि भोट काट्ने कांग्रेसको अनुमान पनि फेल भएको छ ।
यतिमात्रै होइन पहिचानवादीले धेरै एमालेको भोट काट्ने र ऊसमेत प्रतिस्पर्धामा हुँदा चार पक्षीय भिडन्तमा आफूले बाजी मार्ने कांग्रेसको योजनाले पनि इलाममा काम गर्न सकेन ।
बरु बलिया नेताको विरासत छोरामा सार्न खोज्दा पनि युवा उम्मेदवार सुहाङलाई इलामले यसपटक पत्याएको छ । जारी मतगणनाको प्रारम्भिकदेखि आधा गणना नाघिसक्दाको रुझानमा पनि एमाले उम्मेदवार सुहाङ बलिया देखिएका छन् ।
बलियो सांगठनिक शक्तिसहित चुनावी मैदानमा उत्रिएको एमालेले फेरि इलाममा बाजी मार्ने पक्का देखिएको छ । माइ र इलाम नगरपालिकाको मतगणनाबाट कांग्रेसले अप्रत्याशित नतिजा ल्याउने मतगणनाको रुझानले देखाएको छैन । किनकि माई नगरपालिका प्रमुखमा एमालेले १ हजार ५५१ मतान्तरले जितेको थियो ।
इलाम नगरपालिकामा कांग्रेसका केदार थापा २ हजार ५२८ मतान्तरले विजयी भएका थिए । इलाम बजार क्षेत्र पनि भएकोले गणना गर्न बाँकी मत कांग्रेसलाई मात्रै जाने देखिएको छैन ।
रास्वपाले पनि बजारबाट केही भोट बढाउन सक्ने र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले पनि बजार क्षेत्रबाट केही भोट ल्याउँदा कांग्रेसले सुहाङसँगको ५ हजार बढी अन्तरलाई घटाउने गरी मत ल्याउन सक्ने देखिएको छैन ।
माङसेबुङ ५ नम्बर वडामा पहिचानवादीका थेगिमसँग एक हजार मतान्तरले पछाडि पर्नुबाहेक जारी मतगणनामा एमालेका उम्मेदवारलाई कुनै पनि दलले अहिलेसम्म टक्कर दिन सकेका छैनन् ।
गणना भइसकेका २६ वडामा एमालेले सबैभन्दा बढी १८ वटामा पहिलो बढी मत पाएको स्थिति छ । यसले पनि सबै वडाको गणनामा एमाले सहजै जीतसम्म पुग्ने देखिएको हो ।
कांग्रेसको बलियो प्रभाव, रास्वपाले चुनाव जित्न सबै शीर्ष नेतालाई लामो समय इलाम खटाएर गरेको मेहनत र पूर्वको पनि इलाममा पहिचानवादीबाट उल्लेख्य मत काट्न सक्ने आकलनलाई गलत सावित गरिदिने बाटोमा एमाले अगाडि बढेको छ ।
आन्तरिक रुपमा हिसाब निकाल्दा पनि आफूले १५ देखि २५ सय मतान्तरले जित्ने हिसाब एमालेको थियो । आफूपछि रास्वपा दोस्रो, कांग्रेस तेस्रो र पहिचानवादी उम्मेदवार चौथो बन्ने आन्तरिक मूल्यांकन एमालेले निकालेको थियो । तर अहिलेसम्मको रुझानले एमालेको आफ्नोबारेको मूल्यांकन मिल्नेतर्फ देखिए पनि अरु पार्टीप्रतिको मूल्यांकन नमिल्ने देखिन्छ ।
अघिल्लोपटक एमालेका नेम्वाङ यही क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी हुँदा कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । अहिलेकै अनुपातमा मत आए अघिल्लो पटकको भन्दा आधा हाराहारी मत ल्याउने देखिएको छ ।
एमालेको पहिलो जति नै ३० हजार मत नआए पनि २५ हजार हाराहारी आउने देखिएको छ । एमालेले आफ्नो मत जोगाएर निर्वाचन जित्दा कांग्रेसको मत पनि आधा हुने देखिएको हो ।
रास्वपाका प्रकाश सापकोटाले १ हजार ३६३ मत प्राप्त गरेका थिए ।
यसपटक यसमा सुधार गरेर जारी मतगणनामा तीन हजार हाराहारी मत रास्वपाले ल्याएको छ । गणना गर्न बाँकीमा थप तीन हजारमाथि मत ल्याए मात्रै रास्वपाले इलाममा जमानत जोगाउने छ ।
रास्वपाका मिलन लिम्बू माङसेबुङ २ घर भएका उम्मेदवार हुन् ।
तर यो वडामा उनको घण्टी चुनाव चिन्हले जम्मा ९६ मत पाएको छ । जबकि यो वडाबाट एमालेले सबैभन्दा बढी ५८६, कांग्रेसले ३५१ र पहिचावादीका थेगिमले ३१७ मत पाएका थिए ।
३९ हजार ४२५ मत सदर हुँदा इलाम २ मा नेकपा एकीकृत समाजवादीले ३२२ मत मात्रै पाएको छ ।
एमालेबाट छुट्टिएर बनेको समाजवादीले झलनाथ खनाललाई चुनावी कमान्डर बनाएर इलाममा खटाएको थियो ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...