×

NIC ASIA

एमालेले भन्यो - सरकारले अब पेन्सन र तलब खुवाउन सक्दैन

बैशाख १५, २०८०

Prabhu Bank
NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार तलब, भत्ता र पेन्सन खुवाउन नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेको छ ।

Muktinath Bank

केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा पत्रकार सम्मेलन गर्दै उपमहासचिव विष्णु रिमालले राजनीतिक अस्थिरता निश्चित समयमा ट्रयाकमा आउने भए पनि मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको टिप्पणी गरेका हुन् । ‘राजनीतिक अस्थिरता हुँदा विकास ओझेलमा पर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक अस्थिरतालाई एउटा ठाउँमा ल्याउन सकिएला । तर यही बेला मुलुकको अर्थतन्त्र ओरालो लाग्ने हर्कत भएका छन्’ उनले भने, ‘विकास निर्माणमा पूँजीगत खर्च नभएको कुरा गर्छौ । तर ८० र ९० प्रतिशत काम हुँदा पनि सरकारले भुक्तानी दिन सकेको छैन ।’ यतिमात्र होइन शिक्षकले पेन्सन नपाउने र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अवस्था आएको उनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘तीन महिनादेखि शिक्षकले पेन्सन पाएका छैनन् । पेन्सनको ५ अर्ब दिन बाँकी छ । सेवा निवृत्तले १० अर्ब पेन्सन पाउनुपर्ने अवस्था पनि छ । ५ अर्ब बढी सामाजिक सुरक्षा भत्ता दिन बाँकी छ’ उनले भने, ‘यी सबैको १ खर्ब २० अर्बको भुक्तानी गर्न बाँकी छ र तर सरकार चिन्तित छैन ।’

Vianet communication

सरकार ३० अर्ब बराबरको सावा ब्याज ऋण तिर्नुपर्ने अवस्थाप्रति पनि चिन्तित नभएको उनले बताए । समग्रमा कर्मचारीले तलब नपाउने भयावय आर्थिक स्थिति भएको बेलामा माओवादीका पूर्व लडाकुलाई १ अर्ब ४० करोड बाँड्ने विषय बाहिर आएकोमा पनि प्रष्ट जवाफ दिन सरकारसँग माग गरे । ‘अर्थतन्त्र कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुग्न डरलाग्दो चिन्ताको विषय हो’ रिमालले भने, ‘यस्तै भइरहे स्थानीय तहमा पनि यस्तै आर्थिक समस्या आउने पक्का छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x