कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे छलफल भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारलाई सहभागी गराउनेबारे छलफल भएको हो ।
त्यसका लागि गठबन्धनमा मन्त्रालय हेरफेर गर्नुपरे पनि तयार रहनुपर्ने मत बलियो बनेको छ । यद्यपि रास्वपा सरकारमा सहभागी हुन राजी भएको खण्डमा उसलाई कुन मन्त्रालय दिने भन्नेबारे चाहिँ सहमति जु्ट्न सकेको छैन ।
रास्वपाले आफ्ना कुराहरु साझा न्युनतम कार्यक्रममा राखिए र पुरानै मन्त्रालय पाउने अवस्था बनेमा सरकारमा सहभागी हुनसक्ने जनाउ दिएको छ ।
त्यसका लागि रविले उपनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो कुरा राखिसकेका छन् । तर, सरकारमै रहेका केही मन्त्रीको अडान र गठबन्धनभित्र पनि फरक फरक मत रहेकाले अन्यौलता भने रहेको नेताहरुको भनाइ छ । विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट हालै गृह मन्त्रालयमा सरुवा भएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले रविलाई गृहमन्त्री दिन नहुने अडान लिएको नेताहरुको भनाइ छ ।
श्रेष्ठले रास्वपालाई सरकारमा सामेल गराउन कोसिस हुने तर पहिलेकै मन्त्रालय भने दिन नसकिने संकेत गर्दै आएका छन् । यो भनेको उनले गृह मन्त्रालय नछाड्ने अडान लिएका गठबन्धनका एक नेताले बताए ।
यस्तै रास्वपाले यसअघि पाएको शिक्षा, श्रम तथा रोजगार मन्त्रालय पनि सहजै पाउन सक्ने अवस्था नभएको बताइन्छ । एमालेले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्दै वर्तमान सरकार ढाल्ने पासो थापेको चर्चा राजनीतिक वृत्तमा भइरहँदा बालुवाटारमा पनि रास्वपाबारे छलफल भएको हो ।
नेताहरुका अनुसार बैठकले रास्वपासँग छलफलका लागि प्रधानमन्त्री प्रचण्डलाई जिम्मेवारी दिएको छ । कांग्रेस तथा नेता संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले छलफल गरिरहेको बताए । यो विषयलाई प्रधानमन्त्रीले नै नै सम्बोधन गरेर निष्कर्षमा पुर्याउने उनको भनाइ छ ।
सर्वोच्चको फैसलाअनुसार सभापति लामिछानेको सांसद पद जानुका साथै सत्ता समीकरणसमेत बदलिएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।
उपनिर्वाचनबाट लामिछाने फेरि विजयी भएर आएसँगै गठबन्धनले फेरि रास्वपालाई सरकारमा ल्याउने पहल गरेको हो । गठबन्धनमा जसपाका अध्यक्ष उपेन्द्र यादवबाहेक सबै दल रास्वपालाई सरकारमा सहभागी गराउनुपर्ने पक्षमा देखिएको बैठक नेताले जानकारी दिए ।
अब प्रचण्ड नेतृत्वको सरकारमा जम्मा दुई मन्त्रालय मात्रै रिक्त रहेको अवस्था छ । यदि रास्वपालाई फेरि सरकारमा सहभागी गराउने परिस्थिति बनेमा दलहरुबीच भागबण्डा मिलाउन सकस पर्ने देखिन्छ ।
कांग्रेसभित्रको आन्तरिक लफडाकै कारण बुधबारमात्रै प्रचण्डले नवौँ पटक मन्त्रीपरिषद् विस्तार गर्दै तीन जना मन्त्री थपेका थिए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...