×

NMB BANK
NIC ASIA

हेलिकप्टर दुर्घटनाको तथ्यांक

एक महिना नपुग्दै ३ हेलिकप्टर दुर्घटना, मानवीय त्रुटि कि भवितव्य ?

बैशाख २२, २०८०

NTC
Premier Steels

एक महिना नपुग्दै नेपालमा ३ वटा हेलिकप्टर दुर्घटनामा परेका छन् । शुक्रवार सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना भएको छ ।

Muktinath Bank

अरुण तेस्रो जलविद्युत आयोजनाको लागि सामान पुर्‍याएर फर्कने क्रममा ९एन एजेजेड कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन सुरेन्द्र पौडेल र सिम्रिककै कर्मचारी छिरिङ भोटे घाइते भए । एक जनाको मृत्यु भएको छ ।
घाइतेको सिम्रिकको अर्को हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंको मेडिसिटी हस्पिटलमा ल्याएर उपचार भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस अघि २६ चैतमा धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट हेलीको ९एन एएनबी कलसाइनको हेलिकप्टर दुर्घटना परेको थियो । उक्त हेलिकप्टरले पनि कार्गो बोकेर अवतरण गर्ने क्रममा अनियन्त्रित भएर पल्टिएको थियो । उक्त दुर्घटनामा हेलिकप्टर चालक प्रिया अधिकारी सामान्य घाइते भएकी थिएन् ।


Advertisment
Nabil box
Kumari

हेली एभरेष्टको उक्त हेलिकप्टर दुर्घटनामा परेको ४ साता बितिसक्दासमेत धौलागिरि आधार शिविरमै पल्टिरहेको छ ।

Vianet communication

यो हेलिकप्टरको निरीक्षण नसकिएको, बीमाको टोली नपुगेको कारण दुर्घटना हुँदा जुन अवस्थामा पल्टिएको थियो अहिलेसम्म सोही अवस्थामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गएको निरीक्षण टोलीका एक सदस्यले बताए ।

उनका अनुसार मौसम अनुकूल नभएको कारण लामो समय निरीक्षणमा पुग्नै लागेको थियो भने थप विवरण संकलनको काम भइरहेको छ ।

हेलिकप्टरको प्रारम्भिक निरीक्षण सरकारी टोलीले गरिसकेको भए पनि बीमाको टोली नपुग्दा हेलीबाट सामान निकाल्ने तथा मर्मतको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन नपाएको हेली एभरेष्टले जानकारी दिएको छ ।

हेली एभरेष्टको दुर्घटना भएको अघिल्लो दिन २५ चैतमा ह्याम्स हस्पिटलको छतमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टिको अर्को एक हेलिकप्टर पनि दुर्घटनामा परेको थियो ।

भरतपुरमा बिरामी लिन जाने क्रममा हेलिकप्टर मेडिकल टीमको लागि ह्याम्स हस्पिटल पुगेको थियो । हेलिकप्टर अवतरण गर्ने क्रममा पुच्छरले छोएका कारण दुर्घटना भएको थियो । ह्याम्समा भएको सामान्य घटना भएकोले उक्त हेलिकप्टर मर्मत भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

शुक्रवार भएको सिम्रिक एयरको दुर्घटना भने पछिल्लो एक महिनामा भएको घटनामध्ये बढी गम्भीर प्रकृतिको हो । ‘आजको दुर्घटनाको विषयमा भने छानबिनसमिति नै बन्छ । यो घटना प्राविधिक कारणले भएको हुन सक्छ । त्यसैले छानबिनबाट जे प्रतिवेदन आउँछ त्यसबाट मात्रै घटनाको कारणसहितको जानकारी आउने छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने ।

उनका अनुसार पछिल्लो समय देखिएको हेलि दुर्घटनाको कारण प्राविधि हो । प्राविधिक कारणले हुने यस्तो घटना कसैको बसमा नहुने उनको भनाइ छ ।

यो हेलिकप्टर अगाडिको भागबाट जमिनमा खसेको कारण क्याप्टेन पौडेलसहित अर्को एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ । यो हेलिकप्टर दुर्घटना बढी गम्भीर खालको भएको प्राधिकरणकै अधिकारीले बताएका छन । 

३९ वटा हेलिकप्टर दुर्घटना, भवितव्य र लापरवाही दुवै कारण

शुक्रवारसहित नेपालमा हालसम्म ३९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार हालसम्म विभिन्न कम्पनीका हेलिकप्टर विभिन्न ठाउँमा गरी ३९ पटक दुर्घटना भएका छन् ।

यी ३९ वटा दुर्घटनामध्ये अधिकांश भवितव्य र केही लापरबाहीका कारण भएको पाइएको छ । ३ अगस्ट २०१४ मा सिन्धुपाल्चोकमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना लापरबाहीकै कारण भएको हवाई क्षेत्रका एक जानकारले बताए । त्यो दुर्घटनामा हेलिकप्टरको पंखाले लागेर एक जनाको ज्यान गएको थियो ।

रोकिराखेको हेलिकप्टर उडाउन लाग्दा भएको यस्तो दुर्घटना सावधानी नअपनाउँदा भएको प्रतिवेदनमा उल्लेख छ ।

३० जुन २०१८ मा ग्राण्डीले अस्पतालको कौशीमा भएको सिम्रिक एयरको दुर्घटना पनि असावधानीकै कारण भएको पाइएको छ । त्यो दुर्घटनामा अवतरण गर्ने क्रममा हेलिकप्टर माथिल्लो तलबाट तल्लो तलामा झरेको थियो ।
यस अघि २५ चैत २०७९ मा ह्याम्स हेलिकप्टरको कौशीमा अवतरणका क्रममा भएको हेलिकप्टर दुर्घटना पनि पाइलटको असावधानीकै कारण भएको पाइएको छ । पाइलटको असावधानीका कारण हेलिकप्टरको पुच्छरले छुँदा दुर्घटना हुन पुग्यो । दुर्घटना सामान्य भए पनि अहिलेसम्म उक्त हेलिकप्टर मर्मत भएर उडान शुरु गर्न सकेको छैन ।

यस्तो छ एक महिना अगाडिको हेलिकप्टर दुर्घटनाको तथ्यांक

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x