×

NMB BANK
NIC ASIA

स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना छ : अर्थमन्त्री डा. महत

बैशाख २७, २०८०

NTC
Premier Steels

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको सीमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताएका छन् ।

Muktinath Bank

बुधवार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले भने सबै ठाउँमा दिएको भनेर कनिका छरे जस्तो गरी बजेट नछर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफूलाई बजेट छर्न दबाब रहेको भए पनि आफूले त्यस्तो नगर्ने संकेत गरे । उनले एउटा आर्थिक वर्षमा एउटा काम देखिने गरी गर्नुपर्ने बताए । उनले सरकारसँग स्रोतको सुनिश्चितता रहेकाले स्रोत सुनिश्चिता अनुसार काम गर्नुपर्ने अवस्था रहेको बताए ।


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री महतले बजेटमा क्षेत्रगत मात्रै प्राथमिकता नभएर अब क्षेत्रगतभित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताए । उनले जनताका आवश्यकताहरू थुप्रै रहेका बताए । अहिले सरकारलाई बजेटको चुनौती भनेकै महत्त्वकांक्षा र आवश्यकताहरू धेरै भएको भन्दै उनले साधनस्रोतको सीमिततामा बस्नुपर्ने अवस्था रहेको बताए ।

Vianet communication

उनले थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्त्वकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौती सरकारलाई रहेको बताए । उनले सांसदहरूबाट समेत योजना माग भई आउने र बजेट छर्ने दबाब रहेको उल्लेख गरे । उनले जनताको आवश्यकता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको माग गर्नु स्वाभाविक भए पनि स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको बताए ।

उनले भने, ‘बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका कुरा गरेर हुँदैन । क्षेत्रगत पनि प्राथमिकता तोकिनुपर्छ । अब बजेट छर्ने ? यद्यपि अहिले पनि दबाब छ । स्वभाविकै हो हाम्रो आवश्यकताहरू थुप्रै छन्  । बजेटको चुनौती भनेकै महत्त्वकांक्षा र आवश्यकताहरू धेरै हुनु तर साधन र स्रोतको सीमितता रहनु रहेको छ । थोरै साधनस्रोतले धेरै आवश्यकता र महत्त्वकांक्षालाई कसरी पूर्ति गर्न भन्ने चुनौती छ । सांसदहरूबाट समेत योजनाहरू माग भई आउने र बजेट छर्ने दबाब रहेको छ । माननीयज्यूहरूलाई पनि दबाब छ । स्वाभाविक रूपमा माग आइराखेको छ । जनताको आवश्यकता, बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको आवश्यकता छ । माग गर्नु स्वभाविक हो तर स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको छ । सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जसरी बजेट नछरौं । एउटा गरौं, देखिने गरी गरौं । अर्को वर्ष अर्को गर्छ भन्नुको विकल्प छैन ।’

उनले सरकार आगामी बजेटमा जनतामा राज्यप्रतिको भरोसा र भविष्यप्रति आशा जगाउनेतर्फ उन्मुख हुने गरी बजेट ल्याउने प्रतिबद्धता जनाए । उनले वर्तमान समस्या र चुनौती समाधान गरी राज्यप्रति जनताको भरोसा टुट्न नदिन सरकारले गम्भीरताका साथ अग्रसर रहेको बताए । उनले कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र अर्कोतर्फ सरकारबाट पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्रमा शिथिलता आएको दाबी गरे । उनले अर्थतन्त्रलाई चलायमान गराउने उपाय खोज्ने बताए ।

उनले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति र वित्त नीतिको तारतम्य एउटै गन्तव्यमा हिँड्नुपर्ने बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने बताए । उनले पुँजीगत खर्च बढाउन सरकारको स्रोत सीमित रहेको बताए । उनले राज्य प्रणालीमा समस्या भएकाले लक्ष्य अनुसारको पुँजीगत खर्च नभएको भन्दै अब ९ महिनासम्म सुतेर बस्ने प्रचलनको अन्त्य गरिने बताए ।

उनले भने, ‘जनतामा राज्यप्रतिको भरोसा र भविष्यप्रति आशा जगाउनेतर्फ उन्मुख हुने सरकारको प्रतिबद्धता हो । यो वर्ष नै सम्पूर्ण कुरा समाधान भएर समस्या सम्बोधन हुन्छ भनेर दाबी गर्दिनँ तर अर्थमन्त्रीको हैसियतले र सरकारको तर्फबाट यसतर्फ गम्भीरताका साथ अग्रसर हुन्छौं । मेरो प्रतिबद्धता हो । कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र अर्कोतर्फ सरकारबाट पुँजीगत खर्च नहुनुले अर्थतन्त्रमा सिशथलता ल्यायो । अर्थतन्त्रलाई चलायमान गराउने उपाय के हो ? आशा कसरी जगाउने ? मौद्रिक नीति र वित्त नीतिको तारतम्य एउटै गन्तव्यमा हिँड्नुपर्‍यो । हिँड्नुपर्छ भन्ने मेरो भनाइ हो । मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्छ । खुकुलो बनाउँदा ब्याजदर कम हुन्छ । ब्याजदर कम हुँदा उद्योग व्यवासायमा ऋण लिन चाहन्छन् । उनीहरूको लागि सहज हुन्छ । उद्योगको लागत कम हुन्छ । त्यसले अर्थतन्त्रको गतिविधि बढ्छ । पुँजीगत खर्च बढाउन सरकारको स्रोत सीमित छ । लिमिटेसनभित्र बसेर काम गर्नुपर्छ । त्यसमा कति रबर तान्न सकिन्छ, त्यति तान्ने हो । बढी तान्यो भने त्यो चुडिन्छ । लक्ष्य अनुसारको पुँजीगत खर्च भएको छैन । हाम्रो राज्य प्रणालीमा समस्या छ । ९ महिनासम्म सुतेर बस्ने प्रचलनको अन्त्य हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x