×

NMB BANK
NIC ASIA

आर्थिक परिसूचकहरू सकारात्मक : राष्ट्र बैंक

बैशाख २८, २०८०

NTC
फाइल फोटो
Premier Steels

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीबीच पनि आर्थिक परिसूचकहरू सकारात्मक देखिएका छन् । 

Muktinath Bank

बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालू आर्थिक वर्षको ९ महिनामा प्रायः सबै सूचकहरू सकारात्मक देखिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय मुलुकको अर्थतन्त्र संकुचनमा गएर मन्दीतर्फ उन्मुख हुन लागेको विश्लेषण हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण २.१६ प्रतिशतमा सीमित हुने देखिएको छ तर सरकारले चालू आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य लिएको थियो ।


Advertisment
Nabil box
Kumari

सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पछिल्लो समय उद्योग, निर्माण र व्यापार क्षेत्रमा देखिएको संकुचनले अर्थतन्त्र ऋणात्मक हुने अवस्था आएको देखिएको छ तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वित्तीय परिसूचकहरू सकारात्मक रहेका छन् । राष्ट्र बैंकको तथ्यांकले मुलुकको अर्थतन्त्रमा नीतिगत व्यवस्था स्थिर र क्षेत्रगत सबलीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । 

Vianet communication

चालू आर्थिक वर्षको शुरूआतमा बाह्य क्षेत्र, रेमिट्यान्समा समेत नकारात्मक भए पनि चालू आर्थिक वर्षको ९ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर रूपमा सुधार हुँदै गएको छ । गत फागुनको तुलनामा विदेशी विनिमय सञ्चिती २५ करोड अमेरिकी डलरले सुधार भएको छ । गत फागुनसम्म १० अर्ब ६९ करोड डलर सञ्चिती रहेकोमा चैत मसान्तमा १० अर्ब ९४ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको ९ महिनामा विदेशी विनिमय सञ्चिती १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । आयात–निर्यात दुवै खुम्चिएको स्थितिमा रेमिट्यान्सका कारण विदेशी विनिमय सञ्चिती बढेको देखिन्छ ।

चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा ९ खर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) नेपालमा भित्रिएको छ । राष्ट्र बैंकका अनुसार ९ महिनामा रेमिट्यान्स २४.२ प्रतिशतले बढेर ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको छ । चैत महिनामा चालू आर्थिक वर्षकै सबभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । चैतमा मात्र १ खर्ब ९ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ० दशमलव २ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा सोही अवधिमा रेमिट्यान्स १.८ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेर ३ लाख ८७ हजार ८३९ पुगेको राष्ट्र बैंकले बताएको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा भने यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो । यसरी वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएसँगै रेमिट्यान्स पठाउने दरमा पनि वृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा रेमिटेन्स भित्रिने दर घट्दा र आयात बढ्दा मुलुकको विदेशी मुद्रा सञ्चितीमा समेत ह्रास आएको थियो । 

चालू आर्थिक वर्षको चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । यो गत वर्षको चैतको तुलनामा ०.३९ प्रतिशत विन्दु बढी हो । गत वर्ष चैतमा मुद्रास्फीति ७.२८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति छ । सोही अवधिको चैत महिनामा यी क्षेत्रमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति थियो ।

चालू आर्थिक वर्षको ९ महिनासम्ममा चालू खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ । यो अवधिमा पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ । 

प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रहेको थियो । यो अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

चालू आर्थिक वर्षको ९ महिनामा आयात र निर्यात दुवै चैतमा पनि घटेको छ । चैतमा १८.१ प्रतिशतले आयात र २६.३ प्रतिशतले निर्यात घट्दा कूल व्यापार घाटा १७.१ प्रतिशतले घट्न पुगेको छ । चालू आर्थिक वर्षको ९ महिनामा कूल वस्तु निर्यातमा २६.३ प्रतिशतले कमी आएर १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ मात्रै कायम भएको छ तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो । ९ महिनाको अवधिमा कूल वस्तु आयातमा पनि कमी आएको छ । यो अवधिमा कूल वस्तु आयातमा १८.१ प्रतिशतले कमी आएर १२ खर्ब १ अर्ब ५१ करोड कायम भएको छ । यो ९ महिनामा मासिक सरदर १ खर्ब ३३ अर्ब हाराहारीको आयात भइरहेको छ ।

मासिक रूपमा अधिकतम १ खर्ब ४३ अर्ब र न्युनतम १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको आयात छ तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो । आयात र निर्यात दुवै घटे पनि रेमिट्यान्सका कारण नेपालको वित्तीय क्षेत्रमा निक्षेपको वृद्धिदर बढेको छ । चैतमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ प्रतिशतले बढेको छ । निक्षेपको वृद्धि फागुनमा ५.५ प्रतिशत मात्रै थियो । उता निक्षेप वृद्धि बढेपनि निजी क्षेत्रमा प्रवाहित कर्जाको विस्तार भने खुम्चिएको छ ।  

मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा लिइने औसत अन्तरबैंक ब्याजदर २०७९ चैतमा ७.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ७.० प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरूको औसत आधारदर २०७८ चैतमा ९.१७ प्रतिशत रहेकोमा २०७९ चैतमा १०.४८ प्रतिशत कायम भएको छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.२६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.८४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरू क्रमशः ७.११ प्रतिशत र १०.७८ प्रतिशत रहेका थिए ।

चैत मसान्तमा २४१५.२५ रहेको नेप्से सूचांक २०७९ चैत मसान्तमा १९३४.४८ कायम भएको छ । २०७९ चैत मसान्तमा धितोपत्र बजार पँुजीकरण २८१३ अर्ब ५५ करोड कायम भएको छ । २०७८ चैत मसान्तमा बजार पुँजीकरण ३४२६ अर्ब ११ करोड रहेको थियो । 

चैतमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २४८ पुगेको छ । नेपाल स्टक एक्सचेन्जमा २०७९ चैत मसान्तमा सूचीकृत ७ अर्ब १९ करोड शेयरको चुक्ता मूल्य ७०९ अर्ब २७ करोड रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x