×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थीको फाइल अगाडि बढाउन नमान्ने सुब्बालाई खाँणले गरिदिएका थिए दुर्गममा सरुवा !

बैशाख २९, २०८०

NTC
Premier Steels

नक्कली शरणार्थी खडा गर्ने फाइल अगाडि बढाउन नमानेको झोकमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले एक नायब सुब्बालाई दुर्गममा सरुवा गरिदिएको खुलेको छ ।

Muktinath Bank

भुटानी शरणार्थीसम्बन्धी समितिअन्तर्गत झापामा रहेको एक इकाइ प्रमुख रहेका ती कर्मचारीलाई खाँणले सरुवा गरी ताप्लेजुङ पठाइदिएको गृह स्रोतले लोकान्तरलाई जानकारी दियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो समितिमा विभिन्न दातृ निकायका कर्मचारी र गृह मन्त्रालयले खटाएका कर्मचारीले संयुक्तरूपमा शरणार्थी ‘भेरिफिकेसन’को काम गर्दै आएका थिए ।


Advertisment
Nabil box
Kumari

‘तपाईंले सहयोग गर्नुभएन भन्दै ती कर्मचारीलाई (खाँणले) सरुवा गरिदिनुभएको थियो,’ गृहस्रोतले लोकान्तरसँग भन्यो ।

Vianet communication

नक्कली शरणार्थी खडा गरी अमेरिका पठाउने भनी चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा खाँण बुधवार पक्राउ परेका छन् । उनलाई ३ दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ । 

अदालतले दिएको म्याद आज (शुक्रवार) सकिए पनि भोलि शनिवार परेकाले खाँण हिरासतमै रहनेछन् । उनलाई म्याद थपका लागि आइतवार पुनः जिल्ला अदालत काठमाडौंमा लगिने छ ।

खाँणसँगै उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

खाँणले गिरोहका सदस्यसँग मनी ट्रान्सफरमार्फत पैसा बुझेको प्रमाण फेला परेको प्रहरी स्रोतले जनाएको छ । गिरोहका सदस्यहरूसँगको ‘कल डिटेल्स’, च्याट आदिलाई पनि प्रमाणका रूपमा लिइएको छ ।

यस प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन् ।

खाँणका अलावा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायण पाण्डे र सन्दीप रायमाझीलगायत प्रहरी हिरासतमा छन् ।

अहिलेसम्म उनीहरूविरुद्ध २० वटा जाहेरी परेको छ । प्रहरीका अनुसार १५४ जना पीडित सम्पर्कमा आएका छन् । हालसम्म पीडितले दिएको विवरण हेर्दा २३ करोड बराबर बिगो कायम हुनसक्ने देखिएको छ ।

अपराध अनुसन्धान कार्यालयका अनुसार यस प्रकरणमा २०७९ जेठ १८ गते रामकुमार रेग्मी र गजेन्द्र बुढाथोकीले पहिलो उजुरी दिएका थिए । अन्य जाहेरी पछि मात्र थपिएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x