×

NMB BANK
NIC ASIA

आर्मीसँग चर्च ब्वाईज स्तब्ध, थ्री स्टारबिरुद्ध मच्छिन्द्रको संघर्षपूर्ण जित

बैशाख ३०, २०८०

NTC
Premier Steels

 जिलेस्पीजंग कार्कीको निर्णायक गोलको सहयोगमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी क्लवले उपाधि दाबेदार चर्च ब्वाईज युनाईटेडलाई स्तब्ध बनाउँदा अर्को खेलमा मच्छिन्द्र फुटबल क्लवले थ्रीस्टारलाई १–० ले हराएको छ ।

Muktinath Bank

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलको ४३औं मिनेटमा जिलेस्पीले जितेन्द्र कार्कीको क्रसलाई पेनाल्टी बक्सभित्र रहेका जिलेस्पीले हेडमार्फत जाली चुमाउँदा आर्मीले बलियो प्रतिद्वन्द्वी चर्च ब्वाईजसँग स्पष्ट तीन अंक खोस्न सफल भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस अघि दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न असफल भएका थिए । १९ औं मिनेटमा आर्मी नवयुग श्रेष्ठको फितलो प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाउँदा त्यसको केही सेकेन्ड्समै दिनेश हेन्जनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गदै आर्मीको काउन्टरलाई विफल बनाएका थिए ।


Advertisment
Nabil box
Kumari

 २४औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा नवयुगको हेडर प्रिसोले बचाए । २८ औं मिनेटमा चर्च ब्वाइजका मौसम सुब्बाले गोलको सुनौलो अवसर गुमाए । पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका मौसमको फितलो प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल पारे । इन्जुरी समयमा मिलन राईको फ्रिकिकमा जोसेफ बेम्पाको गोलकिपर विकेसले बचाउँदा चर्च ब्वाइजले बराबरी गर्ने अवसर गुमायो ।

Vianet communication

यससँगै चर्च ब्वाइजबिरुद्ध आर्मीले लिगका दुवै खेलमा सुखद् नजिता निकाल्न सफल भएको छ । पहिलो लेगमा पनि आर्मी १–० ले विजयी भएको थियो । जितसँगै १७ खेलमा २४ अंक जोडेको आर्मी पाँचौं स्थानमा उक्लिएको छ । पराजयसँगै चर्च ब्वाईजले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । चर्च ब्वाइज समान खेलबाट ३० अंकका साथ दोस्रो स्थानमा कायम छ ।

लिग अन्तर्गत च्यासल मैदानमा सम्पन्न खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लवले थ्री स्टार क्लवलाई स्तब्ध बनायो । खेलको १०औं मिनेटमा युटा सुजुकीले मछिन्द्रलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्र भित्र अफिजको कडा प्रहारलाई थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए पनि रिबाउन्ड बललाई युटाले पोस्टको दिशा दिएका थिए । बाँकी समयमा थ्री स्टारले खेलमा फर्किने केही अवसर बनाए पनि सफल हुन सकेन र मच्छिन्द्रलाई अंक सुम्पिन बाध्य भएको हो । यससँगै थ्री स्टारले लगातार छैठौं खेलमा पनि जित बिहीन बनेको छ ।

शनिवारको जितसँगै मच्छिन्द्र तालिकाको तेस्रो  स्थानमा उक्लिएको छ । १७ खेलबाट ३० अंक जोडेर मच्छिन्द्र तेस्रो स्थानमा अटाउँदा समान खेलबाट २५ अंक बनाएको थ्री स्टार चौथो स्थानमा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x