×

NMB BANK
NIC ASIA

कांग्रेस रुपान्तरण अभियान घोषणा, कुन प्रदेशमा कहिले हुँदैछन् कार्यक्रम ?

जेठ २, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसमा असन्तुष्ट युवाहितका नेताहरूले रुपान्तरणको अभियान घोषणा गरेका छन् । जनताको विश्वास पाएर सत्ताको अवसर पाउँदा पनि कांग्रेसमा अपेक्षित रुपान्तरणको काम गर्न नसकेको भन्दै उनीहरूले अभयिान घोषणा गरेका हुन् ।

Muktinath Bank

युव नेताहरू गुरु घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्णसहितका नेताहरूले पहिलो चरणमा सात वटा प्रदेश रुपान्तरणको अभियान अन्तर्गत विभिन्न कार्यक्रमको घोषणा गरेका हुन् । 
‘कांग्रेसको गौरवशाली संघर्ष, त्याग र समर्पण भावको कारण कांग्रेस नेपाली जनताको भरोसा र विश्वास जित्न सफल भएर विगत तीन दशकमा कैयन् पटक सरकारको नेतृत्व गर्न पुग्यो ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस नेतृत्वको सरकार संचालनमा नेपाली समाजको रुपान्तरणको अभियानले अपेक्षित सफलता पाउन सकेन । कांग्रेस अलमलियो !’ कार्यक्रमको घोषणा गर्दै उनीहरूले भनेका छन्, ‘कांग्रेसका कमी कमजोरीहरूबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिहरूको उदय भयो । तसर्थ अब कांग्रेसले आफ्नो इतिहासलाई साक्षी राखेर नयाँ कांग्रेस निर्माण गर्नुपर्छ, कांग्रेस रुपान्तरणको अभियानलाई अगाडि बढाउनु पर्ने टड्कारो अवश्यकता यहि हो ।’


Advertisment
Nabil box
Kumari

संरचनागत सुधारमा चुस्त संगठन, दुरुस्त सदस्यता, भ्रातृ संस्थाहरूको पुनर्जीवन, क्षमताको परीक्षण र अवसरको समानता, निर्वाचन प्रणालीमा परिवर्तन, सन्तुलित विदेश नीति र भ्रष्टाचार मुक्त राजनीति र सुशासनको विषयलाई अभियानको मुख्य विषय बनाएका छन् ।

Vianet communication

त्यस्तै, सेवामुखी राजनीति, उद्यमशील पार्टी सदस्य, राजनीतिमा आत्मनिर्भर, योग्य तन्त्रमा आधारित लोकतन्त्र, आध्यात्मिक चेतसहितको राजनीति र व्यक्ति वा गुटकेन्द्रित राजनीतिको अन्त्य गर्न माग गरेका छन् ।
कार्यक्रम ११ जेठमा मधेश प्रदेशको जनकपुरबाट शुरू हुने जनाइएको छ । सातवटै प्रदेशमा भेला र अन्तक्रिर्यासहितका कार्यक्रम हुनेछन् ।

बृहत् भेला तथा अन्तरक्रिया कार्यक्रमहरू

१. मधेश प्रदेश - २०८० जेठ ११ गते, जनकपुर

२. बागमती प्रदेश - २०८० जेठ १६ गते, काठमाडौं

३. गण्डकी प्रदेश - २०८० जेठ २० गते, पोखरा

४. लुम्बिनी प्रदेश - २०८० जेठ २२ गते, दाङ

५. कर्णाली प्रदेश - २०८० जेठ २४ गते, सुर्खेत

६. सुदूरपश्चिम प्रदेश - २०८० जेठ २६ गते, धनगढी

७. कोशी प्रदेश - २०८० जेठ २९ गते, इटहरी

भेला र अन्तरक्रियाबाट प्राप्त सुझावाका आधारमा आगामी कार्यक्रमहरू तर्जुमा गरिने कांग्रेसले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x