×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

सरकारमै रहेर सरकारविरुद्ध आन्दोलन, रेशम चौधरी अझै न्यायिक पर्खाइमा !

जेठ ४, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारको वार्षिक नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार संसद् भवन जाने भएका छन् । 
नीति तथा कार्यक्रम पेश गर्न संसद् भवन जाने कार्यक्रम तय भएको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
००००
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका हाईप्रोफाइलसहितका आरोपीहरू थप ३ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।
पूर्वमन्त्री, सचिवसहितका अभियुक्तहरूलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले बुधवार अनुमति दिएको हो ।

Muktinath Bank

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजसम्ममा अनुसन्धान सकेर प्रतिवेदन दिन ताकेता गरे पनि प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै म्याद थप गर्न माग गरेको थियो ।
प्रहरीले आज प्रतिवेदन नबुझाउने भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले म्याद थपका लागि प्रस्ताव लगेको थियो ।
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् ।
नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै मन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेको नेकपा एकीकृत समाजवादीका मोर्चा संगठन प्रमुख विजय पौडेलको प्रतिनिधि मण्डलसँग उनले यस्तो बताएका हुन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ । 
जेठ १ गतेदेखि ३ सम्म बसेको केन्द्रीय समिति बैठकले बैठकले सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए । उनका अनुसार पार्टीले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने भएको छ ।  
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन सत्तामा मात्रै सीमित रहेको बताएका हुन् । 
सत्ता गठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको उनले बताए । ‘सत्ताधारी गठबन्धनले राजनीतिलाई अत्यन्तै हल्काफुल्का ढंगले लिएको छ । त्यो दुःखद् कुरा हो,ु उनले भने, ुदेशको परिस्थिति अत्यन्त गम्भीर र जटिल छ ।’
००००
सत्तारूढ नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टीका संस्थापक रेशम चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलिपल्ट बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो । 
 सो पार्टीकी अध्यक्ष रञ्जिता चौधरी प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री रहेकी छन् । 
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उन्मुक्ति पार्टीले सरकारसँग माग गरेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने आफूहरूसँग आन्दोलन गर्नुको विकल्प नरहेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए ।
००००
यसैबीच कारागारमा रहेका रेशम चौधरीले भने आफू अझै न्यायिक पर्खाइमा रहेको बताएका छन् । बुधवार डिल्लीबजार कारागारबाटै विज्ञप्ति जारी गर्दै चौधरीले अझैँ  सर्वोच्च न्यायलयप्रति भरोसा रहेको भन्दै न्यायिक पर्खाइमा रहेको बताएका हुन् ।
००००
सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,  ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले बुधबार दुवै पक्षको बहसपछि फैसला लागि बहस नोट माग गर्ने आदेश गरेको हो ।
००००
नेकपा एमालेले कोशी प्रदेशमा पार्टीका नेतामाथि आक्रमण भइरहेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 
एमाले प्रचार विभागका सचिव गगन विष्टले  विज्ञप्ति जारी गरी कोशी प्रदेशमा एमाले नेतामाथि आक्रमण गर्नेलाई कारवाही माग गरेका छन्।
००००
कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीको उपचार खर्चबापत रु एक लाख ७५ हजार सहयोग उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर बर्न हस्पिटलमा उपचाररत कार्कीको उपचारमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
००००
चालु आर्थिक वर्ष २०७९–०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत कार्यान्वयनमा ल्याइएको कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरणसम्बन्धी व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त वित्तीय संस्थालाई परिपत्र गरेको छ ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरुले रमाना लिएको–दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक साताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको निर्णयअनुसार वैशाख २७ गते मन्त्रालयले सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो ।
००००
नेपाली सेनाको सफा हिमाल अभियानमा संलग्न एक जनाको मृत्यु भएको छ ।
सगरमाथा आरोहणपश्चात वेश क्याम्पतर्फ फर्कने क्रममा शेर्पा सहयोगी संखुवासभाका फूर्वा शेर्पाको निधन भएको सेनाले जनाएको छ ।
००००
ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई बुधबार साँझ सभामुख देवराज घिमिरेले भेटेका छन् । भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभामुख बत्तिसपुतलीस्थित निवासमा पुगेका हुन् । 
सभामुखले घटनाबाट आफू दुखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । भेटमा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा आफ्ना केही कुराहरु राख्न चाहेको बताए ।
००००
राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक आवरणमा गम्भीर मानवअधिकार उल्लंघनका मुद्दा फिर्ता लिने गरी कानून संशोधन गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।
उक्त प्रस्ताव जस्ताकोतस्तै पारित भएमा सो प्रावधानले अदालती प्रक्रियामा रहेका गम्भीर मानव अधिकार उल्लंघन र फौजदारी कसुरका मुद्दाहरू समेत फिर्ता लिइने चिन्ता आयोगले व्यक्त गरेको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । २३ दशमलव ३९ अङ्कले बढेको नेप्से एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा पुगेर रोकिएको छ ।  


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x