×

NIC ASIA

यो पटक थोरै बोल्ने धेरै गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड

जेठ ७, २०८०

Prabhu Bank
NTC
Premier Steels

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने सङ्कल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा काठमाडौँको नाचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

Muktinath Bank

कार्यक्रममा नेकपाका महासचिव विप्लवले आफूले भन्नुपर्ने धेरै कुरा बोलिसकेको  बताउँदै आफूले यस पटक कम बोल्ने तर धेरै गर्ने सङ्कल्प लिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री प्रचण्डले भने –“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोलिरहनुभएको छ । यो पटक म भन्न चाहिँ थोरै भन्ने काम चाहिँ धेरै गर्ने सङ्कल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिन देखि त्यो गरिरहेको छु ।”


Advertisment
Nabil box
Kumari

आफू प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरूको नाम लेखिएको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरूको पक्षमा काम सुरु गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । 

Vianet communication

पहिलो पटक प्रधानमन्त्री हुँदाको निर्णय खोजेर राजपत्रमा प्रकाशित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा मारिएका योद्धाहरूलाई हल्ला नागरिक राष्ट्रिय सहिद घोषणा गरेको बताए। साथै, विभिन्न विरोधका बाबजुद पनि आफूले पुनः हल्ला नगरिकनै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको बताए। 

यसैगरी विप्लवले राखेको विषयवस्तुले आफूलाई खुसी लागेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले भने –“ विप्लवले पछिल्लो समय मलाई अप्ठ्यारो पर्दा विशेष परिस्थितिमा वस्तुवादी र परिपक्व हुँदै आफ्नै पार्टीका नेताहरूले भन्दा पनि रचनात्मक ढङ्गले  सहयोग र सुझाव दिँदै आउनु भएको छ । यसको निम्ति उहाँ र उहाँको पार्टीका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । ”

विप्लवले मन्तव्यको क्रममा “सरकारमा बसेर तपाई अगाडी बढ्नुस् हामी सडकमा बसेर सहयोग गर्न तयार छौँ ” भनेको कुरालाई सम्झँदै प्रधानमन्त्री प्रचण्डले अब माओवादीका धाराहरू नयाँ आन्दोलनको सहयात्री हुने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विप्लव, एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता तथा सचेतक रमेश लेखक, नेपाल समाजवादीकी नेतृ हिसिला यमी, आम जनता पार्टीका उपाध्यक्ष तिलक थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x