×

NMB BANK
NIC ASIA

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउँछौँ : मन्त्री मोदी

जेठ ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउने उद्घोष गरेका छन् । 

Muktinath Bank

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित वर्तमान अवस्था र भावी योजनाको सन्दर्भमा छलफल तथा अनुगमनको क्रममा मन्त्री मोदीले यस्तो उद्घोष गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अहिले कमजोर छ, यसलाई बलियो बनाउनेबाहेक हामीसँग विकल्प छैन’ उनले भने, ‘यो संस्थालाई बलियो बनाउनका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी राख्दैनौँ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री मोदीले संस्था बलियो बनाउनका लागि प्रतिष्ठानका कर्मचारीहरुबीच बलियो एकता अनिवार्य शर्त भएको पनि बताए । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘यो संस्थालाई बलियो बनाउनका लागि तपाईहरुबीच बलियो एकता हुन जरुरी छ, तपाईहरुबीच बलियो एकता भए मात्रै यो संस्था समुन्नतीको बाटोमा अघि बढ्छ ।’

प्रतिष्ठानका कर्मचारीहरुले सकारात्मक सोच र दृष्टिकोण राखेर कार्यसम्पादन गर्नुपर्ने उनको भनाई थियो । संस्थाको हित र समुन्नति चाहेर दत्तचित्तका साथ काम गर्न समेत कर्मचारीहरूलाई मन्त्री मोदीले निर्देशन दिए ।

‘व्यक्तिको पद आवधिक कुरा हो, तर संस्था अविच्छिन्न रहन्छ र रहनुपर्छ, तसर्थ संस्थालाई सदैव जीवित राख्ने दीर्घकालीन सोचका साथ सबैले दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्छ’ मन्त्री मोदीले भने ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव कमल प्रसाद भट्टराईले छलफलमा प्राप्त सुझावका आधारमा मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्दै प्रतिष्ठानको समुन्नतिमा हातेमालो गर्ने बताए । 

कार्यक्रममा प्रतिष्ठानका निर्देशक जय कृष्ण श्रेष्ठले प्रतिष्ठानका वर्तमान अवस्था, समस्या र भावी योजनाका बारेमा आफ्नो प्रस्तुती राखेका थिए । 

प्रतिष्ठानका कार्यकारी निर्देशक कानुन लाल चौधरीले प्रतिष्ठानको हितका लागि मन्त्रालयबाट हालसम्म प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रतिष्ठानको प्रतिष्ठा उँचो राख्न आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x