×

NMB BANK
NIC ASIA

विराटनगरमा आजदेखि निषेधित क्षेत्र घोषणा

जेठ १३, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपछि जारी आन्दोलनलाई लक्षित गरेर शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि विराटनगरका विभिन्न क्षेत्रलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको छ ।
 
विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गर्ने गरिएकाले शान्ति सुरक्षामा असर परेको भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

Muktinath Bank

जातीय पहिचान पक्षधरले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिवारदेखि विराटनगर बजारका विभिन्न ठाउँलाई निषेधित क्षेत्र तोकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) वीरेन्द्रकुमार यादवले बताए ।


Advertisment
Nabil box
Kumari

गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले प्रदेशलाई कोशी नामकरण गरेको थियो । त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ । कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।

Vianet communication

जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार मिति २०८० जेठ १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

निषेधित क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्र तोकिएको छ ।

आन्दोलनकारीले प्रदेशसभा भवन अगाडि प्रदर्शन गर्ने बताउँदै आएका छन् ।  कोशी प्रदेशको प्रदेशसभा बैठक जेठ १४ गतेका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित गरेर थप आन्दोलन गर्ने चेतावनी असन्तुष्ट पक्षले दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x