×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : जलहरी प्रकरणलाई तीन दल बसेर थामथुम

जेठ १४, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पशुपतिको जलहरी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि प्रतिनिधिसभाको अवरोध हटेको छ । शनिवार बसेको बैठकको शुरुमै प्रधानमन्त्री प्रचण्डले पशुपतिको जलहरी सम्बन्धमा माआवादीका सांसदले दिएको अभिव्यक्ति संसद्बाट हटाउन सकिने बताएका थिए ।

Muktinath Bank

माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा पशुपतिमा राखिएको जलहरी सुनको नभइ पित्तलको भनेर दिएको अभिव्यक्तिलाई लिएर एमालेले शुक्रवार संसद् अवरोध गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदको अवरोध हटेसँगै आर्थिक वर्ष २०८०–८१ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । नेकपा माओवादी, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका दलले नीति तथा कार्यक्रमलाई समर्थन गरे । नीति तथा कार्यक्रम पारित गर्न प्रतिनिधि सभाको बैठक शनिवार राति अबेरसम्म चलेको थियो ।


Advertisment
Nabil box
Kumari

छलफल सकेर संशोधनलाई निर्णयार्थ पेश गरेपछि सभामुख देवराज घिमिरेले राति साढे ९ बजे नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरेका थिए ।  विपक्षी दलले मतविभाजन नमागेका कारण ध्वनी मतबाटै सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित भयो ।
००००
त्यसअघि प्रधानमन्त्रीले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने काम पशुपति क्षेत्र विकास कोषको भएकाले यो विषयमा प्रमुख प्रतिपक्षी दललाई जोड्नु उचित नहुने बताए ।
‘पशुपतिनाथमा जलहरीबारे चर्चा उठेको छ । पशुपतिमा जलहरीको काम गर्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकासका कोषको हो । यसमा विवाद छैन । अख्तियारमा निवेदन परी छानबिन भइरहेको छ । आयोगले स्वतन्त्र छानबिन गर्नेछ । यसमा सरकारको सहयोग रहनेछ’ प्रधानमन्त्रीले भने, ‘जलहरी सम्बन्धमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडिनु उचित होइन । यस्ता विषय संसद बाट हटाउने प्रचलन रहेको छ ।’

Vianet communication

प्रचण्डको जवाफपछि सभामुख देवराज घिमिरेले पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए । 
००००
यसैबीच सांसद लेखनाथ दाहालले भने भ्रष्टाचार विरुद्धको आफ्नो आवाजलाई दबाउन खोजिएको बताएका छन् ।

पशुपतिनाथको सुनको जलहरीमा पित्तल मिसाएर भ्रष्टाचार गरेको उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने निर्णयप्रति सांसद दाहालले असन्तुष्टि जनाएका हुन् । यसअघि शनिबार बिहान बसेको प्रधानमन्त्रीसहित माओवादी केन्द्र, कांग्रेस र एमालेको बैठकले सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति गरेको थियो । 
यससँगै जलहरी प्रकरण राजनीतिक तहबाट थामथुम पारिएको छ । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठूल्ठूला एक्सन हुन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालको १९औं साधारण सभा एवम् २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शनिवार काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जनयुद्धमा जस्तै अहिले भ्रष्टाचार र वेथितिविरुद्ध हाम फालेको बताए ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आलोचना गर्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसको समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै देउवाले लोकतन्त्रमा गरिने स्वस्थ आलोचनाले पार्टी झन् बलियो हुने बताएका हुन् ।
००००
भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्डले मे ३१ (अर्थात् जेठ १७ गते) मा भारत भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रहरीले अनुसन्धान गरिरहेको विषयमा संसदको रोष्टमबाट कसैले न्यायाधीशले जस्तो फैसला सुनाउन नमिल्ने उनको भनाइ थियो ।
००००
अमेरिकी सरकारले धर्म र धर्मान्तरणका  बारेमा हालै निकालेको रिपोर्टबारे चासो राख्दै सरकारले अमेरिकालाई एक नोट पठाएको छ । प्रधानमन्त्री प्रचण्डले शनिबार संसदमा बोल्दै नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकी सरकारलाई नोट पठाइएको जानकारी दिएका हुन् ।

यस्तै प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका लागि अनुरोध गर्दै राष्ट्रपति कार्यालयमा पत्राचार भइसकेको पनि बताए । 
तर, नागरिक अगुवाहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेलमाथि दवाव बढाएका छन् । नागरिक अगुवाहरु  साध्यबहादुर, भण्डारी, डा सुरेन्द्र भण्डारी, रामकुमार रिजाल, सुवोधराज प्याकुरेल, अनियोल योगी, स्वागत नेपालसहितका ६१ जनाले यसअघि प्रमाणीकरण नभएको विधेयकलाई पुनः मन्त्रिपरिषद्ले पठाउने कानुनी व्यवस्था नभएको जिकिर गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x