×

NIC ASIA

कोशीमा सरकारदेखि संसदसम्म एमाले एक्लियो, प्रदेशसभा बैठकमा कांग्रेस–माओवादीसँग जुहारी

विराटनगर | जेठ २३, २०८०

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधिसभा बैठकमा जस्तै कोशी प्रदेशसभा बैठकमा पनि मंगलवार सांसदहरूबीच जुहारी चलेको छ । 

Muktinath Bank

प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रमाणीकरण र मुर्रा राँगाको विषयलाई लिएर दोहोरी चलेको थियो । कोशी प्रदेशसभा बैठकमा पनि त्यहीँ विषयलाई लिएर जुहारी चलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकदोहोरीमा कलाकारले गीतका टुक्का भने जस्तै प्रदेश सांसदले पनि लोकदोहरी जस्तै बनाएका थिए प्रदेशसभा बैठक ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलको तर्फबाट विशेष समय लिएर बोलेका गणेश उप्रेतीले नेकपा एमालेले नागरिकता ऐनको विषयमा सरकारको विरोध गरेर मधेशी जनताको भावनामा खेलवाड गरेको बताए । एमालेप्रति लक्षित गर्दै मधेशी अनुहार हुनेवित्तिकै राष्ट्रघाती देख्ने कस्तो नश्लीय चिन्तन भन्दै उप्रेतीले प्रश्न उठाएका थिए ।

Vianet communication

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट फर्किंदा भैंसी उपहार ल्याएको भनेर व्यंग्य गरेको विषयमा पनि उनले खेद व्यक्त गरे । 

‘महाकाली सन्धि गर्दा वार्षिक १२० अर्बको बिजुली बेच्छौं भन्ने जस्तो अहिलेको हावादारी सम्झौताहरू भएका छैनन् । नेपालको विद्युत् तेस्रो मुलुकमा पुग्ने भएको छ । यो राष्ट्रघात हो ? धेरै उपलब्धि भए पनि राँगा मात्रै देख्ने तपाईंको मानसिकता कालो मानसिकता हो,’ उनले भने ।

‘मुर्रा राँगा ल्याउने मात्रै सहमति भएको हो ? तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राँगा ल्याउने पहुँच पनि राख्न सक्नुभएन । उहाँले त राँगा ल्याउने पहुँच पनि राख्नुभएन । अहिले प्रचण्डले ल्याउँदा किन टाउको दुखाएको ? के नदी बेचेर आउनुपर्ने ? पहाड बेचेर आउनुपर्ने ? नश्ल सुधारका लागि राम्रो कुरा लिएर आउँदा प्रशंसा गर्नुपर्नेमा किन खिसिट्यूरी ?’ उनले प्रश्न गरे ।

उप्रेती बोलेको विषयलाई लिएर एमालेले नियमापत्ति गरेको थियो । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नियमापत्ति गरे । उप्रेति बोल्दै गर्दा भण्डारीले बीचमै नियमापत्ति गरेका थिए तर सभामुखले उप्रेती बोलिसकेपछि मात्रै भण्डारीलाई बोल्न समय दिएका थिए । 

नागरिकता ऐन कार्यान्वयनको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र सर्वोच्च अदालतमा भएका विचाराधीन विषयमा संसदमा बोल्न नपाउने जिकिर गर्दै भण्डारीले नियमापत्ति गरेका थिए । भण्डारीले संघीय संसदभित्र के भयो भन्ने कुरा त्यहीँ संसदको विषय भएको बताउँदै प्रदेश सभामा त्यहाँको बहसको विषयमा उठाउन नहुने बताउँदै संविधानमा भएको व्यवस्था विरुद्धको विषय रेकर्डबाट हटाउन माग गरे ।

भण्डारीको कुरा खण्डन गर्दै नेपाली कांग्रेसका सांसद केदार कार्कीले नागरिकताको विषय अदालतको विषय मात्रै नभई जनताको विषय भएको भन्दै बोल्न पाउनुपर्ने दाबी गरे । कार्कीले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै भने, ‘माननीयज्यूलाई थाहा हुनुपर्छ । उहाँका नेता जनताको आन्दोलनका लागि कृषकको टाउको काटेर आउनुभएको हो । त्यस्ता नेता र पार्टीका सांसदले प्रदेशसभामा के बोल्ने, के नबोल्ने भन्ने विषय सिकाउने ? संसारको जुनसुकै ठाउँमा भएको कुरा पनि जनतालाई अहित हुन्छ भने संसदमा उठ्छ, उठाउनुपर्छ । अघिल्ला सांसदहरूको रेकर्ड हेरेर आउनुहोस् । जुनसुकै कुरामा पनि उभिएर नियमापत्ति गर्नु आवश्यक छैन ।’

त्यसलगत्तै एमाले सांसद विदुरकुमार लिङ्थेपले आफ्ना नेतालाई लक्षित गरी कृषकको टाउको काटेर आएको नेता भनेको विषयमा आपत्ति प्रकट गरे । ‘हाम्रो नेतालाई टाउको काटेर आएको भन्ने ? उहाँको नेता प्लेन अपहरण गरेर, पैसा लुटेर आएको कार्यकर्ता उहाँ माननीयज्यू हुनुहुन्छ । हाम्रो कुन नेताले टाउको काट्यो भन्ने प्रमाण छ ? यो रेकर्डबाट हटाउनुपर्छ,’ लिङ्थेपले भने ।

सभामुख बाबुराम गौतमले कुनै पनि विषय रेकर्डबाट हटाएको घोषणा गरेनन् । एमाले नेतृत्वको सरकारबाट बाहिरिएकै दिन संसदमा काग्रेस–माओवादीको लगनगाँठो कसिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x