×

NMB BANK
NIC ASIA

मकाउमा नेपालको कला र पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

काठमाडाैं | जेठ २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मकाउमा  नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यापार, सांस्कृतिक र सांगीतिक कार्यक्रम सम्पन्न भएको छ  ।  प्रदर्शनीमा जानकारी केन्द्र, सिङ्गिग बोल, हस्तकला, नेपाली खाध्य बस्तु जस्ता केही नेपाली मौलिकपन झल्कने व्यापारको प्रदर्शन गरिएको थियो 

Muktinath Bank

मकाउमा स्थापित विभिन्न संघ संस्थाहरूले आफ्नो समाज र सांस्कृतिक पहिचान झल्किने गरी नृत्य प्रदर्शन गरेका थिए । लाखेनाच साँकेला झाँकीसहित नेपाली मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोफ्टेल होटलमा आयोजित एक दिने पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन नेपाली महावाणिज्य दूतावास हङकङ मकाउका वाणिज्य दूत उदय राना मगरले गरेका थिए ।


Advertisment
Nabil box
Kumari

पर्यटन प्रवर्द्धन मुख्य आयोजक सार विशेष प्रशासनिक क्षेत्र-गैर आवासीय नेपाली मकाउ, लालीगुराँस एसोशिएसन हङकङ, ब्रोदरहुड एशोसिएसन मकाउ, मकाउ बडिबिल्डिङ र फिटनेश एशोसिएसन मकाउको सहआयोजनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम भएको हो । 

Vianet communication
Laxmi Bank

गैर आवासीय नेपाली मकाउका कार्यवाहक अध्यक्ष रुस्तम श्रेष्ठ, संस्थाका संरक्षक श्रीजन (किङ्गस्टन बाबा) बोम लिम्बु, चेतन गुरूङ र वरिष्ठ सल्लाहकार तथा निर्वाचन कमिटीका अध्यक्ष बिकेन जोशीको उपस्थिति रहेको थियो। 

हङकङ र मकाउमा बसोबास गरिरहेका नेपाली व्यवसायीलाई समेट्ने गरी कार्यक्रम भएको संस्थाका संरक्षक श्रीजनले बताए। 

उनका अनुसार हस्तकला परम्परागत तथा मौलिक नेपाली व्यापारको प्रचार तथा प्रदर्शन गरिएको थियो। 

प्रमुख उद्योगका रूपमा पर्यटकीय क्षेत्रलाई लिनुपर्ने संस्थाका संरक्षक श्रीजनले बताए। 'हाम्रो तर्फबाट पनि नेपाल झल्किने गरी बुद्धको भूमि, हिमाल, पवर्तारोहण, सांस्कृतिक विविधता, धार्मिक र भौगोलिक वातावरणको जानकारी दियौं,' उनले भने,' नेपालका प्रमुख पर्यटकीय क्षेत्र यस कार्यक्रममार्फत् विश्व जगतमा चिनाउन यसले सहयोग गर्ने आशा राखेका छौं।'

नेपाल र मकाउबीच आर्थिक सांस्कृतिक प्रदान गर्न सकिने गरी झलक प्रस्तुत गरिएको श्रीजनले सुनाए। सांस्कृतिक र वाणिज्य तथा व्यापार प्रवर्द्धन गर्न पहल गरिने उनको भनाइ छ ।

मकाउमा कार्यरत  नेपालीको व्यक्तिगत तथा संस्थागत तर्फबाट आर्थिक सहयोगमा व्यापारिक मेला भएको थियो ।

मकाउमा रहेका नेपालीहरूबीच एक आपसमा भातृत्व तथा दुई देशबीच परस्पर मितव्ययिता कायम राख्न यस मेलाले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । 

पर्यटक आवागमनमा प्रोत्साहन गर्ने उनको भनाइ छ। नेपाल र नेपालीको हितमा सकारात्मक कार्य गर्ने थप ऊर्जा प्रदान गरेको उनले बताए ।

मेलामा पोर्चुगल, चीन तथा हङकङका नागरिकहरूको सहभागिता थियो । 

मकाउँका विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो। हेड्स नेपाल मकाउँ शाखा, गुरुङ तमु समाज, मगर समाज, किरांत राई यायोक्खा समाज, सुदूरपस्चिमेली समाज, सेर्पा समाज, तामाङ घेदुङ समाज, नेवार समाज मकाउँ र नेपाली समाज मकाउको सहभागिता जनाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x