×

NMB BANK
NIC ASIA

सफा हिमाल अभियानमा संलग्न ५२ जनालाई सूर्य नेपालद्वारा सम्मान

काठमाडाैं | जेठ २८, २०८०

NTC
Premier Steels

सूर्य नेपाल प्रालिले नेपाली सेनाको नेतृत्वमा सम्पन्न ‘सफा हिमाल अभियान’मा संलग्न नेपाली सेनाका सदस्य तथा शेर्पालाई सम्मान गरेको छ ।

Muktinath Bank

गत चैतमा शुरु भई यही महिना सम्पन्न भएको अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाइ गरिएको थियो । विभिन्न हिमालहरूबाट ३५ टन फोहोर संकलन गरिएको अभियानको मुख्य साझेदार सूर्य नेपाल पनि हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार एक कार्यक्रमका बीच सूर्य नेपालले सफा हिमाल अभियानमा प्रत्यक्ष योगदान पुर्‍याउने ५२ जनालाई विशेष सम्मान गरेको हो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा सूय नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुई जना शेर्पा सहयोगीहरूका परिवारलाई एक–एक लाख रुपैयाँ नगद राशिसहित सम्मान गरेको छ ।

Vianet communication

कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका २ शेर्पा सहयोगीहरू प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने अभियानको क्रममा घाइते भई उपचाररत नेपाली सेनाका ४ जना अधिकृत र जवानहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । 

सम्मान कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले सफा हिमाल अभियानमा निजी क्षेत्रबाट एउटा मुख्य योगदानकर्ताको रुपमा सहयोग पुर्‍याएकोमा सूर्य नेपाल प्रालिलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा सूर्य नेपाल प्रालिका प्रवन्ध निर्देशक रविकुमार रायावारमले नेपालको पहिचानका रुपमा रहेको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालहरू सफा गर्ने जस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीको व्यावसायिक तथा सामाजिक उत्तरदायित्त्व अन्तर्गत नेपाली सेनासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट रवि केसीले सूर्य नेपालले आफ्नो व्यावसायिक सामाजिक उत्तर दायित्व निर्वाह गर्ने कार्यलाई अत्यन्तै महत्वका साथ लिएको बताए । साथै सफा हिमाल अभियानमा गरिएको सहयोग पनि त्यसैको निरन्तरता भएको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x