×

NMB BANK
NIC ASIA

तीनवटा मन्त्रालयको बजेटमाथिको छलफल सकियो

काठमाडाैं | असार १, २०८०

NTC
Premier Steels

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट माथि छलफल सकिएको छ ।

Muktinath Bank

आइतबार बिहान बस्ने प्रतिनिधिसभाको अर्को बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुने सभामुख देवराज घिमिरेले संसद्लाई जानकारी गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० माथिको मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद आस्माकुमारी चौधरीले भूमिहीन, सुकुम्बासीका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताइन् । आगामी आर्थिक वर्षको बजेटले भूमिहीन र सुकुम्बासीका लागि उल्लेख्य कुनै कार्यक्रम ल्याउन नसकेको उनको टिप्पणी थियो ।


Advertisment
Nabil box
Kumari

सांसद मैना कार्कीले बजेट विनियोजनमा समानता नदेखिएको बताइन् । “समान अवसर, समान योजना, समान बजेट भएन । आगामी वर्षमा अध्ययन गरेर मात्रै बजेट विनियोजन गरियोस् । भेदभाव गरेर बजेट विनियोजन नगरियोस्”, उनले भनिन्। सहकारीको सही अभिलेख र नियामकीय क्षमता विस्तारका लागि ध्यान पुर्याउन जरुरी रहेको उनको भनाइ छ । 
सांसद शान्ति चौधरीले किसानको उत्पादन खरिद गर्ने वातावरण सरकारले मिलाउनुपर्ने बताइन् । बजार व्यवस्थापन गर्न नसक्दा किसानको उत्पादनले उचित मूल्य नपाउने र बेच्न नसकेर खेर जाने अवस्था रहेको उहाँको भनाइ छ । 

Vianet communication

सांसद कुसुमदेवी थापाले आगामी आर्थिक वर्षको बजेटबाट पूर्वीरुकुम जिल्ला नै हराएको व्यङ्ग्य गरिन्। पूर्वीरुकुमको प्रशासनीय संयन्त्र अझै चुस्त भइनसकेको उनको भनाइ छ । विकास बजेटको ठूलो हिस्सा पहुँचवाला सांसदको जिल्लामा पठाउनु बजेट अनुशासनको गम्भीर उल्लङ्घन रहेको थापाको भनाइ छ ।

केही महत्वपूर्ण सडकखण्डका लागि निकै कम मात्र बजेट विनियोजन भएकाले त्यस्ता आयोजनाको कार्यान्वयनमा आशङ्का उब्जिएको धारणा सांसद अम्मरबहादुर रायमाझीले संसद्मा राखे । बजेटको प्राथमिकता के हो र कुन आयोजनालाई कार्यान्वयनमा शीघ्रता दिने भन्नेमा सरकार चुकेको सांसद रायमाझीको भनाइ छ ।

सरकारी स्वामित्वका उद्योग बन्द हुनुका कारणबारे अध्ययन गर्न र त्यस्ता उद्योग सञ्चालनका लागि सुझाव दिन संसदीय अध्ययन समिति गठन गरिनुपर्ने धारणा सांसद देवप्रसाद तिमिल्सेनाले राखे । गरिब नागरिकलाई रासनकार्डको व्यवस्था गरेर उनीहरुको खाद्यसम्बन्धी हक सुनिश्चितताका लागि उहाँले संसदमार्फत् सरकारलाई आग्रह गर्नुभयो । सत्तापक्ष र प्रतिपक्ष नभनिकन सन्तुलित बजेट ल्याउन सकेमात्र विकासका आवश्यकता पूर्ति गर्न सकिने सांसद तिमिल्सेनाको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटबाट प्रतिपक्ष मात्र सत्तापक्षका सांसद पनि असन्तुष्ट देखिएको सांसद महेशकुमार बर्तौलाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x