×

NMB BANK
NIC ASIA

खेलप्रेम

अन्तर्राष्ट्रिय क्रिकेट ‘स्टेडियम’ सपना : सरकारले नगरेको काम आँटेका कुँवर दम्पती

बुटवल | असार २, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकमा धेरैले देखेको तर आँट गर्न नसकेको ‘सपना’ पूरा गर्न रूपन्देहीका युवा दम्पती जुटेका छन् । नेपाली क्रिकेटले ३ दशक पूरा गरिसके पनि देशका लागि सरकारले निर्माण गर्न नसकेको महत्त्वाकांक्षी योजना अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पूर्वाधार बनाउने कार्य गुल्मीका विनोद कुँवर र सुदीक्षा गौतमको दम्पतीले रूपन्देहीमा शुरू गरेका हुन् ।

Muktinath Bank

क्रिकेटको ‘हब’ मानिने रूपन्देहीमा झण्डै ५० करोड रूपैयाँको व्यक्तिगत लगानीमा निजी क्षेत्रबाट पहिलो अन्तर्राष्ट्रिय क्रिकेट ‘स्टेडियम’ निर्माण अघि बढेको छ । नेपालमा क्रिकेट एउटा खाली खेल मात्र नभई गौरव भइसकेको अवस्थामा खेल जगतमा केही गर्छु भन्ने आँटका साथ विनोद अघि बढेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो ‘करिअर’ बनाउन ९ वर्षअघि अन्य नेपाली युवाहरू जस्तै विनोद पनि अस्ट्रेलिया हानिएका थिए । सानैदेखि क्रिकेट खेलका पारखी विनोदले विदेशमा  रहेको आफ्नो ‘अर्गनाइजेसन’को कमाइबाट देशका लागि आवश्यक पूर्वाधार बनाउन थालेका हुन् ।


Advertisment
Nabil box
Kumari

देशका लागि अतिआवश्यक खेल पूवाधार बनाउन विनोदले शुरू गर्दा आशा र आशंका पनि व्यक्त भइरहेका छन् । कतै धुर्मुस–सुन्तलीले चितवनमा बनाउन थालेजस्तै त होइन भनेर धेरैको प्रश्न पनि सोधका छन् तर विनोद १ वर्षभित्र ‘स्टेडियम’मा क्रिकेट खेल्न मिल्ने गरी पूर्वाधार बन्नेमा ढुक्क छन् ।

Vianet communication
Laxmi Bank

‘लगानीका लागि सिड्नीमा मेरो एउटा अर्गनाइजेसन छ,’ विनोद भन्छन्, ‘त्यसका फ्रन्चाइजहरू छन् । त्यहाँबाट स्टेडियमका लागि आवश्यक रकम निस्किन्छ । १ वर्षका लागि ‘मिनिमम’ तयारी भइसकेको छ । पहिलो वर्षका लागि ग्राउन्ड तयार र भीआईपी प्याराफिट बनाउन बजेट सुनिश्चित भइसकेकाले शंका गर्नुपर्ने कुनै ठाउँ छैन ।’

सोमवार ४२ डिग्रीको तापक्रममा एक्स्ट्राटोल ओभर क्रिकेट मैदान रूपन्देहीको तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले शिलान्यास गरे । तिलोत्तमा–१७ मा पर्ने खेल मैदानका लागि विनोदले २ वर्ष अगाडि ५ विगाहा जग्गा किनेका थिए । विनोदले जग्गा मात्रै १० करोड रूपैयाँमा खरिद गरेका हुन् । 

३५ वर्षीया युवा विनोदले सिड्नीमा बिजनेश शुरू गरेको ३ वर्ष भयो । बिजनेशले ३ वर्ष राम्रो ‘सेफ’ लियो । देशका लागि के आवश्यक पर्छ भनेर उनी नियालिरहेका थिए । उनको चाहना क्रिकेट नै थियो । क्रिकेट स्टेडियम बनाउन धेरै प्रयासहरू पनि भए । ती प्रयासहरू सफल नहुँदा विनोदले आँट गरेका हुन् । 

गुल्मीको पुर्कोटमा जन्मिएका विनोदको बसोबास तिलोत्तमामा छ । उनी रूपन्देहीको लुम्बिनी इन्जिनीयरिङ कलेजमा आईटी पढेका हुन् ।

५ वर्षभित्र एकेडेमी सहितको आईसीसीबाट मान्यता प्राप्त स्टेडियम बनाउने विनोदको सपनाको देशवासीले प्रतीक्षा गरेर बसेका छन् । पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रंगशाला बन्नेछ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै २५ हजार दर्शक क्षमताको रंगशाला बन्ने विनोद बताउँछन् । निर्माण पूरा गर्दा झण्डै ५० करोड खर्च भेट्ने विनोदको अनुमान छ । एक्स्ट्रोल ओभल प्रालि र यसको निर्देशक विनोद हुन् । चिफ अपरेटिङ अफिसर सुदीक्षा हुन् । १ वर्षअघि मात्रै विवाह गरेका सुदीक्षा विनोदकी धर्मपत्नी हुन् ।

सुदीक्षासँग नवनिर्मित क्रिकेट रंगशालाको स्वामित्व रहेको छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी टे«निङ इन्स्टिच्यूट हो । यसको कार्यालयमा १५ जना कर्मचारी कार्यरत छन् । सिड्नीस्थित विनोदको टे«निङ इन्स्टिच्यूटको कमाइ खेल पूर्वाधारमा लगानी गर्न लागेको विनोदको भनाइ छ ।

null

विनोदले स्टेडियमको ब्रान्ड एम्बास्डर पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई बनाएका छन् । ‘क्रिकेट रंगशाला होस्टेलसहित एकेडेमी र ट्रेनिङ सेन्टर पनि हुनेछ,’ विनोद भन्छन् । उनका अनुसार रंगशाला कम्पाउन्डमा ४ तलाको भवन बनाई १०० जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ । यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटको जिम्मेवारी लिएका माधव पाठकलाई क्रिकेट मैदानको क्युरेटरको भूमिका दिइनेछ ।

‘म आईटीको विद्यार्थी भए पनि क्रिक्रेटको लभर पहिलादेखि नै हो । मैले क्रिकेट हेर्न थालेको नेपालले डिभिजन फाइभ हेर्दादेखि हो । भनेको लगभग २० वर्षभन्दा बढी भयो । आईटी शुरू गरेको ८–१० वर्ष भयो,’ विनोद भन्छन् । 

क्रिकेट खेलाडी उत्पादनका लागि उर्वर मानिएको रूपन्देहीमा निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरकै क्रिकेट मैदान बन्ने भएपछि क्रिकेटको विकास तथा खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा क्रिकेटप्रेमीले लिएका छन् । अहिलेसम्म उनले काम गर्दा कुनै बाधाहरू सिर्जना भएका छैनन् । निर्माण कार्य गर्दा अप्ठ्यारो सोचेका पनि छैनन् ।

विदेशमा बसेर नेपालमा लगानी गर्न दिँदैनन् वा राम्रो छैन भन्नेहरूलाई होइन, काम गर्न सजिलो छ भन्ने कुरा खोजेका पनि हुन् उनले । स्टेडियममा विनोद र उनको परिवारबाट काम हुनेछ । ‘फ्रो लाइट ल्याउन सरकारले भन्सार छुट र लोडरहरू किन्दा पनि भन्सार छुट दिए हुन्छ, अरु हामी आफैं गर्छाैं,’ विनोदले भने, ‘हामी पोखरा, लुम्बिनी, माउन्ट एभरेस्ट घुमाउनेलाई मात्र टुरिज्म भन्दै आएका छौं तर त्योभन्दा ठूलो कुरा स्पोट्र्स हो । जस्तैः कतारले आफ्नो देश विकास भएको कुरा देखाउन कही जानुपर्दैनथ्यो । उसले फेरि वर्ल्डकप अर्गनाइज गर्‍यो ।’ त्यसैले संसारभरका पर्यटक आकर्षित गर्न र आफ्नो देशलाई चिनाउन स्पोट्र्सको सबैभन्दा ठूलो भूमिका हुने विनोदको भनाइ छ ।

‘अहिले पनि हेर्‍यौं भने अमेरिकी राष्ट्रपतिभन्दा क्रिस्टिनो रोनाल्डो, मेस्सीका फ्यान अथवा कुनै क्रिकेटरका फ्यान बढी हुन्छन्, त्यसको नामले देश चिनिन्छ,’ उनी भन्छन् । त्यही भएर मेजर भनेको स्पोर्टस् नै रहेको विनोद बताउँछन् ।

‘हामीले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल खेलाउन सक्यौं भने, यहाँ खेलाडी आए भने देशलाई चिन्छ । त्यसैले खेलमा सबैभन्दा बढी पर्यटनको ठाउँ रहेको छ,’ उनले भने । उनले रूमका पछाडि ३ वटा ड्रिम प्रोजेक्ट भनेर राखेका छन् । पहिलो – क्रिकेट स्टेडियम, दोस्रो – हस्पिटल र तेस्रो – आईटी कलेज ।

क्रिकेट रंगशाला बनाएर सकेपछि उनी अन्य प्रोजेक्टहरू बनाउने योजनामा छन् । एकेडेमीमा दक्ष खेलाडीहरू उत्पादन गरेर अन्य देशका व्यावसायिक प्रतिस्पर्धामा खेलाउने योजना पनि विनोदको छ ।

नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान विकल्पविहीनजस्तै छ । मैदान पनि कामचलाउभन्दा गतिलो छैन । अब केही वर्षपछि रूपन्देहीमै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको देख्न पाइने विनोदको बताउँछन् ।

‘अस्ट्रेलियामा मैलेभन्दा बढी कमाउने नेपाली २–३ हजार छन्,’ विनोद भन्छन्, ‘पैसा भएर प्रोजेक्ट गरेको नभई यतिको प्रोजेक्ट धान्न सक्छु भन्ने भएर मात्र काम स्टेडियम बनाउन लागेको हुँ । मैले त्यहाँ बेसिक कुरा नगरेर लगानी नेपाल ल्याएको हुँ । महंगो गाडी किनेर हिँड्ने मन मलाई पनि छ । देशका लागि एउटा राम्रो काम गरौं भनेर लागेको हुँ । विदेशमा भए पनि देशमै आउनुहोस् र केही गर्नुहोस् भन्न चाहन्छु ।’

उनले कोरोना महामारीको समयमा विभिन्न स्वास्थ्य उपकरण, आफ्नो गाउँमा शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा पनि लाखौं रुपैयाँ सहयोग गरेका थिए । क्रिकेटलाई शिखरमा पुर्‍याउन पूर्वाधारमा लगानी गर्नुपर्ने विनोदको सुझाव छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x