×

NMB BANK
NIC ASIA

प्रदेश सांसदलाई सुविधैसुविधा : राजधानीमै घर हुनेले पनि बुझ्छन् भाडा

बुटवल | असार ६, २०८०

NTC
Premier Steels

दाङ– १ (२) बाट निर्वाचित कांग्रेस सांसद अनुराग खड्काको घोराही र काठमाडौंमा घर छ । स्व. कांग्रेस नेता खुमबहादुर खड्काका छोरा अनुरागले लुम्बिनी प्रदेशसभा भवन भएकै क्षेत्रबाट चुनाव जितेका हुन् ।

Muktinath Bank

आर्थिकरूपमा सम्पन्न खड्काले घर मर्मत खर्चका नाममा प्रदेश सभाबाट मासिक भत्ता बुझ्दै आएका छन् । तर, कान्छा सांसद खड्का आफूलाई यसरी रकम लिनु आवश्यक नरहेको बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाङ–१ (१) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री इन्द्रजित थारु पनि स्थानीय नै हुन् ।


Advertisment
Nabil box
Kumari

उनले पनि प्रदेशसभाबाट घरभाडाबापतको रकम बुझ्दै आएका छन् । पूर्वमन्त्री समेत रहेका थारूले नैतिकताका आधारमा घर ममर्त खर्च लिन्नँ भनेका छैनन् । 

Vianet communication

दाङकै एमाले सांसद सीता शर्माले पनि यसैगरी रकम बुझ्छिन् । तर, सांसद शर्माले आफूहरूले घरभाडा नभई घर मर्मत खर्च पाउने गरेको बताइन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा दाङबाट प्रत्यक्ष ६ र समानुपातिक ३ गरी ९ जना सांसदको प्रतिनिधित्व छ । 

प्रदेशसभा सचिवालयका अनुसार दाङमा घर नभएका सांसदहरूलाई घरभाडा र दाङमा घर भएका सांसदहरूलाई घर मर्मतसम्भारका नाममा हरेक महिना रकम उपलब्ध हुन्छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयले गृहजिल्लामा घर भएकालाई घर मर्मत खर्चबापत मासिक ७ हजार ५०० र अन्य सांसदलाई घरभाडाबापत मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको हो । 

प्रदेशसभा सचिवालयका सूचना अधिकारी सम्झना सुवेदीले सभामुख र उपसभामुख, मन्त्री भएका समयका सांसदले बाहेक सबैले घरभाडा र घरभाडाबापतका रकम भुक्तानी गरिएको बताइन् ।

‘सभामुख र उपसभामुखलाई सरकारी आवास हुन्छ,’ सुवेदीले भनिन्, ‘प्रदेशसभा सदस्य र पदाधिकारीहरूको सेवासम्बन्धी ऐनअनुसार सुविधा पाइरहनुभएको छ । कुनै सांसदले पनि हामीलाई घरभाडाबापतको रकम लिन्नौं भन्नुभएको छैन ।’ 

अघिल्लो कार्यकालमा पनि रूपन्देही घर हुने र नहुने सबैले घरभाडा लिएपछि चर्को आलोचना भएको थियो ।

यो कार्यकालमा प्रदेशको राजधानी बुटवलबाट सरेर दाङको देउखुरी पुगेको छ । नैतिक दृष्टिकोणले आफैंले निर्णय गरी आफ्नै सुविधा पाउने व्यवस्था गर्नु नीतिगत भ्रष्टाचारजस्तै भएको विज्ञहरू बताउँछन् । 

लुम्बिनी प्रदेशसभाले सांसदहरूको घरभाडाका लागि वार्षिक १ करोड रूपैयाँभन्दा बढी खर्च गर्दै आइरहेको छ । कपिलवस्तु, रूपन्देही, प्युठान र अर्घाखाँचीका सांसदहरू घरबाटै संसदमा आउजाउ गर्ने गर्छन् ।

लुम्बिनी प्रदेश सभाका सांसदहरूले मासिक पारिश्रमिकबापत ४५ हजार रुपैयाँ पाउँछन् । आवास सुविधाबापत मासिक १५ हजार थपिँदा सुविधा मासिक ६० हजार पुग्छ । 

त्यसबाहेक सञ्चार सुविधा भनेर मासिक २ हजार, बैठक भत्ता १ हजार, बिजुली पानीको मासिक १ हजार ५०० रुपैयाँ पाइन्छ ।

सांसद निर्वाचित भएर आएपछि फर्निचर खर्च भनेर एकमुष्ट ४५ हजार रूपैयाँ पाउने व्यवस्था रहेको सुवेदीले बताइन् । 

आन्तरिक (देशभित्र) भ्रमणमा निस्किए सांसदले प्रतिदिन २ हजार, वैदेशिक भ्रमणमा गएको अवस्थामा प्रत्येक दिन १७५ अमेरिकी डलर पाउने कानून रहेको छ । यातायात सुविधा भनेर बैठक भत्ताबाहेक थप ५०० रूपैयाँ पाउँछन् । त्यो ५०० रुपैयाँ बैठक बसेको दिनको हो । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । 

सांसदहरूले उपचार खर्च पनि पाउँछन् । अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिलअनुसारको सबै रकम र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम सांसदहरूले पाउने गरेका छन् । 

प्रदेशसभाका सहायक लेखापाल विनोद न्यौपानेले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ का आधारमा सुविधा पाउने बताए । सुशासनविद् खेमराज रेग्मी प्रदेश संरचनाकै औचित्यबारे जनताबाट धेरै गुनासो आएका बेला सांसदहरूले सेवा सुविधाबारे सोच्नुपर्ने अवस्था आएको बताउँछन् । सांसदहरू मितव्ययी बनेर संघीयप्रति वितृष्णा आउन दिन नहुने उनको सुझाव छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x