×

NMB BANK
NIC ASIA

जलहरी प्रकरण

पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, खाली गराइयो मन्दिर परिसर

सेनाले प्राविधिक तयारी गर्दै

काठमाडाैं | असार १०, २०८०

NTC
Premier Steels

पशुपतिनाथ मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ ।

Muktinath Bank

टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू छन् । उनीहरूले आज (आइतवार) ४ बजे जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन जाँचका लागि नेपाली सेनाको टोली पनि पशुपति पुगेको छ । अहिले सेनाले प्राविधिक तयारी गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

अहिले पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।

null

null

null

२०७७ साल माघ १२ गते पशुपतिनाथको दर्शनका लागि पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्दिरको गर्भगृहमा राखिएको शिवलिंगलाई दैनिक जलधाराका लागि सुनको जलहरी निर्माण गर्न ३० करोड रुपैयाँ बजेट उपलब्ध गराउने घोषणा गरेका थिए । आउँदै गरेको महाशिवरात्रि (२०७७ फागुन २७) भित्रै जलहरी राखिसक्न ओलीको निर्देशन थियो ।

सरकारले उपलब्ध गराउने ३० करोड बजेट अनि बाँकी पशुपति क्षेत्र विकास कोष, दाताहरूको चन्दा तथा अनुदान सहयोग आदिबाट व्यवस्थापन गर्ने गरी सुनको जलहरी राख्ने काम गरिएको थियो । 

नेपाल राष्ट्र बैंकसँग १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरी त्यसमा २.८९ किलो तामा, १.२४ किलो चाँदी, १२.७५ ग्राम जिंक मिसाएर कूल तौल १०७.९२ किलो कायम गरिएको थियो ।

यसबीचमा हतारमा सुनको जलहरी राख्न लागेको विषयमा सर्वोच्च अदालतमा रिट परिसकेको थियो । सर्वोच्चले जलहरी राख्ने काम तत्काल रोक्न विपक्षीका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

तर, आदेश आउँदासम्म पशुपतिमा सुनको जलहरी राख्ने काम सम्पन्न भइसकेको थियो, जसका कारण सर्वोच्चको अन्तरिम आदेशको कुनै अर्थ रहेन ।

अदालतबाट आदेश आउनुअघि (सोही दिन बिहान) पशुपतिनाथ पुगेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुरानो जलहरीलाई सुनको जलहरीले प्रतिस्थापन गरिसकेकी थिइन् ।   

मिश्रण समेत सुनको कुल तौल १०७.९२ किलो ग्राम रहे पनि जलहरी निर्माणमा ९६.८२ किलो मात्र प्रयोग गरिएको थियो । बाँकी करीब ११ किलो सुन गायब भएको भन्दै तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार जलहरी निर्माण गरेर बाँकी रहनुपर्ने सुनको तत्कालीन बजार मूल्य ७ करोड ८६ लाख ४६ हजार थियो ।

अख्तियारमा उजुरी परेपछि हतार-हतारमा जलहरीमा रिंग लगाउने काम भयो । बाँकी सुनको रिंग निर्माण गरिएको भनी दाबी गरे पनि महालेखाले त्यसमा प्रश्न उठाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x