मंसिर २७, २०८०
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
काठमाडाैं | असार १७, २०८०
ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी र वकिलबीच भएको विवाद तथा कुटपिट प्रकरणले देशभरका अदालतको कामकारवाही प्रभावित हुन पुगेको छ ।
एकातर्फ कर्मचारीलाई कुटपिट गरेको भन्दै कारवाहीको माग गर्दै कर्मचारीले 'पेन डाउन' गरी विरोध गरिरहेका छन् भने अर्कातर्फ पक्राउ परेका वकिललाई रिहा गर्नुपर्ने माग गर्दै कानून व्यवसायीहरू पनि 'बेन्च' बहिष्कार गरी आन्दोलित बनेका छन् ।
कर्मचारी कुटपिटको आरोपमा पक्राउ परेका वकिललाई कारवाहीको माग गर्दै कर्मचारीहरूको ट्रेड युनियनले आइतवार देशभरका अदालतमा बिहान १० बजेदेखि साढे १ बजेसम्म 'पेन डाउन' गरेका थिए भने अर्कातर्फ विभिन्न अदालतसम्बद्ध नेपाल बार एसोसिएसनले वकिललाई रिहा गरी कुटपिट गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै बेन्च बहिष्कारको घोषणा गरेको छ ।
२०८० असार १३ गते ललितपुर जिल्ला अदालतकी नायबसुब्बा प्रेमिका तामाङलाई आदेश हेर्ने बहानामा वारेस समेत लिएका वकिल अमर लामिछानेले कुटपिट गरी घाइते बनाएको कर्मचारी प्रशासनको आरोप छ ।
तामाङको ओठ फुट्नुका साथै लछारपछार गरी लगाएको कमिजको बाहुला समेत च्याइतिएको तस्वीर समेत बाहिरिएको थियो ।
शुरूमा त्यस विषयमा ललितपुर जिल्ला अदालतको प्रशासन शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई प्रचलित कानूनबमोजिम कारवाहीको दायरमा ल्याउन माग गरेको थियो ।
त्यसैगरी कर्मचारीहरूको ट्रेड युनियनले पनि कुटपिट गर्ने लामिछानेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको थियो । त्यस विषयमा तामाङले प्रहरीमा किटानी जाहेरी नै दिएपछि प्रहरी परिसर ललितपुरले लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
वकिल लामिछाने पक्राउ परेपछि ललितपुर जिल्ला बार एसोसिएसन र उच्च अदालत बार एसोसिएसन पाटनले समेत छुट्टाछुट्टै विज्ञप्ति जारी गरी शुरूमा कर्मचारी तामाङले नै वकिल लामिछानेलाई कुटपिट गरेको आरोप लगाएका छन् ।
'२०८० असार १३ गते ललितपुर जिल्ला अदालतमा यस उच्च अदालत बार एसोसिएसनका सदस्य अधिवक्ता अमर लामिछानेले आफ्नो पक्षको मुद्दामा भएको आदेशको जनाकारी लिनेक्रममा फाँटवाला कर्मचारी प्रेमिका तामाङसँग अनुरोध गर्दा निजले आदेश हेर्न नदिएपछि सो विषयमा सोही अदालतका स्रेस्तेदारसँग समेत अनुरोध गरेपश्चात निज कर्मचारीलाई आदेश हेर्न दिनुहोस् भन्दा नदिई आवेगमा आई कानून व्यवसायीलाई अपशब्द प्रयोग गरी हातपात समेत गरेको,' असार १४ गते उच्च अदालत बार एसोसिएसन पाटनले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।
शुरूमा कर्मचारीले कुटपिट गर्दा कानून व्यवसायीले सामान्य प्रतिरक्षा गरेको विज्ञप्तिमा जिकिर गरिएको छ ।
'उक्त विषयलाई अदालत प्रशासनले सम्बन्धित बारको सहकार्यमा सीसीटीभी फूटेज हेरी तत्काल आपसी छलफल गरी विवादको टुंगो लगाउनुपर्नेमा त्यसतर्फ अदालत प्रशासनबाट उपयुक्त पहलकदमी नगरी कानून व्यवसायीलाई प्रहरी प्रशासनको जिम्मा लगाउने कार्यप्रति यस बार एसोसिएसन घोर भर्त्सना गर्दछ,' विज्ञप्तिमा लामिछानेको रिहाईको समेत माग गरिएको थियो ।
त्यसपछि अदालतमा कार्यरत कर्मचारीहरूको ट्रेड युनियनले उक्त विज्ञप्तिको विरोधमा आइतवार डेढ बजेसम्म 'पेन डाउन'को कार्यक्रम घोषणा गर्दै विज्ञप्ति जारी गरेको थियो । परिणामस्वरूप आइतवार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, न्यायाधीकरण, जिल्ला अदालत डेढ बजेसम्म ठप्प रहे ।
इजलासबाट भएको आदेशको विषयमा हातपात गर्ने कानून व्यवसायी लामिछानेलाई कानूनी कारवाहीको दायरामा ल्याउन सहयोग गर्नुपर्नेमा अदालतकै कर्मचारीलाई विभिन्न लान्छना लगाई दोषी देखाउन खोज्ने तथा आक्रमण गर्ने कानून व्यवसायीलाई चोख्याउन खोज्ने गरी उच्च अदालत पाटन बारले २०८० असार १४ गते र नेपाल बार एसोसिएसन ललितपुरले २०८० असार १५ गते विज्ञप्ति निकालेको भन्दै कर्मचारीहरूको चारवटै ट्रेड युनियनले 'पेन डाउन' गरी कामकाज ठप्प पारेका हुन् ।
अर्कातर्फ लामिछानेलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दायर गरेकोमा रिहाइको माग गर्दै असार १७ गते ललितपुर बार एसोसिएसनले बेञ्च बहिष्कार गरेको छ । त्यसबाहेक देशका अन्य जिल्ला तथा बार एसोसिएसनले समेत बेञ्च बहिष्कार गर्ने घोषणा गरेका छन् ।
आइतवार लामिछानेको तर्फबाट समेत कर्मचारी तामाङलाई पक्राउ गरी अभद्र व्यवहारमा कारवाही गर्नुपर्ने माग गर्दै प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिइएको छ ।
ललितपुर बार एसोसिएसनका पदाधिकारी तथा नेपाल बार एसोसिएसनका पदाधिकारी समेत प्रहरी परिसरमा पुगी पक्राउ परेका लामिछानेको तर्फबाट एउटा र उनकी श्रीमती सुम्निमा अर्यालको तर्फबाट दोस्रो जाहेरी हलेका हुन् । प्रहरीले दुवै जाहेरी दर्ता नगरी होल्ड गरेको छ ।
वकिलहरूले पहिले कर्मचारी प्रेमिका तामाङले नै वकिल लामिछानेलाई कुटपिट गरेको भन्दै त्यसको सीसीटीभी फूटेज माग गर्दा ललितपुर अदालत प्रशासनले भने सीसीटिभी बिग्रिएको जवाफ दिएको छ ।
लालितपुर जिल्ला अदालतका स्रेस्तेदारले २०८० असार १३ गते नै सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखालाई सीसीटिभी क्यामेरा रेकर्ड गर्नका लागि प्रयोग भएको 'हार्ड डिस्क'मा समस्या देखिएको तथा बजेट अभावमा मर्मत नगरिएको जानकारी गराएका छन् ।
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...