×

NMB BANK
NIC ASIA

एमालेलाई १ नम्बर पार्टी बनाउने संकल्पसहित कर्णाली आएको छु : इन्चार्ज भट्ट

सुर्खेत | असार १८, २०८०

NTC
Premier Steels

नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले एमालेलाई १ नम्बर पार्टी बनाउने संकल्पसहित आफू कर्णाली आएको बताएका छन् ।

Muktinath Bank

जनसंगठन समन्वय संयन्त्रको प्रदेशस्तरीय बैठकलाई सोमवार सम्बोधन गर्दै उनले आत्मकेन्द्रित सोच त्यागेर पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राखे । ‘जनवर्गीय संगठनको बजार नै पार्टी हो, जनवर्गीय संगठन पार्टीका कारखाना हुन्,’ उनले भने, ‘संगठनका सदस्यहरूले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।’


Advertisment
Nabil box
Kumari

पार्टी केन्द्रले पठाएका अन्तरपार्टी निर्देशन, दस्तावेजहरू जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनको भनाइ थियो । 

Vianet communication

बैठकमा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेतृत्वको भत्र्सना गरेर मात्र नेता भइन्छ भन्ने सोच त्याग्न आग्रह गरे । कुण्ठा पोख्ने, अराजकता प्रदर्शन गर्ने शैलीबाट पार्टी नबन्ने भन्दै ढकालले भने, ‘जनवर्गीय संगठनहरूले कार्यशालामार्फत आफ्नो संगठनका मुद्दाहरूको पहिचान गरी जनतासँग जोडिनुपर्छ, पार्टी नीति र नेतृत्वको सदैव रक्षा गर्नुपर्छ ।’

पार्टी केन्द्रीय सदस्य एवं स्कूल विभागको प्रदेश समन्वय इन्चार्ज विष्णु रिजालले ‘पपुलिज्म’ले पार्टी र युवा पुस्तामा पारेको प्रभावलाई निस्तेज पार्नु अहिलेको मुख्य चुनौती रहेको औंल्याए । पार्टीले मिसन ग्रासरुटपछि जनसंगठन, पार्टी स्कूल र प्रचारको कामलाई व्यवस्थित गर्न विशेष कार्ययोजनाका साथ काम अघि बढाउने निर्देशन दिएको बताउँदै उनले पार्टी स्कूल विभागले कर्णाली प्रदेशमा ४० जना प्रशिक्षक उत्पादन गरी पार्टी कार्यकर्तालाई सैद्धान्तिक र वैचारिक प्रशिक्षण दिने योजना बनाएको सुनाए । 

अर्का केन्द्रीय सदस्य निरज आचार्यले पार्टी प्रचार संगठनलाई पालिका तहसम्म पुर्‍याउनुपर्ने बताए । प्रदेश प्रचार विभागका इन्चार्ज समेत रहेका उनले यही असार २८ गते प्रदेश प्रचारको कार्ययोजना बनाउन बैठक बस्ने र बैठकले पालिका तहसम्म पुगेर प्रचार विभाग गठन गरी प्रचारको काम गर्ने जानकारी दिए ।
 
बैठकमा कर्णाली प्रदेशमा क्रियाशिल २० वटा जनवर्गीय संगठनका इन्चार्ज/अध्यक्षहरू तथा संगठनका जिल्ला संयन्त्र संयोजकहरूले रिपोर्टिङ राखेका थिए । जनसंगठन संयन्त्रको बैठकको अध्यक्षता एमाले प्रदेश कमिटी उपसचिव एवं संयन्त्रका संयोजक टेकराज पछाईले गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x