×

NIC ASIA

यसै वर्ष हुने ३ प्रदेशका चुनावमा लड्न गाउँगाउँसम्म पुग्दै आम आदमी पार्टी

काठमाडाैं | असार २३, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले यसै वर्ष हुने ३ प्रदेशको चुनावमा लड्न गाउँगाउँसम्म पुग्ने योजना बनाएको छ ।

भारतका मध्य प्रदेश, छत्तीसगढ र राजस्थान प्रदेशमा यसै वर्ष विधानसभा चुनाव हुँदैछ । त्यसैको तयारीका लागि आप गाउँगाउँसम्म पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आपले गाउँका २० घरका लागि १ पदाधिकारी नियुक्त गरेर प्रचारको काम गरिरहेको छ । पार्टीले गाउँमा जनसंवाद गर्दै जनतासँग निकटता बढाएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

प्रदेशमा आपले संगठनलाई प्रदेश, जिल्ला, विधानसभा र गाउँ गरी ४ तहमा गठन गरेको छ । चुनावका लागि हरेक गाउँमा ११ सदस्यीय टीम बनाइएको छ । हरेक राज्यमा आपले ५० हजार गाउँमा एकैपल्ट काम गरिरहेको छ । यसका लागि हरेक राज्यमा ५ लाख आधिकारिक कार्यकर्ता र नेता परिचालन भएका छन् ।

Vianet communication

चुनावको तयारीका क्रममा आपका कार्यकर्ताले दिल्ली र पञ्जाब मोडलको चर्चा गर्ने गरेका छन् । यी दुवै प्रदेशमा आपको सरकार छ । मुख्यमन्त्री अरविन्द केजरीवालको कामकाजबारे पनि चर्चा गर्ने गरिएको छ ।

आपको नेतृत्वमा हालसम्म भएका कामकाजको प्रचार गरिसकेपछि अन्तिम चरणमा प्रतिबद्धता घोषणा गरिनेछन् । आपले चुनाव जितेका प्रदेशमा बिजुली, पानी, शैक्षिक सुधार लगायतका कार्यक्रम लागू गरिएका छन् ।

आपले उम्मेदवार चयनका लागि सर्वेक्षण समेत गरिरहेको छ ।  उम्मेदवारको लोकप्रियता, छवि र चुनाव जित्ने क्षमतालाई आधार बनाएर सर्वेक्षण भइरहेको छ । चुनाव जितेपछि गर्ने कामको ‘ग्यारेन्टी’ घोषणा गर्न मुख्यमन्त्री केजरीवाल सबै प्रदेशमा पुग्ने बताइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x