२८ असार २०८३, आइतबार

उत्तरी रसुवामा डेंगुका बिरामी फेला

असार २५, २०८०
रसुवा
उत्तरी रसुवामा डेंगुका बिरामी फेला
प्रतिकात्मक तस्वीर

उत्तरी रसुवामा डेंगुका बिरामी फेला परेका छन् । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमितकुमार शाहले १ जना डेंगुका बिरामीलाई अस्पतालको अन्तरंग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए ।

समुद्री सतहदेखि २ हजार मिटरको उचाइमा डेंगु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ । मेडिकल सुपरिन्टेन्डेन्ट डा. शाहले डेंगु सार्ने लामखुट्टे बिहान सूर्यदयभन्दा अगाडि र साँझ सूर्यदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनुपर्ने बताए । उनले घरआँगन छेउका गोरेटो घोडेटो लगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रह समेत गरे ।

जिल्ला अस्पताल धुञ्चेले आइतवारदेखि थप व्यवस्थित गर्दै ‘ओपीडी सेवा’ सञ्चालनमा ल्याएको छ । अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपीडी सेवा सञ्चालनमा ल्याएको हो । ओपीडी सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गरेका छन् ।
   
अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौं रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ ।  यसबाट विशेषगरी प्रसूति सेवा लिने सेवाग्राहीलाई सहज भएको समाजसेवी बाबुलाल तामाङले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्