कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडाैं | असार २५, २०८०
रौतहटको दुर्गा भगवती गाउँपालिका- १ का अशोककुमार साहले ऋण लिँदा साहुलाई दृष्टिबन्धक गरेर दिएको ४ विघा ८ कठ्ठा २ धुर जग्गा फिर्ता पाएका छन् । २०७६ असोज २४ गते उनले गाउँकै साहु लालबाबु साह कलवारसँग १ करोड रुपैयाँ ऋण लिएका थिए । एक करोड ऋण लिँदा उनको जग्गा दृष्टिबन्धक गरिएको थियो । उनले सजिलं जग्गा फिर्ता पाएका भने होइनन् । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी उजुरी दिएपछि उनले आफ्नो जग्गा फिर्ता पाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी मणिभूषण शाहको अध्यक्षतामा भएको छलफलमा जग्गा फिर्ता गर्न साहु सहमत भएका हुन् । 'साहु कलवारले १ करोड रकम ब्याजमा दिएर अहिले २ करोड रुपैयाँ दाबी गरिरहेका थिए,' सहायक प्रमुख जिल्ला अधिकारी शाहले लोकान्तरसँग भने,'ऋणीले हाम्रोमा उजुरी दिएपछि गाउँमै डेढ करोड रकममा मिलापत्र गरेर आउनुभयो । डेढ करोड रकम लिएर ऋणीको जग्गा फिर्ता गर्ने भनेर हामीकहाँ सहमति पनि गर्नुभएको छ ।'
त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा मौलापुर-५ का चन्द्र किशोर साहले दिएको उजुरीका आधारमा मिलापत्र गरिएको छ । साहले बौधिमाई गाउँपालिका-८ का उमाशंकर जयसवालबाट २०७८ सालमा १५ लाख रुपैयाँ ऋणमा लिएका थिए । त्यसका लागि उनले १ विघा १ कठ्ठा ४ धुर जग्गा दृष्टिबन्धक गरेका थिए ।
अहिले जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच भएको छलफलमा ब्याजसहित कुल १७ लाख रुपैयाँ लिएर जग्गा फिर्ता गरिदिने सहमति गरिएको शाहले बताए । अशोक र चन्द्रकिशोरको रौतहटमा अहिलेसम्म कूल २ हजार ७८ उजुरी परेकोमा ३१५ उजुरीमाथि छलफल गरी २०९ वटा उजुरी फर्स्यौट गरिएको उनले जानकारी दिए । छलफलमा १० जना साहुले ऋणीबाट लिएको जग्गा फिर्ता गर्ने सहमति भएकोमा ५ जनाले फिर्ता गरिसकेको र बाँकी ५ जनाले जग्गा फिर्ता गर्ने सहमति गरेको उनले बताए ।
****
वीरगञ्ज महानगरपालिका -१२ की पिंकी मित्तलले वीरगञ्ज महानगरपालिका -१५ का ध्रुवलालप्रसाद यादवबाट २०७६ माघ १७ गते ५५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । यादवले ब्याजसहित कूल २ करोड ८ लाख ५९ हजार रुपैयाँ दाबी गरेपछि जिल्ला प्रशासन कार्यालयमा मित्तलले उजुरी दिइन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले दुवै पक्षलाई झिकाएर छलफल गराई १ करोड १२ लाख रुपैयाँमा मिलापत्र गराएका छन् ।
त्यसैगरी विरगंज महानगरपालिका-१२ का राजकिशोरले २०७६ माघ १६ गते वीरगञ्ज महानगर-१२ का विजयकुमार उपाध्यायसँग ५० लाख रुपैयाँ ऋण लिएका थिए ।
साहुले ब्याजसहित २ करोड २७ लाख ७९ हजार रुपैयाँ दाबी गरेका थिए । राजकिशोरले जिल्ला प्रशासनमा उजुरी दिएपछि दुवै पक्षबीच भएको छलफलबाट १ करोड १२ लाख रुपैयाँमा मिलापत्र गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।
त्यसैगरी पर्साकै छिपहरमाई गाउँपालिका-१० की तारा देवीले २०७५ सालमा सोही गाउँपालिका-३ का वीरेन्द्र साह तेलीसँग ४ लाख ७३ हजार रुपैयाँ ऋण लिएकी थिइन् । तेलीले तारा देवीको ६ कठ्ठा जग्गा रोक्का गराएर ऋण दिएका थिए । तेलीले उनीसँग १२ लाख रुपैयाँ दाबी गरिरहेकोमा जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच छलफलगरी ५ लाख ६७ हजार ६ सय रुपैयाँ बुझाएर तारा देवीले आफ्नो रोक्का जग्गा फिर्ता पाएकी छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी लम्सालका अनुसार हालसम्म पर्सामा कूल १ हजार ३२१ उजुरी दर्ता भएकोमा २६५ मा छलफल भई ९९ वटा उजुरी फर्स्यौट गरिएको छ ।
****
त्यसैगरी सर्लाहीमा हालसम्म १ हजार ९२० उजुरी परेकोमा २७८ उजुरी फर्स्यौट भएको छ भने ८१२ उजुरीमाथि छलफल भएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार २६८ जना साहुले कूल ४ करोड १४ लाख ९८ हजार ६७३ रुपैयाँ ब्याजमा रकम दिएकोमा २३ करोड २३ लाख २६ हजार ३६० रुपैयाँ दाबी गरेका थिए ।
तर, जिल्ला प्रशासन कार्यालयमा छलफल गरी १० करोड ५६ लाख २ हजार ८९१ रुपैयाँमा मिलापत्र गर्ने सहमति भएको उनले बताए । सर्लाहीमा अहिलेसम्म ऋणीबाट साहुले लिएको ३ विघा १० कठ्ठा जग्गासमेत फिर्ता गर्ने सहमति भएको उनले बताए ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार सिरहामा परेका कूल २ हजार ९२० उजुरीमध्ये १२० उजुरीमा मिलापत्र गरिएको छ ।
'हामीले २ सय जति उजुरीमा छलफल गरिसकेकोमा १२० उजुरी टुंगिएको छ,' पौडेलले लोकान्तरसँग भने,' त्यसरी टुंग्याइएको १२० उजुरीमा साहुले लिएको कूल ५ करोड रुपैयाँ ऋणीलाई फिर्ता गराएका छौं भने ५ बिघा जग्गा पनि फिर्ता गराएका छौं ।' साहुले झुक्याएर दृष्टिबन्धक गरी जग्गा रजिस्ट्रेसन गराएको भन्दै परेका उजुरीमाथि छलफल गरी साहुबाट ऋणीलाई जग्गासमेत फिर्ता गराइएको उनले बताए ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीका अनुसार सप्तरीमा कूल १ हजार ५७९ उजुरी परेकोमा ३२ वटा उजुरी फर्स्यौट भएको तथा ३५८ उजुरी छलफलको क्रममा छ ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार हालसम्म धनुषामा २ हजार ६१५ उजुरी परेकोमा १२८ उजुरी फर्स्यौट भएको छ भने ९८ वटा उजुरी छलफलको क्रममा छ । जतिसुकै रकम दाबी गरिएको भए पनि मूलधनको १० प्रतिशत सिधा ब्याज जोडेर साहु र ऋणीबीच सहमति गराउने गरिएको उनले बताए ।
अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न गृह मन्त्रालयको सिफारिसमा सरकारले २०८० वैशाख ४ गते जाँचबुझ आयोग नै गठन गरेको थियो । विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । पूर्व नायव महान्यायाधिवक्ता गणेश बाबु अर्याल र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी आयोगका सदस्य हुन् । २०८० वैशाख ४ गते आयोग गठनसम्बन्धी नेपाल राजपत्रमा सूचना प्रकाशित गरिएको थियो ।
त्यसपछि सरकारको सिफारिसमा २०८० वैशाख २० गते राष्ट्रपतिबाट अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी अध्यादेश जारी भएको थियो । तर, अहिले त्यो अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय भएपछि अब जाँचबुझ आयोगको म्याद थप हुने वा नहुने प्रष्ट छैन । आयोगको म्याद यही असार २५ गते सकिँदैछ ।
आयोगमा २४ हजार उजुरी, मधेशका मात्रै १८ हजार बढी
आयोग स्थापना भएपछि हालसम्म २४ हजार उजुरी परेका छन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मधेश प्रदेशका आठ जिल्ला र पश्चिम नवलपरासी गरी ९ वटा जिल्लाबाट झन्डै २० हजार उजुरी दर्ता भएका थिए । मधेश प्रदेशका ८ वटा जिल्लाबाट मात्रै १८ हजार २१ र पश्चिम नवलपरासी बाट १ हजार ८८९ गरी कूल १९ हजार ९१० उजुरी दर्ता भएको उनले बताए ।
ती उजुरीहरूमा कति ऋण लिइएको थियो र ब्याजसहित साहुले कति रकम माग गरेको थियो त्यसको हिसाब भने हुन बाँकी रहेको उनले बताए ।
२४ हजार उजुरीमध्ये १ हजार ४४२ थान उजुरीमा साहु र ऋणीबीच मिलापत्र गराइएको उनले जानकारी दिए । कूल ६७ जिल्लाबाट उजुरी आए पनि मुख्यगरी मधेश प्रदेशमै मिटर ब्याजसम्बन्धी बढी उजुरी आएको उनले बताए । 'शुक्रबारसम्म १३४५ थान उजुरीमा साहुले ९ करोड रुपैयाँ ऋण दिएको पाइएकोमा साहुले ब्याजसहित २६ करोड रुपैयाँ दाबी गरेका थिए,' कार्कीले लोकान्तरसँग भने,'हामीले दुवै पक्षलाई बोलाएर छलफलगरी १२ करोड रुपैयाँमा मिलापत्र गराएका छौं ।'
अहिले मिलापत्र गराउने तथा छलफल गरिने क्रम जारी नै रहेकाले त्यो संख्या बढ्ने क्रममा रहेको उनको भनाइ छ ।
कतिपय ठाउँमा ऋणबापत साहुले ऋणीको जग्गा नै आफ्नो नाममा पास गराएको भेटिएको थियो । त्यस्ता जग्गामध्ये साहुले आफ्नो नाममा पारित गराइसकेको ३० कित्ता जग्गा पनि आफूहरूले ऋणीलाई फिर्ता गराउन सफल भएको उनले खुलाए । 'कतिपय अदालतमा मुद्दा गरेको लेनदेनसमेत हामीले मिलापत्र गराएका छौं,' कार्कीले थपे, 'त्यसैगरी कतिपय साहुहरूले ब्याज पनि नलिई मूलधन मात्र लिएर पनि मिलापत्र गराएका थियौं ।' झन्झटमा फस्नुभन्दा पनि ब्याज नै नलिएर कतिपय साहुले मिलापत्र गरेको उनले बताए । त्यति मात्र होइन, कतिपय अदालतमा मुद्दा सकिएर जग्गा लिलामी हुने प्रक्रियामा रहेका पनि मिलापत्र गरिएको उनले खुलाए ।
आयोगको मुख्य कार्यालय जनकपुरमा सञ्चालन गरिएको थियो भने गृह मन्त्रालयमा सम्पर्क कार्यालय खोलिएको थियो । हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहायक जिल्ला न्यायाधिवक्ता र एक जना प्रहरी निरीक्षकसमेतको हेल्प कार्यदल स्थापना गरिएको थियो ।
सोही कार्यदलले हरेक जिल्लामा उजुरी संकलन गर्नेदेखि दुवै पक्षलाई बोलाएर छलफल गर्ने, मिलापत्र गर्ने, रकम फिर्ता गर्न लगाउनेदेखि साहुले ऋणीबाट दृष्टिबन्धक गराई पारित गराएका जग्गा समेत फिर्ता गराउने काम गरेको हो ।
कार्कीका अनुसार ५१ साल अगाडि नै ऋणको साटो जग्गा लिएका साहुविरुद्ध पनि उजुरी आएका थिए । अहिले जग्गाको मूल्य वृद्धि भएपछि जग्गा फिर्ता पाउन सकिन्छ भनेर पनि पुरानो लेनदेनको उजुरी आएको उनले खुलाए । लिएको कर्जा सरकारले माफी मिनाहा गरिदिने हो की भन्ने ठानेर २०२९ सालमा नै सहुले बिक्री गरिदिएको जग्गा फिर्ता दिलाई पाउँ भन्दै उजुरीसमेत आएको कार्की बताउँछन् । '२०४६ सालको आन्दोलनपछि सरकारले कतिपयको ऋण माफी गरिदिएजस्तै अहिले फेरि पनि ऋण माफी गरिदिने हो की भन्ने बुझेर धेरै पुरानो ऋणको उजुरी पनि आए,'कार्कीले लोकान्तरसँग भने ।
१ लाख ऋण दिएर ५ लाखको तमसुक बनाउने अनि चक्रीय ब्याज जोड्दै ऋणीलाई दु:ख दिने काम गरेको, ऋण नबुझाउँदा साहुले धाक धम्की दिने, अभद्र व्यवहार गर्ने जस्ताविरुद्ध प्रहरीमा जाहेरी दिएर मुद्दा नै चलाइएको उनले खुलाए । 'तर, त्यसरी मुद्दा चलाउनेको संख्या भने थोरै छ, ४/५ वटा मुद्दा दर्ता भएको होला,' कार्कीले लोकान्तरसँग भने ।
थुन्ने भनी धम्क्याउँदै, घुस लिएर मिलापत्र
कतिपय ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित कार्यदलले साहुबाट घुस रकमसमेत लिएको गुनासो आएको छ । तपाईंविरुद्ध मिटर ब्याजको उजुरी आएको छ, तपाईंलाई हामीले थुनेर मुद्दा चलाउँछौं भनेर कार्यदलका प्रहरी निरीक्षकले साहुलाई धम्की दिँदै साहुबाट मोटो घुस रकम लिने गरेको आरोप लागेको छ ।
थुन्ने धम्की नदिँदा साहुहरू छलफलकै लागि नआउने हुँदा कतिपय ठाउँमा धम्की दिएको हुनसक्ने आयोगका अध्यक्ष कार्कीले पनि स्वीकार गरे । तर, घुस लिएको आरोप सत्य नभएको उनले दाबी गरे । 'साहुहरूलाई बोलाउँदा सोझो औंलाले घिउ ननिस्किने भएपछि तपाईंलाई थुन्छौं भनेर भनिएको हो,' कार्कीले थपे,'घुस लिने कुरा गलत हो ।'
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...