असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
लामैसमय भयो गोपाल किरातीसँग भौतिकरूपमा भेट नभएको । सामाजिक सञ्जालमा पनि उनीसँग जोडिएको रहेनछु । एकाएक गोपाल किराँतीको नामबाट फेसबूक म्यासेन्जरमा २ वटा म्यासेज आयो । एउटा किराँतीले फेसबूक स्टाटसमा व्यक्त गरेको धारणा । दोस्रो, छोटो तर चाखलाग्दो कुरा । किरातीले म्यासेजमा भनेका छन्, ‘कोशी थोपर्ने अगुवा र थप निहुँ खोज्न आइरहने एमाले नै हो, त्यसैले पहिचानवादी जनताले त्यसलाई ठोक्छन् ।’
खुम्बुवान आन्दोलन हुँदै माओवादी, विभाजन र एकतासम्म किरातीको विगत राम्रैसँग ख्याल छ । पूर्वमा ‘जातिवादी’ आन्दोलन उठान गरेका किराती त्यसलाई बैठान गर्न नसकेका एक ‘फ्लप’ पात्र हुन् । अन्ततः उनी माओवादीबाट समेत अलग भएर अहिले गुमनामजस्तै छन् । अघिल्लो साता सोलुमा एक्कासि आङकाजी शेर्पाको फेसबूक लाइभमा किरात दस्ताको एउटा कुनामा उभिएर हात उठाएको देखिए, गोपाल किराती ।
दोस्रो वार्ताकाल (वि.सं.२०६०)मा काठमाडौंमा पहिलोपटक भेट हुँदा किराती सैद्धान्तिक रूपमा प्रस्ट थिएनन् । रोल्पाको कुरेलीमा सम्पन्न माओवादी भेलाबाट फर्किएका किरातीले यस पंक्तिकारसँग अनामनगरमा भनेका थिए, ‘राजालाई पनि केही भूमिका दिनुपर्छ ।’
जुनबेला गोलमेच सम्मेलन र संविधानसभाको चुनाव माओवादीको बटमलाइन थियो ।
माओवादी एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुँदा उनी एकतामा सामेल भएनन् । बरु अर्को माओवादी पार्टी बनाए । त्यहीँ पनि उनी अल्पमतमा परेर किराती अलग्गिए । पाँच वर्षयता उनी वैचारिक र संगठनात्मक रूपमा कतै देखिएका छैनन् । अहिले केही एनजीओहरूले आयोजना गर्ने ‘कोशीविरुद्ध’को अभियानमा रहेर एमालेविरुद्ध किराती उत्रिएका छन् ।
‘कोशी नामकरणमा गोर्खाली अन्धराष्ट्रवादी एमालेको मतियार बन्न पुगेका प्रचण्डवादी तथा कांग्रेसहरू जनआन्दोलनसामु पुच्छर लुकाउँदै विज्ञप्तिमार्फत प्रतिरक्षात्मक कित्तातर्फ भाग्न थाले । एमाले र ओलीले भने कोशी अपराधको स्वामित्व लिन खोज्दै पूर्वमा साँढे गोरुको हुर्क्याइँ देखाउने धृष्टता गरे । आदिवासी तथा प्रगतिशील जनताले साँढे ओलीको सिङ भाँच्ने चेष्टा गरे । भएको यो हो । न्यायपूर्ण आन्दोलनकारीलाई आतंककारी भनी जसरी पुष्पलालको राजनीतिलाई निमिट्यान्न पार्न ती लागिपरेका थिए, तर जागेका आदिवासी तथा प्रगतिशीलजन झुकेनन्, बरु एमाले–ओलीसित उनीहरूले साहसपूर्वक सिङ जुधाए । त्यसपछि ‘हरूवा गोरूको छेरुवा दाउ’मा ओली–एमालेहरू पुच्छर लुकाएर भाग्न बाध्य बनेका देखिन्छन् । पूर्वको पहिचान आन्दोलनको इतिहासमा यो घटनाले निश्चय नै एउटा कोशेढुंगाको महत्त्व राख्दछ’, किरातीको आरोप छ ।
साविक प्रदेश नम्बर १ को नामकरण २०७९ फागुन १७ गते मध्यराति ‘कोशी प्रदेश’को रूपमा गरिएको थियो । दुईतिहाइ बढी मतका साथ कोशी प्रदेश नामकरण भएपछि केही विमति जाहेर भएका छन् । मुख्यगरी किरात, लिम्बूवान प्रदेश भनी नामकरण हुनुपर्छ भन्ने सरोकारवालाहरूबाट कोशी प्रदेशको नामकरण गरिएकोमा विरोध जारी छ । आन्दोलन जारी रहँदा कोशीविरोधी आन्दोलनमा एकाएक आईएनजीओ र एनजीओ प्रत्यक्ष सडकमा उत्रिनु नौलो घटना बनेको छ ।
कोशी नामकरणप्रति असहमति हुनु एउटा पक्ष हो, तर कोशी प्रदेशको ठूलो दल नेकपा (एमाले)का नेताहरूलाई पालिका, जिल्ला, प्रदेश प्रवेश गर्न नदिने भनी भौतिक रूपमा आक्रमणमा उत्रिनु आफैंमा रहस्यमय छ । आईएनजीओ र एनजीओको आडमा केही ‘एलिट आदिवासी/जनजाति अभियन्ता’को उक्साहटमा एमालेविरुद्ध उत्रिनु कस्तो पहिचान हो ? कस्तो राष्ट्रियता हो ?
आईएनजीओ र एनजीओहरू कसरी एमालेविरुद्ध खुलेआम उत्रेका छन् भन्ने उदाहरण गत असार ११ गते झापाको एक कार्यक्रमलाई हेरे पुग्छ । एसियाका आदिवासीहरूको साझा संस्था एसियन इन्डिजिनियस पिपुल्स प्याक्ट (एआईपीपी)ले कोशी नाम खारेजीको आन्दोलनप्रति ऐक्यबद्धता जनाए । जुन कार्यक्रममा एआईपीपीका महासचिवमा ग्याम वोङ्दी सिमरीले कोशी खारेजीविरुद्धको आन्दोलनप्रति एक्यबद्धता जनाए ।
नेपालसहित एसियाका १४ वटा देश सदस्य भएको एआईपीपीका पदाधिकारीहरू प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिद्वारा जारी आन्दोलनलाई समर्थन जनाउन नेपाल आएका थिए ।
अन्तर्राष्ट्रिय फोरमहरूमा छलफल हुनु एउटा पक्ष हो, कोशीविरुद्धको आन्दोलनमा विदेशी सहभागिता हुँदासम्म राज्यले कुनै निगरानी राखेको छैन । यसले नेपाली स्वाधीन राष्ट्रियतालाई पहिचानवादीहरूले कसरी व्याख्या गर्लान् ?
आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूह ( लाहुर्निप) र प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बिर्तामोडमा संयुक्तरूपमा आयोजित अन्तरक्रियामा एआईपीपीका महासचिव ग्याम वोङ्दी सिमरीले भने, ‘कोशी नाम खारेजी आन्दोलनप्रति ऐक्यबद्धता छ । आन्दोलनलाई सुदृढ बनाउने कुरामा सहकार्य गरेर अगाडि बढ्न हामी प्रतिबद्धता व्यक्त गर्छौं ।’
त्यस्तै एआईपीपीका उपमहासचिव के जनले कोशी नाम खारेजी आन्दोलनप्रति आफूहरू उत्साहित भएको बताएका थिए । ‘आदिवासीहरूका लागि नाम महत्त्वपूर्ण विषय हो । नामसँग आदिवासीहरूको भूमि, अध्यात्म, संस्कार–संस्कृति र संसारले हेर्ने दृष्टिकोण जोडिएको हुन्छ’, जनले भनेका थिए ।
कार्यक्रममा डा. कृष्ण भट्टचनले उत्तेजित मन्तव्य राख्दै भनेका थिए, ‘लाटोको भूतले कोशी प्रदेश नामकरण गरेको हो । त्यस्ता लाटोका भूत र वंशका गद्धारहरूलाई जहाँ भेट्यो त्यही लात्तीले हिर्काउनु पर्छ ।’
लाहुर्निपका उपाध्यक्ष अधिवक्ता शंकर लिम्बूले त झन् नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आदिवासी/जनजातिलाई हेपेको आरोप लगाएका थिए । कोशीविरुद्धको आन्दोलनलाई आन्तर्राष्ट्रिकरण गर्ने उनको भनाइ थियो ।
कोशीविरुद्धको आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्ने नाममा अहिले शंकर लिम्बू संयुक्त राष्ट्रसंघमा पुगेका छन् । तीन दिनअघि शंकरले फेसबूक स्टाटसमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघ १६औं ईएमआरआईपी सेसनमा १ नं. प्रदेशमा भइरहेको कोशी नाम खारेजीको शान्तिपूर्ण आन्दोलनमा भइरहेको मानव अधिकार हनन्, अधिक संख्यामा देशभरबाट सुरक्षाकर्मी केन्द्रीकृत गरी हतियारलेस परिचालन गरिएको विषय दर्ज गरियो । बैठकमा सैन्यकरण र आदिवासी अधिकारबारे छलफल भैरहेछ । केहीदिन यतै समुदायको काममा खटिने भइयो ।’
तथ्यहरूले कोशी र किरातको आ–आफ्नै स्वायत्त्वता स्वीकार्छ, एकले अर्कोलाई निषेध गरेर जाने अवस्था हैन । तर, यतिखेर ‘कोशी प्रदेश’ नामकरण भइसकेको छ । यसलाई उल्ट्याउने सामर्थ्य कोशी प्रदेश संसदको दुईतिहाइसँग मात्रै हुन्छ । जनमत सिर्जना गर्नु राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको धर्म होला । आईएनजीओ र एनजीओको लगानीमा एउटा दल विशेषलाई आरोप लगाएर पहिचानविरोधी करार गर्नु अर्को द्वन्द्वका लागि निम्तो दिनु मात्रै हो ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...